सबैको लघुवित्तले मन्दिरमा बनाइदियो प्रतिक्षालय

<p>काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले लमजुङकाे उदिपुर कालिकामाई मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरेकाे छ । लघुवित्तले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा प्रतिक्षालय निर्माण गरेकाे हाे । कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले उदिपुर कालिकामाई मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीलाई चेक पनि हस्तारण गरेका थिए । त्यसैगरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीले [&hellip;]</p>

काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले लमजुङकाे उदिपुर कालिकामाई मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरेकाे छ । लघुवित्तले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा प्रतिक्षालय निर्माण गरेकाे हाे ।

कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले उदिपुर कालिकामाई मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीलाई चेक पनि हस्तारण गरेका थिए ।

त्यसैगरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीले संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेललाई कदर पत्र प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन विष्णु प्रसाद अधिकारीले गरेका थिए ।

सबैको लघुवित्त ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले २०७९ आषाढ २४ गतेसम्ममा ७४ हजार ७५५ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । यस्तै संस्थाकाे २०७९ आषाढ २४ गतेसम्ममा लगानीमा रहेको कर्जा ४ अर्ब ४१ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १ अर्ब ३२ करोड बचत परिचालन गरेको छ ।

Share News