क्रिसमसको अवसरमा एक हजार कैदी रिहा

श्रीलङ्का । श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैँदीलाई बाँकी जेल सजायँ माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलङ्काका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिए । श्रीलङ्कामा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको छ र बुद्धको जन्म, प्रबुद्धता र मृत्युको उपलक्ष्यमा मनाइने वैशाखको बिदाको अवसरमा मे महिनामा पनि त्यति नै सङ्ख्यामा दोषीलाई रिहा गरिएको थियो । क्रिसमसको पूर्वसन्ध्यामा रोकिएको एक साता लामो सेना समर्थित लागुऔषध विरोधी अभियानका क्रममा प्रहरीले करिब १५ हजार व्यक्तिलाई पक्राउ गरेपछि पछिल्लो क्षमादान दिइएको हो । प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ हजार ६६६ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको र करिब एक हजार १०० जनालाई हिरासतमा लिएर सेनाद्वारा सञ्चालित अस्पतालमा अनिवार्य पुनस् स्थापनाका लागि पठाइएको उल्लेख छ । श्रीलङ्काका जेलहरूमा क्षमताभन्दा बढी कैँदी राख्दा लामो समयदेखि जेलमा कैँदीको भीडभाड हुने गरेको छ । सरकारी तथ्या तथ्याङ्कअनुसार शुक्रबारसम्म ११ हजार कैदीबन्दी राख्न मिल्ने गरी निर्माण गरिएका जेलमा करिब ३० हजार कैँदीबन्दी रहेका छन् । रासस

नोभेम्बरमा जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो

काठमाडौं । जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्ष अघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा वृद्धिको गति उनीहरूको अस्थिरताका कारण ताजा खाद्यान्न मूल्यहरू बाहेक, लगातार २० औं महिनामा बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि रह्यो । उल्लेखित अवधिमा खाद्यान्नको मूल्यमा ७.३ प्रतिशतले वृद्धि भएको देखिए पनि सेवाको मूल्य २.३ प्रतिशतले बढेको छ । जुन विगतको उपभोग कर वृद्धिको प्रभावलाई बाहेक तीन दशकमा सबैभन्दा ठूलो लाभ हो । इन्धन लागत घटाउन सरकारी अनुदानका कारण ऊर्जाको मूल्य १०.१ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ । पर्यटन उद्योगमा सुधार आएपछि नोभेम्बरमा आवास लागत वार्षिक ६२.९ प्रतिशतले बढेको छ ।

८ हजार तलब बुझ्ने नितिन अहिले कमाउँछन् वार्षिक ७२ करोड

काठमाडौं । केही वर्ष पहिले ८ हजार भारुको जागिरबाट आफ्नो करियर सुरु गरेका नितिन कामत अब कम्पनीको कुल सम्पत्तिको हिसाबले मुकेश अम्बानीलाई चुनौती दिने स्थितिमा पुगेका छन् । नितिनले जिममा भेटेका एक गैरआवासीय भारतीय (एनआरआई) को खाता ह्यान्डल गरेर उद्यमशीलता सुरु गरे । ती एनआरआई नितिनका पहिलो ग्राहक बने । यही अवसरबाट उत्साहित नितिनले जागिर छाडेर जेरोधा सुरु गरे । ग्राहक संख्याका हिसाबले देशकै सबैभन्दा ठूलो ब्रोकरेज फर्म जेरोधालाई नितिन र उनका भाइ निखिल कामतलगायत पाँचजनाले मिलेर स्थापना गरेका हुन् । जेरोधा कम्पनीको फाइलिङ र कर्पोरेट मामिला मन्त्रालयलाई दिएको जानकारीअनुसार नितिन र निखिल कामतले सन् २०२३ मा ७२ करोड भारु तलब लिएका छन् । २०२२ मा जेरोधाले २० अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो र यसको राजस्व आम्दानी ५० अर्बबराबर थियो। नितिन भारतकै कान्छा अर्बपतिको सूचीमा परेका छन् र अब मुकेश अम्बानीलाई चुनौती दिने स्थितिमा पुगेका छन् । नितिनको करियर यात्रा प्रतिमहिना ८ हजारमा कल सेन्टरको जागिरबाट सुरु भएको थियो । जेरोधाको सफलतालाई भारतको युनिकर्न बूमको अनुपम उदाहरणका रूपमा हेर्न सकिन्छ। नितिनले १७ वर्षको उमेरमा सेयर बजारमा कारोबार सुरु गरेका थिए । त्यतिबेला उनीहरू कल सेन्टरमा सँगै काम गर्थे । नितिनले कम्तीमा १२ ब्रोकरेज फर्ममा काम गरे । यसैबीच उनले सेयर बजार कारोबारमा धेरै ठाउँमा ठूलो खाडल रहेको र यो खाडललाई आफ्नो अनलाइन ब्रोकरेज सेवाबाट पूर्ति गरेर सफलताको मौका मिल्ने बताए । सन् २०११ मा इकोनोमिक टाइम्समा एउटा लेख प्रकाशित गरेपछि विश्वले नितिन कामतलाई याद गर्यो । जेरोधाको व्यापार मोडेल कम मार्जिन र उच्च मात्रामा आधारित छ, जसको परिणाम सम्पत्ति वितरण लगानीका लागि कुनै शुल्क र अन्य ट्रेडहरूका लागि नाममात्र शुल्क छैन । आईआईटी र आईआईएमका प्रतिभाशाली विद्यार्थीहरूलाई भर्ती गर्नुको सट्टा कामत बन्धुले विभिन्न पृष्ठभूमिका युवाहरूलाई भर्ती गर्न थाले। कामतलाई फरक तरिकाले काम गरेर जीवनमा सहजै सफलता मिल्ने विश्वास छ । एजेन्सीको सहयोगमा