२५ लाख धरौटी बुझाएर छुटेलगत्तै पुन पक्राउ परे सुलभ अग्रवाल

<p>काठमाडौँ । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटे लगत्तै फेरी पक्राउ परेका छन् । सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाल छुटे लगत्तै फेरी पक्राउ परेका हुन ।  काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले उद्योगी सुलभ अग्रवाल पुन पक्राउ परेको जानकारी दिए । [&hellip;]</p>

काठमाडौँ । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटे लगत्तै फेरी पक्राउ परेका छन् ।

सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाल छुटे लगत्तै फेरी पक्राउ परेका हुन ।  काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले उद्योगी सुलभ अग्रवाल पुन पक्राउ परेको जानकारी दिए । पक्राउ गरेर पुल्चोक पठाएको बोगटीले बताए ।

थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो ।

अग्रवाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ परेका हुन । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।

Share News