जूमको भरोसा माथि उठ्यो प्रश्न, एरिक भन्छन्ः म धेरै दुःखी छु

<p>काठमाडौं । भिडियो कन्फ्रेन्सिंग कम्पनी ‘जूम’ का फाउण्डर एरिक युआन जिन्दगीमै पहिलो पल्ट ‘फोब्र्स’ म्यागजीनको अर्बपतिहरुको लिस्टमा पर्न सफल भएका छन् । ‘फोब्र्स’ ले गरेको अनुमान अनुसार एरिक युआनको सम्पत्ति ७.८ अर्ब डलर पुगेको छ । ‘जूम’ यसरी भयो लोकप्रिय गत डिसेम्वरसम्म उनको कम्पनी सामान्य रुपमा चलिरहेको थियो । तब अचानक अप्रत्यासित रुपमा अवस्था बदलियो [&hellip;]</p>

काठमाडौं । भिडियो कन्फ्रेन्सिंग कम्पनी ‘जूम’ का फाउण्डर एरिक युआन जिन्दगीमै पहिलो पल्ट ‘फोब्र्स’ म्यागजीनको अर्बपतिहरुको लिस्टमा पर्न सफल भएका छन् । ‘फोब्र्स’ ले गरेको अनुमान अनुसार एरिक युआनको सम्पत्ति ७.८ अर्ब डलर पुगेको छ ।

‘जूम’ यसरी भयो लोकप्रिय
गत डिसेम्वरसम्म उनको कम्पनी सामान्य रुपमा चलिरहेको थियो । तब अचानक अप्रत्यासित रुपमा अवस्था बदलियो । संसारका सामू कोरोना भाइरस नामको माहामारी देखापर्यो ।

जब दुनियाँभरीको वित्तीय बजार डुबिरहेका थिए त्यतिवेला ‘जूम’ को सेयर १४ प्रतिशतका दरले बढिरहेको थियो । डिसेम्वरसम्म दैनिक १ करोड यूजर आउने गरेको ‘जूम’ मा मार्च महिनासम्म आइपुग्दा त्यो संख्या बढेर २० करोड पुग्यो । कम्पनीका अनुसार अप्रिल महिनामा त अझ यो संख्या बढेर ३० करोड पुगिसकेको छ ।

अनुमान गरिएको छ कि पछिल्लो ३ महिनामा एरिक युआनको सम्पत्ति ४ अर्ब डलर बढ्न गएको छ । किनकी लगभग पूरै दुनियाँ लकडाउनमा छ र मानिसहरुलाई एकअर्कासँग कुरा गर्नका लागि एउटा प्ल्याटफर्मको आवश्यकता परेको छ ।

भरोसा माथि उठ्यो प्रश्न
जुन प्रकारले विश्वभर ‘जूम’ को लोकप्रियता बढ्दै गएको छ, सोही प्रकारले नै यसप्रतिको भरोसामाथि प्रश्नहरु पनि उठ्न थालिसकेका छन् । शुरुवाती दिनमा ‘जूम’ को कल्पना एउटा बिजनेस मिटिंग टूलको रुपमा गरिएको थियो तर अहिले सवै तहका मानिसहरुले ब्यापक रुपमा यसको प्रयोग गरिरहेका छन् ।

‘जूम’ जति धेरै लोकप्रिय हुँदै गइरहेको छ त्यतिनै यसमाथि ह्याकिंग अटेकहरु पनि बढ्न थालिसकेको छ । अहिले संसारभर यो कुरा फैलिरहेको छ कि ‘जूम’ को प्रयोग गर्नु जोखिमपूर्ण काम हो । एक रिपोर्टका अनुसार भिडियो कन्फ्रेन्सिंगको समयमा ह्याकरहरु घुसपैठ गर्छन् तथा आपत्तिजनक पोर्नोग्राफी कन्टेन्टहरु पब्लिस गरिदिन्छन् ।

हिजोआज यस्ता चलनलाई ‘जूमबम्बिंग’ नाम दिइने गरिएको छ । यो कुरा पनि अगाडि आएको छ कि मिटिंगमा गरिएको कुरालाई रेकर्ड गर्नपनि सुरक्षित छैन किनभने अरु कोहि मानिस विना अनुमतिनै त्यहाँसम्म पुग्न सक्छ ।

एरिक भन्छन् “म धेरै दुःखी छु…”
एरिक युआनको भनाइ छ कि ‘जूम’ को निर्माण कम्पनीहरुको जरुरतलाई मध्यनजर गरेर गरिएको थियो । वास्तवमै यति धेरै संख्यामा युजरहरु आउँछन् भनेर सोचिएको थिएन र त्यसका लागि तयारी पनि पुगेको थिएन । प्राइवेसी तथा सेक्युरिटीको सवालमा उनले अपेक्षानुसार काम गर्न नसकेको कुरा स्वीकार्दै भन्छन्, “म धेरै दुःखी छु…”

वास्तवमै ‘जूम’ त्यो प्ल्याटफर्म होइन जसमा ठूला राजनेताहरुले संवेदनशील मुद्दाहरुका वारेमा चर्चा गरुन् । तर सर्वसाधारणहरुका लागि भने यो त्यति नराम्रो पनि छैन । पछिल्ला हप्तामा अन्य कम्पनीहरुले पनि आफ्नो रणनीति बदल्न थालेका छन् । केही दिन अघि फेसबुकले मेसेन्जर रुमको फिचर लञ्च गर्यो जसमा ५० जना मानिसहरु बिना कुनै समयसीमा मिटिंग गर्न सक्छन् ।

अझै पनि ढुक्कका साथ यो भन्न सकिने अवस्था छैन कि ‘जूम’ ले हाल जुन सफलता प्राप्त गरेको छ त्यसलाई आउने वाला दिनहरुमा पनि यथावत नै राख्न सक्नेछ ।
(श्रोत बीबीसी)

Share News