लकडाउनको महसुस हट्यो, ह्वात्तै बढे सवारी साधन (भिडियाेसहित)

<p>काठमाडौं । आज सरकारले लकडाउन घोषणा गरेको ४६ दिन पुगेको छ । देशमा लकडाउन जारी नै छ । तर, सडकमा सवारी साधन गुडाउनेको संख्या पनि ह्वात्तै बढेको छ । आज शुक्रबार काठमाडौं उपत्यकाका सडकहरुमा सवारी साधनहरु गुडाउनेको चाप बढेको हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलनबाट रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन [&hellip;]</p>

काठमाडौं । आज सरकारले लकडाउन घोषणा गरेको ४६ दिन पुगेको छ । देशमा लकडाउन जारी नै छ । तर, सडकमा सवारी साधन गुडाउनेको संख्या पनि ह्वात्तै बढेको छ । आज शुक्रबार काठमाडौं उपत्यकाका सडकहरुमा सवारी साधनहरु गुडाउनेको चाप बढेको हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलनबाट रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । आजसम्म नेपालमा एक सए एक जनामा कोरोना देखिएको छ ।

तर काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण फैलिएको पुष्टी नहुनु र लामो समयसम्म लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै गम्भीर असर परेर हातमुख जोड्नै कठिन हुन थालेपछि काठमाडौं उपत्यकामा सरकारले लकडाउन खुकुलो गरेको होकि पनि बुझ्न सकिन्छ ।

सडकमा गाडी र मोटर साइकलको संख्या पहिलेको भन्दा निकै बढेको छ । विहान १० बजेभित्रमा बन्द गर्नुपर्र्ने खाद्यान्न पसल दिउँसो पनि खुल्न थालेका छन् । प्रहरी प्रशासनको आखा छलेर बाहिर निस्कने, पसल खोल्ने तथा हिडडुल गर्नेहरुको संख्या निकै बढेको छ ।

सरकारले जेठ ५ गतेसम्म लकडाउन जारी नै राख्ने निर्णय गरेको छ। तर काठमाडौं उपत्यकामा भने लकडाउनको महसुस हुन छोडिसकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय  गरेकाे थियाे। यस्तै, पुस्तक ओसारपसारको लागि पनि छुट दिने निर्णय गरेकाे थियाे ।

यस्तै, राजमार्ग र सहायक राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनको अनुमतिमा होटल रेष्टुरेन्ट खोल्न सकिने, सकभर ५० किलोमिटरको दूरीमा पेट्रोल पम्प, रेष्टुरेन्ट र वर्कशप खुलाउने पनि निर्णय गरेकाे थियाे । यसले पनि धेरै मानिसहरु सडकमा उत्रिएका छन् ।

जनसंख्याको उच्च चाप रहेको काठमाडौं उपत्यकामा पनि सरकारको निर्णयपछि कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे प्रहरीले सुरक्षा तयारी गर्न थालेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सरकारले तोकेकाबाहेक अन्य क्षेत्रको प्रतिबन्ध कायमै रहेको बताएकाे छ ।

भिडियाे:

लकडाउनकाे महसुस हट्याे ।

Gepostet von Bikashnews.com am Freitag, 8. Mai 2020

Share News