मुगु जिप दुर्घटनाः उपचाररत अञ्जु थापाको निधन, मृतकको संख्या ४ पुग्यो

काठमाडौं । मुगुमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएकी अञ्जु थापाको काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं ल्याइएकी थापाको निधन भएपछि यस दुर्घटनामा ज्यान गुमाउनेको कुल संख्या चार पुगेको छ ।

यसअघि दुर्घटनास्थलमै तीन जनाको र घटनास्थलमा घाइते भएकाहरूको उद्धार तथा उपचारको क्रममा यो मानवीय क्षति थपिएको हो । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको पुष्टी गरेका छन् । 

Share News