चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल
काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् । अन्टार्कटिका दुई हजार चार सय मिटरभन्दा बढीको औसत मोटाइसहित विशाल बरफले ढाकिएको छ । यस बरफको पत्रमुनि असङ्ख्य सबग्लेसियल तालहरू रहेका छन् । पोलार रिसर्च इन्स्टिच्युट अफ चाइना (पिआरआइसी) को अनुसन्धान समूहका नेता ताङ जुयुआनका अनुसार पग्लिँदै गरेको बरफको धाराहरू यसको पत्रमुनिको खाडलमा बग्दा सबग्लेसियलहरू बन्छन् । ‘बरफको पत्रको गतिशीलता, पानीमुनि जम्ने प्रक्रिया, सबग्लेसियल भू–रासायनिक चक्रका साथै जीवनको विकास बुझ्नका लागि अन्टार्कटिकामा सबग्लेसियल तालहरूको अध्ययन महत्त्वपूर्ण छ’, ताङले भने । वैज्ञानिकहरूले भेरिएसनल अटोएनकोडर (भिएई) प्रयोग गरी बरफ राडारमा देखाइएको बरफको तल्लो प्रतिबिम्बको वेभफर्म सुविधाको विश्लेषण गर्न नयाँ विधि प्रस्तुत गरेका छन् । उक्त विधि प्रयोग गरेर अनुसन्धान टोलीले पूर्वी अन्टार्कटिकाका गम्बर्टसेभ सबग्लेसियल पर्वतहरूको एजिएप–एस क्षेत्रमा बरफ राडार छविको व्यापक स्क्यान गरेको छ । परम्परागत विधिहरूले पहिचान गरेकोभन्दा ज्यामितीय रूपरेखा धेरै सानो भएका ४६ वटा सबग्लेसियल तालको अस्तित्व रहेको नतिजाले देखाएको छ । यस नयाँ विधिले सबग्लेसियल ताल खोजको दक्षता र शुद्धतामा उल्लेखनीय सुधार गरेको र अन्टार्कटिकामा अन्य प्रकारका सबग्लेसियल वातावरण पत्ता लगाउन र लेबलिङलाई विस्तार गर्न सकिने विश्वास गरिएको छ । उक्त अनुसन्धान पिआरआइसी, चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस (वुहान) र दक्षिणी विश्वविद्यालय विज्ञान तथा प्रविधिको टोलीले संयुक्तरूपमा गरेको हो । हालसम्म विश्वभरका वैज्ञानिकहरूले अन्टार्कटिक बरफको पत्रमुनि कूल छ सय ७५ सबग्लेसियल ताल पत्ता लगाएका छन् । रासस
हङकङ र सिंगापुरमा एमडीएच र एभरेष्ट मसला प्रतिबन्धित, क्यान्सर गराउने तत्व भेटियो
काठमाडौं । हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टका केही प्याकेट बन्द गरिएका मसलामा कीटनाशक एथाइलिन अक्साइड फेला परेको दाबी गरेको छ र त्यसको प्रयोग नगर्न मानिसहरूलाई सल्लाह दिएको छ । यससँगै यसको खरिद(बिक्री बन्द गर्न पनि भनिएको छ । सिंगापुरमा पनि एभरेष्टको फिश करी मसला बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ । हङकङको खाद्य सुरक्षा विभागले एमडीएच मद्रास करी पाउडर, सम्बर मसला मिश्रित पाउडर र करी पाउडर मिश्रित मसलामा कीटनाशक एथिलिन अक्साइड फेला पारेको छ र मानिसहरूलाई यसको प्रयोग नगर्न आग्रह गरेको छ । फुड सेफ्टी विभाग, सेन्टर फर फुड सेफ्टीले बिक्री बन्द गर्नुको कारण बताउँदै क्यान्सरको अनुसन्धान गरिरहेको एजेन्सीले समूह १ कार्सिनोजेनमा एथिलिन अक्साइड राखेको जनाएको छ । कार्सिनोजेन्स भनेको क्यान्सरको जोखिम निम्त्याउने तत्व हो । एभरेष्ट फिश करी मसला सिंगापुरमा प्रतिबन्धित खाद्य सुरक्षा विभागले खाद्य पदार्थमा विषादीको अवशेष ९क्याप १३२ सेमी० नियमलाई उद्धृत गर्दै त्यसको प्रयोग स्वास्थ्यका लागि हानिकारक वा खतराजनक नभएमा मात्रै त्यस्ता खानेकुरा बिक्री गर्न सकिने बताएको छ । हङकङको सेन्टर फर फुड सेफ्टीले तीनवटा खुद्रा पसलबाट मसलाको नमुना संकलन गरेको थियो । सेन्टर फर फुड सेफ्टीका प्रवक्ताका अनुसार हङकङमा खानामा एथिलिन अक्साइडजस्ता विषादी प्रयोग गर्नेलाई अधिकतम ५० हजार डलर जरिबाना हुन सक्छ । दोषी प्रमाणित भए जरिबानासहित ६ महिनासम्म कैद सजाय हुन सक्छ । यसैबीच, सिंगापुरले एभरेष्टको फिश करी मसालामा एथिलिन अक्साइड भेटिएपछि देशको खाद्य निकायलाई बजारबाट फिर्ता लिन आदेश दिएको छ । देशमा यो