काठमाडौं । ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-६, भैंसेस्थित भैंसेडाँडा रिसोर्ट र सोही नगरपालिका-५ लेले चम्पेश्वरी स्थित यम कुमार श्रेष्ठको घरबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट पाँच बुक तास र नगद ५ लाख ७३ हजार ६३५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले ति व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।