चीनमा उड्ने कार एक-आपसमा ठोक्किँदा एक पाइलट घाइते, एउटा कारमा लाग्यो आगो

काठमाडौं । उत्तरपूर्वी चीनमा हवाई प्रदर्शनको अभ्यासको क्रममा दुई उड्ने कार एक-आपसमा ठोक्किँदा एक पाइलट घाइते भएका छन् र एक कार जमीनमा खसेर आगो लागेको छ । अनलाइनमा भाइरल भिडियोहरू र चिनियाँ सरकारी मिडियामा देखाइएका दृश्यमा एउटा कारबाट बाक्लो धुवाँ उठिरहेको देखिन्छ, जबकि दमकल र एम्बुलेन्स घटनास्थलमा दौडिरहेका छन् । यो दुर्घटना मंगलबार अपराह्न चाङचुन, जिलिन प्रान्तमा भएको हो, जहाँ सहरले शुक्रबारबाट सुरु हुन लागेको पाँच दिने हवाई प्रदर्शनको तयारी गरिरहेको थियो । उड्ने कारहरू वा इलेक्ट्रिक भर्टिकल टेक–अफ र ल्यान्डिङ (ईभीटीओएल) सवारीसाधनहरू, चिनियाँ इलेक्ट्रिक वाहन कम्पनी एक्सपेङको सहायक कम्पनी एक्सपेङ एरोहटद्वारा विकास गरिएका हुन् । सीएनएनलाई कम्पनीले दिएको बयानमा भनिएको छ– ‘अपर्याप्त दूरी’का कारण कारहरू ठोक्किँदा एउटा सवारीसाधनको फ्युजलेज क्षतिग्रस्त भयो र अवतरणको समयमा आगो लाग्यो ।’ ‘घटनास्थलमा रहेका सबै कर्मचारी सुरक्षित छन् र स्थानीय अधिकारीहरूले व्यवस्थित रूपमा आपतकालीन उपायहरू पूरा गरेका छन्,’ बयानमा भनिएको छ । साथै अनुसन्धान जारी रहेको जानकारी दिइएको छ । कम्पनीको एक कर्मचारी, जसले नाम नखुलाउने शर्तमा सीएनएनलाई भने कि दुई सवारीसाधनहरू नजिकैको फर्मेसनमा निकै स्टन्ट प्रदर्शन गर्दै थिए ।  यसैबीच, देशभरका सहरहरूले पार्सल, खाना र मेडिकल आपूर्ति वितरणको लागि बिना चालक ड्रोन परीक्षण गरिरहेका छन् । कम्युनिष्ट पार्टीको मिडिया पिपल्स डेलीका अनुसार २०२३ सम्म चीनमा २ हजारभन्दा बढी ड्रोन निर्माताहरू र २० हजारभन्दा बढी कम्पनीहरूले बिना चालक हवाई सवारीसाधन सञ्चालन गरिरहेका थिए ।

एलन मस्कको नेटवर्थ ४३७ अर्ब डलर पुग्यो, २०२७ सम्म पहिलो ट्रिलिनेयर बन्न सक्लान् त ?

