समृद्धि फाइनान्सको बनेपा शाखाबाट वृक्षारोपण

<p>काठमाडाैं । समृद्धि फाइनान्सले सोमबार संस्थाको बनेपा शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा विभिन्न फलफूल तथा फूलका बोट लगाई सम्पन्न गरिएको हो । साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखाबाट सम्पन्न भइसकेको र साउन महिनाभित्र फाइनान्सका अन्य शाखाहरूबाट पनि सम्पन्न गर्ने तय [&hellip;]</p>

काठमाडाैं । समृद्धि फाइनान्सले सोमबार संस्थाको बनेपा शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा विभिन्न फलफूल तथा फूलका बोट लगाई सम्पन्न गरिएको हो ।

साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखाबाट सम्पन्न भइसकेको र साउन महिनाभित्र फाइनान्सका अन्य शाखाहरूबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत् नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निःशुल्क प्रदान गरिरहेको छ ।

Share News