कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले जारी गर्याे आंशिक कर्फ्यू

काठमाडौं । साउदी अरबमा कोरोनाको संक्रमण हुनेको संख्या बढ्दै गएकोसँगै आंशिक कफ्र्यू जारी गरेको छ । संक्रमण नियन्त्रणलाई ध्यान राख्दै साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज आल साउदले साउदी अरबमा मार्च २३, २०२० को समय राती ०७ बजे देखि लागू हुने गरी कफ्र्यू लगाएको हो । आगामी २१ दिन सम्म साँझ ०७ बजे देखि बिहान ०६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गर्न भएको छ । केहि अत्यावश्यक सेवा संचालन मात्र खुल्ने गरी लगाइएको यो कर्फ्युको पूर्ण पालना गर्न साउदी अरबमा रहेका सम्पूर्ण नेपालीलाई राजदूतावास अनुरोध गरेको छ । कोरोना संक्रमणको यो कठिन परिस्थितिमा साउदी अरबमा रहेका नेपालीहरुमा रोगको संक्रमण रोक्न स्वास्थ्य सावधानी र साउदी सरकारको नियम कानुन निर्देशन पालनाको सम्बन्धमा सचेतना विस्तार गर्न गैर आवासीय नेपाली संघ एवं सम्पूर्ण सामाजिक संघसंस्था नेपाली राजदूतावास अनुरोध गरेको छ । साउदीमा मार्च ०२, २०२० मा एक जनाबाट शुरु भएको भाइरसको संक्रमण तीन हप्ताको अवधिमा ५ सय ११ जनामा फैलिसकेको छ । हालसम्म नेपाली नागरिकहरुमा यो संक्रमण देखिएको छैन । यो संक्रमण नेपाली नागरिकहरुमा हुन नदिन आउँदा दिनहरुमा समेत अत्यन्त सचेत भई कोरोना संक्रमण हुन नदिने सावधानीहरु अपनाउन आग्रह गरेको छ । तसर्थ, कर्फ्युको समयमा आवास बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउनुका साथै राजदूतावासको निरन्तर सम्पर्क रहन अनुरोध गरेको छ ।  

अष्ट्रेलियामा आजबाट लकडाउन सुरु

काठमाडौं । अष्ट्रेलियामा आजबाट लकडाउन सुरु भएको छ । अत्यावश्यक ठाउँहरु बाहेक अष्ट्रेलियामा सबै ठाउँहरु आजबाट बन्द गरिने भएकाे हो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आजबाट लकडाउन गर्न घोषण गरेका हुन् । क्यासिनो, बार, नाईटद क्लब, सिनेमा घर, जिम सेन्टर जस्ता मनोरन्जनका स्थानहरु बन्द हुनेछन् भन रेष्टुरेन्टहरुमा टेकअवेको मात्र व्यवस्था हुनेछ । सुपरमार्कट, पेट्रोल स्टेसन, फामेर्सी, अस्पताल, सपिङ मल, बैंकहरु खुला हुनेछन् । यसका साथै पार्क जस्ता सार्वजनिक ठाउँहरु पनि खुला हुनेछन् । यद्यपी विद्यालयहरु बन्द नहुने मोरिसनल बताएका छन् । तर अभिभावकहरुले चाहेको अवस्थामा आफ्ना छोराछोरीलाई घरमै राखेर अनलाईन कक्षाहरु उपल्बध भए लिन सक्ने उनले बताएका छन् । यस्तै अष्ट्रेलिया बासीहरुलाई पुर्ण रुपमा घरबाट निस्कन रोक भने लगाईएको छैन । उनीहरुलाई मानिसहरुसँग बाहिर निस्कँदा कम्तिमा पनि एक मिटरको दुरी राख्न आग्रह गरिएको छ । यस्तै  उनीहरुलाई अनावश्यक यात्राहरु पनि नर्गन अनुरोध गरिएको छ ।

अस्ट्रेलिया सरकारले गर्याे ४० अर्ब डलरको राहत घोषणा

सिड्नी । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ । अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले आइतबार घोषणा गरिएको ६६ अर्ब अस्ट्रेलियन डलर समेत कूल एक खर्ब ८९ अर्ब अस्ट्रेलियन डलर मुलुकको अर्थव्यवस्था सुधारका लागि खर्च गरिने बताएको छ । यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो । अर्थमन्त्री फ्राइडेनबर्गले यो विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न यस्तै विशिष्ट कदम चाल्नुको विकल्प नरहेको जानकारी दिए । उनले पछिल्लो राहत घोषणाले लाखौं अस्ट्रेलियाली नागरिकमा आशाको सञ्चार गराउने विश्वास व्यक्त गरे । सरकारको योजना अनुसार साना व्यवसाय र गैर नाफामूलक संस्थाहरुले एक लाख अस्ट्रेलियाली डलरसम्म अनुदान प्राप्त गर्नेछन् भने बेरोजगारको भत्तालाई दोब्बर बनाइने तथा निवृत्तीभरण प्राप्त गर्नेहरुलाई थप ७ सय ५० अस्ट्रेलियाली डलर नगद दिइनेछ । अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक क्षति १० दिनअघि सोचिए भन्दा निकै व्यापक रहेको पनि बताए। कोरोनाभाइरसका कारण मुलुकको अर्थव्यवस्था विगत २९ वर्षदेखिको लगातार प्रगतिपश्चात पहिलो पटक मन्दीको अवस्थामा पुग्ने खतरा रहेको छ । अस्ट्रेलियामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १ हजार ३ सय पुगेको छ भने ७ जनाको मृत्यु भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भाइरस प्रसार हुन नदिन अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धहरु लगाउनुका साथै गैर अस्ट्रेलियालीलाई देश प्रवेशमा रोक लगाएको छ । रासस/एएफपी