काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा समाजवादी जनता पार्टीका नेता डा. बाबुराम भट्टराईले नागरिकलाई नगद राहत वितरण गर्नुपर्ने प्रस्ताव राखेका छन् । आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै भट्टराईले सो प्रस्ताव अघि सारेका हुन् ।
खाद्यान्न वितरणले विभिन्न ठाउँहरुमा अनियमितता र भ्रष्टाचारका कुराहरु आएकोले त्यसको अन्त्यका लागि अब बैंकमार्फत नागरिकलाई नगद उपलब्धत गराउनु पर्ने उनको धारणा छ ।
‘टुक्रेटाक्रे राहतले हुँदैन, एकीकृत प्याकेज बनाऔं, यस्तो राहत पाउनुपर्ने को–को हुन्, त्यसको अभिलेख बनाऔं, स्थानीय तहमार्फत, सर्वपक्षीय संयन्त्रमार्फत अभिलेख राखेर डिजिटलाइजमार्फत बैंकिङ प्रणालीबाट सिधै नगद पठाउन सक्छौं, यसले न भ्रष्टाचारका कुरा आउँछन् न अनियमितताका,’ उनले भने ।
नेपालमा १७ प्रतिशत नागरिक गरीबीको रेखामुनि भएको उल्लेख गर्दै त्यो भनेको १० लाख परिवारलाई मासिक ५ हजार हाल्दिने हो भने ६० अर्ब भए पुग्छ, एक खर्ब सामाजिक सुरक्षामा खर्च गरेका छौं , उनले भने ।’
यस्तै, उनले संसदमा सम्पत्ति अभिलेखीकरणको विषय उठाएका छन्। एकपटक सबै नेपालीको सम्पत्ति अभिलेखीकरण गर्न उनले प्रस्ताव राखे ।
उनले विदेशबाट पैसा कमाएर घरजग्गामा लगानी गर्ने तर ती सम्पत्तिको कर तिर्नु नपर्ने, सोही रकम व्यवसायमा लगाउँदा कर तिर्नुपर्ने ? यो नियम संगत भएन,’ उनले भने।
अर्बौको सम्पत्ति करभन्दा बाहिरको क्षेत्रमा सम्पतिको अभिलेखीकरण गरे राज्यले स्वतः कर असुली र लगानीको वातावरण सृजना हुने भट्टराईको माग छ ।
सम्बन्धित समाचार:
नगद वितरण गर्न बैंकिङ प्रणाली सक्षम, खाद्यान्यमा राजनीति गर्दै सरकार
सबै नेपालीलाई मासिक ५ हजार ऋण दिऊँ, यसरी जुट्छ पैसा
चौधरी नेतृत्व समितिकाे प्रतिवेदन- विपन्नलाई ३ महिनासम्म मासिक ५ हजार देउ
पूर्व अर्थमन्त्री कार्कीको प्रस्तावः गरिब नेपालीलाई मासिक ५ हजारको दरले नगद दिऊँ