कोरोनाले घटेन ठंकराजको मनोवल

<p>काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सबैलाई त्रसित बनाएको छ । कोरोना भाइरसको जोखिम कम गर्नको लागि सरकारले लकडाउनको घोषणा गरेको छ । सबै मानिस घरभित्रै छन् । यही मौका छोपेर ठंकराज गिरी भने आफ्नो काममा निरन्तर लागि परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ८ का अध्यक्ष हुन् [&hellip;]</p>

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सबैलाई त्रसित बनाएको छ । कोरोना भाइरसको जोखिम कम गर्नको लागि सरकारले लकडाउनको घोषणा गरेको छ । सबै मानिस घरभित्रै छन् । यही मौका छोपेर ठंकराज गिरी भने आफ्नो काममा निरन्तर लागि परेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ८ का अध्यक्ष हुन् ठंकराज गिरी । कोरोना भाइरसको महामारीको बेला पनि धेरै जनप्रतिनिधिहरुले अनियमितता तथा भ्रष्टाचार गरेको समाचारहरु पनि हामी पढ्दै आएका छौं । तर, वडाध्यक्ष गिरी भने यो समयलाई एउटा अवसर ठानेर आफ्नो काममा लागिपरेका छन् ।

आम नागरिक घरभित्रै रहेको समयलाई अवसरका रुपमा लिँदै ठंकराजले विभिन्न विकास निर्माणका कार्यहरुलाई तीव्रता दिइरहेका छन् । आफ्नो वडामा भएका विपन्न गरिव तथा असायहरुलाई राहत वितरण गर्ने, यो संकटको समयमा औषधी नपाएर घरभित्रै समस्यामा परेका नागरिकलाई घरमै औषधी पुर्याउनेदेखि सडक निर्माणको कामलाई उनले विशेष प्राथमिकताका साथ गरिरहेका छन् ।

अहिले धेरै युवाहरु शहरबाट गाउँमा छिरेका छन् । कोरोना भाइरसको जोखिम कम गर्नको लागि सामाजिक दुरी कायम गरेर उनले वडाका सम्पूर्ण युवाहरुलाई राेजगार कसरी बनाउने भन्ने तर्फ अगाडि बढाइरहेका छन् ।

अहिले राहत वितरणको नाउँमा विभिन्न स्थानीय तहहरुमा अनियमितता भएको, कुहिएको खाद्यान्न वितरण गरेको लगायतका कुराहरु पनि बाहिरिएका छन् । तर, उनी भने त्यो कुरा आफ्नो वडामा हुन नदिनको लागि सर्तक बनेका छन् । उनले त्यो परिपाटी आफ्नो वडामा हुनै नदिनको लागि वडाको काममा सहभागी बनौं , राहत होइन पारिश्रमिक लिऔं कार्यक्रम पनि सुरु गरेको बताएका छन् ।

वडाअध्यक्ष गिरीले कोरोना भाइरसको कारण रोजगारी गुमाएका, खाद्यान्नको अभाव भई हातमुख जोड्न समस्या भएका अति विपन्न, गरिव परिवारलाई एक परिवार एक रोजगार हुने गरी ४ दिनसम्म काममा लगाई दैनिक कामको आधारमा नगद उपलब्ध गराइरहेको बताए । जहाँ कठिनाई छ, त्यहाँ अवसर पनि छ भन्ने बिचारलाई आत्मसाथ गर्दै उनले अहिले वडाभित्र हुने गरेका विभिन्न कामहरुमा सक्रियता देखाएकमा छन् । कोरोना भाइरसको जोखिम कम गर्नको लागि स्थानीयको सहयोग र आफ्ना वडा सदस्यहरुको समन्वयमामा उनी अहोरात्र खटिरहेका छन् ।

उनले वडा नं ८ मा विदेशबाट आएका ४ जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिँदै सबैको नतिजा नेगेटिभ आएको बताए । अहिले सम्म वडाबाट ५१ घरका करिव एक सयजना भन्दा बढीलाई राहत वितरण गरिएको जानकारी गराउँदै त्यसमा पनि नगरपालिकाकाे समन्वयमा प्राप्त सहयोगको आधारमा राहत कुपन वितरण गरिएको बताए ।

विपदमा जनताको सेवा गर्ने गहन दायित्व बोकेको उनले संकटको बेलामा आ–आफ्नो ठाउँबाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक उत्तरदायित्वबाट नभाग्न अनुरोध गरेका छन् । केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरेदेखि आफु र आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधैँ सँगै वडा वासीहरुलाई पर्न सक्ने समस्यालाई समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको जानकारी दिए ।

कोरोना संक्र्रमणको शुरुमा स्वास्थ्यविज्ञले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्न सुझाए पनि त्यो बेला नागरिकमा चेतना आइनसकेको बताउँदै त्यसको लागि ब्यापक जनचेतना जगाउने काममा सबैको सहयोग प्राप्त भएको उनको भनाइ छ । 

आफ्नो वडाबाट अस्थायी रूपमा काठमाडौँ बसोबास गर्दै आएका जनताहरुको समस्यालाई मध्य नजर गर्दै अध्यक्ष गिरीले आफ्नै पहलमा गाउँ आउन चाहनेलाई आफै काठमाडौं गएर ५० जनाभन्दा बढी आफ्ना वडाबासीहरु लाई काठमाडौंदेखि गाउँसम्म ल्याउने काम गरेको उनको भनाइ छ । त्यति मात्रै होइन लामो समयसम्म लकडाउनका कारण एक सय जनाभन्दा बढी दिर्घ रोगीहरु कोरोना भाइरस रोगको कारणलेभन्दा पनि नियमित रूपमा सेवन गर्दै आएको औषधी खान नपाउँदा समस्यामा परेका थिए ।

उनीहरुका लागि आफुले पहिलो चरणमा तत्कालै १५ दिनको शसुल्क औषधी ल्याएर वितरण गरेको बताए । त्यसको केही समयपछि नगरपालिका सँग समन्वय गरेर आफै काठमाडौं गई एक महिनाको लागि निःशुल्क औषधी ल्याई वितरण गरे । वितरण गर्ने क्रममा एउटै ब्यक्तिले २२ हजारसम्म पर्ने आषधी नि:शुल्क प्राप्त गरेको बताए ।

कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै बाहिरी जिल्लाबाट आई काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्ने २० जना भन्दा बढी नागरिकलाई राहत उपलब्ध गराएको पनि उनले बताए ।

उनले अहिले कोरोना भाइरसको कारण धेरैलाई समस्या भएको बताए । अहिले विशेष गरेर खाद्यान्न नभएकाहरुलाई मध्येनजर गर्दै उनीहरुलाई वडाको काममा खटाई नगद उपलब्ध गराउँदै आएको बताए ।

अहलिे विशेष गरेर आफ्नो वडाले खाद्यान्न भएकाहरुलाई भन्दा पनि नभएकाहरुलाई प्राथमिकता दिएको बताए । कोरोनाको संकट कतिसम्म रहन्छ अनिश्चित भएकोले पछि खाद्यान्न भएकाहरुलाई पनि अभाव हुने हुँदा आफ्नो वडाले त्यतापट्टी पनि ध्यान दिएको उनले बताए ।

Share News