कुमारी बैंक र इसेवाबीच ईजी लोन सुविधाका लागि सम्झौता

<p>काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एपमार्फत ईजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ । पहिलो चरणमा इसेवा एजेन्टहरूलाई [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एपमार्फत ईजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ईजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा सम्पूर्ण प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ । इसेवामार्फत लिइने ईजी लोन सुविधामा लागु हुने थप सर्तबारे इसेवाको वेबसाइट/एपमार्फत जानकारी लिन सकिने छ ।

Share News