काठमाडौं । साविक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय सेयर आजबाट कारोबारमा आउने भएको छ ।
साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १:०.८८३४ सेयर अनुपात कायम हुने गरी आपसमा मर्ज भएका थिए । मर्जरको कारण रोक्का रहेको सेयर आजबाट फुकुवा भएको हो ।
मर्जरपछि लघुवित्तको कुल ६२ लाख ८३ हजार कित्ता सेयर मातृभूमि लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएको छ ।
मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले मातृभूमि लघुवित्तलाई प्रतिकित्ता १२७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।