काठमाडौं । सरकारको स्वामित्व रहेको ५ सार्वजनिक संस्थानले आर्थिक वर्ष २०७९/८० मा कुल ३२ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । सरकारले सार्वजनिक गरेको बढी नाफा गर्ने उच्च पाँच कम्पनीहरुले सो नाफा गरेका हुन् ।
सरकारको स्वामित्व रहेको सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा नेपाल विद्युत प्राधिकरणले गरेको छ । सार्वजनिक संस्थानहरुको वित्तीय अवस्थाको अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ३७ करोड खुद नाफा गरेको हो ।

नेपाल टेलिकमले ८ अर्ब ४७ करोड रुपैयाँमा नाफा गरेको छ । टेलिकमको तुलनामा प्राधिकरणको नाफा करिब दोब्बर छ ।
यस्तै, नाफामा राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच प्रतिस्पर्धा देखिएको छ । बैंकले ४ अर्ब २९ करोड र नागरिक लगानी कोष (सीआईटी)ले ३ अर्ब १० करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
सार्वजनिक तथ्यांक्का अनुसार सबैभन्दा बढी घाटामा नेपाल आयल निगम देखिएको छ । निगम आव २०७८/७९ मा ३८ अर्ब १७ करोड रुपैयाँ घाटामा देखिएको छ ।
यस्तै, नेपाल वायुसेवा निगम १७ अर्ब, नेपाल खानेपानी संस्थान ३९ करोड, दुग्ध विकास संस्थान ३७ करोड र नेपाल औषधि लिमिटेड १३ करोड रुपैयाँ घाटामा छन् । यी पाँच कम्पनी कुल ४० अर्ब ७८ करोड रुपैयाँ घाटामा देखिएका छन् ।