भारतका इलेक्ट्रोनिक्स कम्पनी : चार वर्षको घाटा १५ अर्ब डलर, गुम्यो १ लाख रोजगारी

काठमाडौं । चीनसँग जारी तनाव भारतको इलेक्ट्रोनिक्स उत्पादन उद्योगका लागि निकै महँगो सावित भएको छ । जसका कारण भारतीय इलेक्ट्रोनिक्स कम्पनीहरूले विगत चार वर्षमा १५ अर्ब डलरको उत्पादन घाटा बेहोरेका छन् । साथै, यस अवधिमा करिब एक लाख रोजगारीको अवसर पनि गुमेको छ। चिनियाँ नागरिकलाई भिसा दिनमा भएको ढिलाइ र भारतमा कार्यरत चिनियाँ कम्पनीको अनुसन्धानका बीच यस्तो भएको बताइएको छ । विभिन्न मन्त्रालयमा पठाइएको ज्ञापनपत्रमा इलेक्ट्रोनिक्स उत्पादन उद्योगले भारतले मूल्यअभिवृद्धिमा २ अर्ब डलरको नोक्सानी बाहेक १० अर्ब डलरको निर्यात अवसर गुमाएको जनाइएको छ । चिनियाँ अधिकारीका ४ हजारदेखि ५ हजार भिसा आवेदन सरकारी स्वीकृतिको पर्खाइमा रहेको उद्योगीहरू बताउँछन् । यसले देशमा इलेक्ट्रोनिक्स उत्पादन उद्योगको विस्तार योजनामा ​​बाधा पुगेको छ। सरकारले १० दिनभित्र व्यावसायिक भिसा आवेदन स्वीकृत गर्ने व्यवस्था गरेको अवस्थामा यस्तो अवस्था आएको हो । इन्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आईसीईए) र म्यान्युफ्याक्चरर्स एसोसिएसन अफ इन्फर्मेशन टेक्नोलोजी (एमएआईटी) लबी समूहहरूले चिनियाँ अधिकारीहरूको लागि भिसा स्वीकृति छिटो गर्न केन्द्र सरकारलाई अनुरोध गरेका छन् । अहिले भिसा स्वीकृति प्रक्रियामा एक महिनाभन्दा बढी समय लागेको बताइएको छ । प्राविधिक तथा सीप हस्तान्तरण, निर्माण इकाईको स्थापना र सञ्चालन, दक्षता प्रक्रियाको स्थापना र मर्मतसम्भारका लागि चिनियाँ अधिकारीहरू आवश्यक रहेको उद्योग विज्ञहरू बताउँछन् । यसका साथै स्थानीय कम्पनीसँगको साझेदारीमा यहाँ उत्पादन केन्द्र स्थापना गर्न आमन्त्रित भएका चिनियाँ कम्पनीका अधिकारीहरूको भिसा आवेदन पनि पेन्डिङमा छ । एजेन्सी

श्रीलंकाको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

श्रीलंका । श्रीलंकाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ । सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलंका लगायतका धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको छ, रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार श्रीलंकामा आर्थिक गतिविधि सुदृढ भएको भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व–महामारीको स्तर भन्दा तल रहेका छन् । दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने र सन् २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ ।

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर दिने

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजिप्टले आठ कोष सम्झौतामा हस्ताक्षर गरेका छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडी) ले इजिप्टको विकासमा सहयोग गर्न इजिप्टलाई १३० मिलियन अमेरिकी डलरको अनुदान उपलब्ध गराउनेछ । इजिप्टको राजधानी कायरोमा इजिप्टका अन्तर्राष्ट्रिय सहयोगमन्त्री रानिया अल–मशात र इजिप्टका लागि अमेरिकी राजदुत हेरो मुस्तफा गर्गले सम्झौतापत्रमा हस्ताक्षर गरे । मशातले विकास अनुदानहरू समावेशी आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, कृषि व्यवसाय विकास, जलवायु कार्य, र पानी व्यवस्थापन समाधानलगायत धेरै प्राथमिकताका क्षेत्रहरूमा निर्देशित गरिने बताए । इजिप्टमा रहेको अमेरिकी दुतावासले सबै इजिप्टवासीहरूका लागि आर्थिक अवसर सिर्जना गर्न र अवस्था सुधार गर्न अमेरिकी सरकारको लामो समयदेखिको प्रतिवद्धता पुष्टि गरे । विगत केही वर्षहरूमा, इजिप्ट आयातका लागि आवश्यक विदेशी मुद्राको अभावबाट पीडित भएको छ । जसले स्थानीय मुद्राको अवमूल्यन र समानान्तर बजारको वृद्धिको कारणले गर्दा उच्च मुद्रास्फीति र सबैभन्दा धेरै जनसंख्या भएको अरब देशमा मूल्य महंगिएको छ ।