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क यस वर्ष पहिलो पटक नाफामा पुगेका छन् । मंगलबार मात्र उनको कुल सम्पत्तिमा ८‍.१२ अर्ब डलरको वृद्धि भयो । यससँगै उनको नेटवर्थ ४३७ अर्ब डलर पुगेको छ ।  यस वर्ष मात्र उनको नेटवर्थमा ४.५७ अर्ब डलरले वृद्धि भएको छ । टेस्लाले मस्कका लागि १ ट्रिलियन डलरको पे प्याकेज प्रस्ताव गरेको छ । अनुमान गरिन्छ कि मस्क सन् २०२७ सम्म विश्वका पहिलो ट्रिलिनेयर बन्न सक्नेछन् । मस्क टेस्ला र स्पेसएक्सलगायतका धेरै कम्पनीहरू सञ्चालन गर्दै आएका छन् । विश्वका धनीहरूको सूचीमा लेरी एलिसन ३६५ अर्ब डलरसहित दोस्रो स्थानमा छन् । यस वर्ष उनको कुल सम्पत्तिमा सबैभन्दा धेरै १७३ अर्ब डलरको वृद्धि भएको छ । फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जकरबर्ग २७३ अर्ब डलरसहित तेस्रो स्थानमा छन् । यस वर्ष उनको कुल सम्पत्तिमा ६६ अर्ब डलरको वृद्धि भएको छ ।  जेफ बेजोस (२५५ अर्ब डलर) चौथो, लेरी पेज (२१९ अर्ब डलर) पाँचौं, सर्गेइ ब्रिन (२०५ अर्ब डलर) छैटौं, स्टीभ बाल्मर (१७५ अर्ब डलर) सातौं, बर्नार्ड अर्नल्ट (१७० अर्ब डलर) आठौं, जेनसन हुआङ (१५२ अर्ब डलर) नवौं र माइकल डेल (१५० अर्ब डलर) दशौं स्थानमा छन् । के भन्छन् विशेषज्ञ ? एलन मस्क यस वर्ष पहिलोपटक नाफामा देखिएका हुन् । उनका समर्थकहरूले उनलाई संसारको पहिलो ट्रिलिनेयर (नेटवर्थ १ ट्रिलियन डलर) बन्न सक्ने आशा राखिरहेका छन् । तर विशेषज्ञहरूका अनुसार यस विषयमा विशेष सावधानी अपनाउनु पर्छ । मस्कको नेटवर्थ मुख्य रूपमा टेस्ला र स्पेसएक्सका सेयरमा आधारित छ । टेस्लाको सेयर मूल्यमा ठूलो वृद्धि भएमा मात्र उनको नेटवर्थ ट्रिलिनेयर स्तरमा पुग्न सक्नेछ । त्यस्तै, निजी कम्पनी स्पेसएक्सको मूल्यांकन पनि यसमा ठूलो भूमिका खेल्छ । अर्थशास्त्रीहरूले भनेका छन् कि अमेरिकी बजारको अवस्था, मुद्रास्फीति, र आर्थिक वातावरणले पनि यसमा निर्णायक भूमिका खेल्छ । साथै मस्कका व्यक्तिगत निर्णय जस्तै सेयर बिक्री वा नयाँ लगानीले पनि उनको नेटवर्थमा प्रभाव पार्नेछ । हालको आँकडाअनुसार मस्कको नेटवर्थ ४३७ अर्ब डलर रहेको छ । विश्लेषकहरूका अनुसार ट्रिलिनेयर बन्नका लागि अझ ठूलो वृद्धि आवश्यक छ । इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज दुर्लभ खनिजमा चिनियाँ नियन्त्रणले युरोपेली कम्पनीलाई ‘लाखौं युरो’ घाटा, विश्व उद्योगमा असर

चार्ली किर्क हत्या प्रकरणमा बाहिरियो गोप्य नोट, अभियुक्तले के लेखेका थिए ?

काठमाडौं । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कलाई गोली हानी हत्या गर्ने अभियुक्तबारे सरकारी वकिलहरूले ठूलो दाबी गरेका छन् । सरकारी अभियोजन पक्षका वकिलहरूका अनुसार अभियुक्तले आफ्नै कोठामा बस्ने साथीलाई लेखेको गोप्य सन्देशमा अपराध स्वीकार गरेका थिए । २२ वर्षका टायलर रोबिन्सनमाथि किर्कको हत्या गरेको आरोप लगाइएको छ । युटाका अधिवक्ता जेफ्री ग्रेले बताएअनुसार अभियुक्तले आफ्नो कोठामा बस्ने साथीका लागि कम्प्युटरको किबोर्ड मुनि नोट छोडेका थिए । उनले यो पनि बताएका थिए कि सो साथी अभियुक्तको प्रेमसम्बन्धी पार्टनर थिए। ग्रेअनुसार सो नोटमा लेखिएको थियो, ‘मलाई चार्ली कर्कलाई समाप्त गर्ने मौका मिलेको छ र म यो गर्न जाँदैछु ।’ अभियोजन पक्षले दुबै कोठासाथीबीच भएका टेक्स्ट सन्देशहरू पनि प्रस्तुत गरेका छन् । तीमध्ये एकमा अभियुक्तले कर्कलाई गोली हानेको स्वीकार गर्दै भनेका थिए कि उनी ‘उनको घृणाबाट दिक्क भएका कारण’ यस्तो कदम चालेका थिए । चार्ली किर्क अमेरिकाका सबैभन्दा चर्चित कन्जर्भेटिभ कार्यकर्ता र मिडिया हस्तीहरूमध्ये एक थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भरपर्दा सहयोगी मानिन्थे । गत हप्ता बुधबार युटाको एक कलेजमा उनलाई गोली हानी हत्या गरिएको थियो ।