काठमाडाैं । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेसम्म सम्पूर्ण (आन्तरिक तथा बाह्य) उडान रोक्ने निर्णय गरेको बताइएकाे हाे ।
सरकारले याे भन्दा अगाडि जेठ २ गतेसम्म अन्तर्राष्ट्रय उडान बन्द हुने सरकारले निर्णय गरेकाे थियाे ।
यस्तै, सरकारले जेठ १८ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ । भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको बताइएकाे छ ।