मसलाको आयातकर्ता मुथैया एन्ड सन्स प्राइभेट लिमिटेडलाई यो उत्पादन बजारबाट फिर्ता लिन भनिएको छ । सिंगापुरको फुड एजेन्सीले उपभोक्ताहरूलाई एभरेष्टको फिश करी मसला प्रयोग नगर्न सल्लाह दिएको छ। आफ्नो निर्णयको समर्थनमा सिंगापुरको फुड एजेन्सीले हङकङको खाद्य सुरक्षा विभागले जारी गरेको उही निर्देशनलाई उद्धृत गरेको छ, जसमा भनिएको छ कि एमडीएच र एभरेष्टको फिश करी स्पाइसमा क्यान्सर हुन सक्ने तत्वहरू छन् । के भन्यो एभरेष्टले ? सिंगापुरको फुड एजेन्सीले थोरै मात्रामा एथिलिन अक्साइडबाट तत्काल कुनै खतरा नहुने बताएको छ । तर, लामो समयसम्म प्रयोग गर्नाले यस्ता रसायनले स्वास्थ्यलाई जोखिममा पार्न सक्छ । समाचार वेबसाइट भिओनको जवाफमा एभरेष्टले यो ५० वर्ष पुरानो र प्रतिष्ठित ब्रान्ड भएको बताएको छ । एभरेष्टले भनेको छ, ‘हाम्रा सबै उत्पादनहरू कडा परीक्षणपछि मात्रै उत्पादन र निर्यात गरिन्छ । हामी सरसफाई र खाद्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालन गर्छौं । हाम्रा उत्पादनहरूमा भारतीय मसला बोर्ड र एफएसएसएलगायत सबै एजेन्सीहरूबाट अनुमोदनको छाप छ ।झ एभरेष्टले थप भनेको छ, ‘हरेक निर्यात गर्नुअघि हाम्रा उत्पादनहरू भारतको मसला बोर्डले परीक्षण गराउँछन् । अहिले हामी आधिकारिक जानकारीको लागि पर्खिरहेका छौं । हाम्रो गुणस्तर नियन्त्रण टोलीले यस विषयमा राम्ररी अनुसन्धान गर्ने छ ।’ इथिलिन अक्साइड के हो ? इथिलीन अक्साइड एक रङहीन र ज्वलनशील ग्यास हो । यो सामान्यतया कृषि, स्वास्थ्य सेवा र खाद्य प्रशोधन उद्योगहरूमा धुवाँ, कीटनाशक र स्टेरिलेन्टहरू बनाउन प्रयोग गरिन्छ । माइक्रोबायल प्रदूषण हटाउन र कीराहरू नियन्त्रण गर्न मसला र अन्य सुक्खा खानाहरूमा इथिलिन अक्साइड प्रयोग गरिन्छ । खानालाई ब्याक्टेरिया र कीराहरूबाट जोगाउन इथिलिन अक्साइड प्रयोग गरिन्छ । तर, धेरै स्वास्थ्य संस्थाहरूले यसलाई कार्सिनोजेनको श्रेणीमा राखेका छन् । कार्सिनोजेन्सले क्यान्सरको जोखिम निम्त्याउन सक्छ । इथिलिन अक्साइडको खतरालाई ध्यानमा राख्दै धेरै देशका खाद्य नियामकहरूले खाद्य वस्तुहरूमा यसको प्रयोगलाई लिएर कडा नियम बनाएका छन् । यी देशहरूमा इथिलिन अक्साइडको मात्रा निर्धारण गर्न कडा कानुनहरू छन् । मसलामाथि अमेरिकामा पनि प्रश्न यसअघि पनि भारतीय मसला विदेशी नियमको कठघरामा फसेका घटना छन् । २०२३ मा अमेरिकी खाद्य र औषधी प्राधिकरणले एभरेष्टको साम्बर मसला र गरम मसलालाई बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो । यी मसलामा साल्मोनेला पोजेटिभ पाइएको थियो । यो ब्याक्टेरियाले पखाला, पेट दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने वा बान्ता हुन सक्छ । भर्खरै एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा बेबी फुड बिक्री गर्ने कम्पनी नेस्लेका उत्पादनहरूमा चिनीको मात्रा बढी भएको पाइएको थियो । यी उत्पादनहरूमा विश्वको सबैभन्दा ठूलो बेबी सिरियल ब्रान्ड सेरेलेक पनि समावेश छ । बच्चाहरूलाई चिनी दिनु उचित हुँदैन । यो रिपोर्ट स्वीस संस्था पब्लिक आईको थियो । यो प्रतिवेदन इन्टरनेसनल बेबी फुड एक्सन नेटवर्कसँगको सहकार्यमा ल्याइएको हो । बेल्जियमको प्रयोगशालामा यी उत्पादनहरूको परीक्षण गरेपछि यो रिपोर्ट जारी गरिएको हो । बीबीसी
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो
काठमाडौं । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ । साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले गत हप्तामा सय भन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतंकवादी लाई हवाई हमला मार्फत मारेको इजरायलले जनाएको छ ।