काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर १६ औं बर्षमा प्रवेश गरेको छ । कम्पनी सोमबार स्थापनाको १५ वर्ष पारेर १६ औं वर्षमा प्रवेश गरेको हो ।
सिटी एक्सप्रेसले विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
यस कम्पनीले आन्तरिक विप्रेषण अन्तर्गत देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।