पनौतीका घर नेवार जातिले मात्र किन्न पाउने, अरु जातिलाई बेच्न चाहे सरकारी सेवा बन्द

<p>काठमाडौं । पनौती नगरपालिकाबाट अनौठो खबर आएको छ । खबर विश्वाशिलो माध्ययमबाट आएको हाे र सत्य हो । पनौती नगरपालिका वडा नम्बर ७ को लेटरप्याडमा आएको सूचना हो । सूचनामा अध्यक्ष रामचन्द्र नास्नानीले सहि गरेका छन् । वडा अध्यक्षको छाप पनि लगाइएको छ । खवर ताजा छ । सूचना मिति २०७७ बैशाख २३ गतेको अर्थात [&hellip;]</p>

काठमाडौं । पनौती नगरपालिकाबाट अनौठो खबर आएको छ । खबर विश्वाशिलो माध्ययमबाट आएको हाे र सत्य हो ।

पनौती नगरपालिका वडा नम्बर ७ को लेटरप्याडमा आएको सूचना हो । सूचनामा अध्यक्ष रामचन्द्र नास्नानीले सहि गरेका छन् । वडा अध्यक्षको छाप पनि लगाइएको छ ।

खवर ताजा छ । सूचना मिति २०७७ बैशाख २३ गतेको अर्थात अाजैकाे हो । निर्णय पनि आजै भएको हो । निर्णय वडा समितिले गरेको हो तर त्यसमा वडाका भद्रभलादमीहरुको सहमतिमा भएको वडा अध्यक्षको दावी छ ।

निर्णयअनुसार वडा क्षेत्रको घर नेवार जातीलाई मात्र बेच्न पाइने उल्लेख छ । अरु जातीलाई घर बेचबिखन गर्न चाहानेलाई सरकारी सेवा बन्द गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

‘मिति २०७७/०१/२३ गतेका दिन बसेको बैठकले नेवार जातिहरु बाहेक अन्य जातिहरुलाई घर बेच विखन गर्नको लागि सिफारिस लिन आएमा घरधनीलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नं वडा बासीहरुलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’ निर्णयमा भनिएको छ ।

वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी जातिको बाहुल्यता भएको धर्म, संस्कृति र पुरातात्तिक सम्पदा जोगाउनको लागि यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।

तर वडाको यो निर्णय संविधान विपरित रहेको छ । संविधानको धारा २५ मा उल्लेख गरिएको सम्पत्तिको हक विपरित रहेको छ ।

वडा कार्यालयले संविधान विपरित निर्णय गरेपछि यसको चौतर्फी विरोध शुरु भएको छ ।

Share News