सहकारी ठगी प्रकरणमा बिरुवा गाउँपालिकाका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

<p>स्याङ्जा । सहकारी ठगी प्रकरणमा मुछिएका स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाको निवेदनका अनुसार जिल्ला अदालत स्याङ्जाले कुँवरसिहत तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गर्न अनुमति दिएको हो । भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् । उनीहरूविरुद्धको पक्राउ पुर्जीलाई स्याङ्जा [&hellip;]</p>

स्याङ्जा । सहकारी ठगी प्रकरणमा मुछिएका स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाको निवेदनका अनुसार जिल्ला अदालत स्याङ्जाले कुँवरसिहत तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् ।

उनीहरूविरुद्धको पक्राउ पुर्जीलाई स्याङ्जा प्रहरीले भने सामान्य अनुसन्धानका लागि बोलाउन लागिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत साउन ११ गते सहकारीको बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । यस सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए ।

त्यसकै आधारमा पक्राउ परेका वाग्लेले नै गाउँपालिका अध्यक्षको नाम पोलेपछि उनलाई पनि अनुसन्धानमा बोलाउन लागिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

Share News