सार्वजनिक संस्थानको नाफा डेढ अर्ब रुपैयाँ, कुनको अवस्था कस्तो ?

<p>काठमाडौं । गत वर्ष सार्वजनिक संस्थानहरुले डेढ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । सरकारले सार्वजनिक गरेको पहेलो किताबमा सार्वजनिक संस्थानहरुले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको हुन् । सार्वजनिक संस्थानको वित्तीय विवरणअनुसार २५ वटा संस्थान खुद नाफामा रहेका छन् जसको खुद नाफा ४३ अर्ब २ करोड [&hellip;]</p>

काठमाडौं । गत वर्ष सार्वजनिक संस्थानहरुले डेढ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । सरकारले सार्वजनिक गरेको पहेलो किताबमा सार्वजनिक संस्थानहरुले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको हुन् ।

सार्वजनिक संस्थानको वित्तीय विवरणअनुसार २५ वटा संस्थान खुद नाफामा रहेका छन् जसको खुद नाफा ४३ अर्ब २ करोड ५३ लाख रुपैयाँ रहेको छ । बाँकी १७ संस्थान खुद नोक्सानीमा रहेका छन् जसको खुद नोक्सान ४१ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

समीक्षा अवधिमा वित्तीय क्षेत्र खुद नाफामा र अन्य ५ क्षेत्रको कार्यसम्पादन मिश्रित अवस्थामा रहेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा आर्थिक वर्ष २०७७/७८ को तुलनामा करिब २५ अर्ब रुपैयाँले घटेको छ ।

क्षेत्रगत संस्थानमध्ये व्यापारिक क्षेत्र अघिल्लो आर्थिक वर्षमा करिब ३७ करोड रुपैयाँ नोक्सानमा रहेकोमा गत आर्थिक वर्षमा करिब ३८ अर्ब रुपैयाँ नोक्सानमा रहेको छ ।

व्यापारिक क्षेत्रको नोक्सानीको ठूलो हिस्सा नेपाल आयल निगमको रहेको छ । अघिल्लो आर्थिक वर्षमा करिब ४३ करोड नोक्सानमा रहेको निगम गत आर्थिक वर्षमा करिब ३८ अर्ब नोक्सानमा रहेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र लागतअनुसारको मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमको नोक्सानी बढेको हो ।

त्यसैगरी, जनपोयोगी क्षेत्र अन्तर्गत नेपाल विद्युत प्राधिकरणको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि भई करिब ७ अर्ब नाफा बढेको देखिन्छ भने नेपाल दूरसञ्चार कम्पनीको पनि करिब १ अर्बले नाफा बढेको छ ।

पछिल्लो आर्थिक वर्षमा समग्र कारोबारबाट भएको खुद नाफा (कर र लाभांश पश्चात्) तथा नोक्सान रकम अघिल्लो आर्थिक वर्षसम्मको नाफा र नोक्सान (समायोजन नगरेको)सँग मिलान गरी हुन आउने रकमलाई सार्वजनिक संस्थानको सञ्चित नाफा र नोक्सानमा देखाउने गरिएको छ । यस्तो रकम आर्थिक वर्ष २०७८/७९ सम्ममा ५२ अर्ब ४० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

Share News