के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बैंकिङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ। वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका छन् । सन् २०२१ मा जापानी वैज्ञानिक हिरोकी किटानोले ‘नोबल ट्युरिङ च्यालेन्ज’ को प्रस्ताव गर्दै अनुसन्धानकर्ताहरूलाई सन् २०५० सम्ममा नोबेल पुरस्कारका लागि योग्य अनुसन्धान गर्न सक्षम ‘एआई वैज्ञानिक’ निर्माण गर्न आमन्त्रण गरेका थिए । केही वैज्ञानिकहरू पहिले नै नोबेलको योग्य एआई सहकर्मी सिर्जना गर्न कडा मेहनत गरिरहेका छन्, यस वर्षको पुरस्कार विजेताहरू अक्टोबर ७ देखि १४ को बीचमा घोषणा गरिनेछ। स्वीडेनको चाल्मर्स युनिभर्सिटीमा मेशिन इन्टेलिजेन्सका प्राध्यापक रोस किङका अनुसार वास्तवमा विश्वभर करिब १०० जना ‘रोबोट वैज्ञानिक’ छन् । सन् २००९ मा किङले एक अनुसन्धान पत्र प्रकाशित गर्दै उनी र उनका सहकर्मीहरूको एक समूहले स्वतन्त्र रूपमा वैज्ञानिक खोजहरू गर्ने पहिलो मेशिन ‘रोबोट साइन्टिस्ट एडम’ सार्वजनिक गरेका थिए । ‘हामीले एउटा रोबोट निर्माण गर्यौँ जसले आफैंले नयाँ विज्ञान पत्ता लगायो, नयाँ वैज्ञानिक विचारहरू सिर्जना ग¥यो र तिनीहरूको परीक्षण गर्यो र ती सही थिए भन्ने पुष्टि पनि गर्यो,’ किङले एएफपीसँग भने । त्यो रोबोट स्वायत्त रूपमा परिकल्पनाहरू स्थापित गर्न बनाइएको थियो । त्यसपछि यो परीक्षण गर्ने प्रयोगका लागि बनाइयो। यी प्रयोगशाला रोबोटहरूलाई प्रक्रियागत रूपमा सिक्न र दोहोर्याउने प्रयोगका कार्यक्रम निर्माणका लागि थियो । ‘उपलब्धि सामान्य भएपनि तुच्छ होइनन्’ ‘आदम’ लाई खमीरको भित्री कार्यहरू अन्वेषण गर्ने जिम्मा दिइएको थियो र यसले पहिले जीवमा भएको जानकारीमा नआएका ‘जिनको कार्यहरू’ पत्ता लगायो । रोबोट वैज्ञानिकका निर्माताहरूले आफ्ना प्रस्तुतिमा खोजहरू ‘सामान्य’ भएपनि तिनीहरू ‘तुच्छ’ थिएनन् भन्ने दाबी गरेका थिए । पछि, मलेरिया र अन्य उष्णकटिबन्धीय रोगहरूको लागि औषधीय स्रोतहरूको अध्ययन गर्न ‘इभ’ नामक दोस्रो रोबोट वैज्ञानिकको स्थापना गरिएको थियो । किङका अनुसार अनुसन्धान र निचोड निकाल्न यस पहिलेका रोबोट वैज्ञानिकहरू नै औसत मानव वैज्ञानिकभन्दा धेरै अगाडि छन् । ‘रोबोट वैज्ञानिक खोजी गर्न कम पैसा लाग्ने हुन्छन् । उनीहरू २४ सै घण्टा काम गर्छन्”, उनले भने, ‘उनीहरू प्रक्रियाको हरेक विवरण रेकर्ड गर्न पनि बढी लगनशील छन् ।’ तर उनीहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नोबेल योग्य वैज्ञानिकको नजिक हुनबाट धेरै टाढा रहेको किङले स्वीकारेका छन् । उनले भने, ‘त्यसका लागि तिनीहरू ‘धेरै बुद्धिमान’ हुनुपर्छ र ‘जटिलभन्दा जटिल कुरा बुझ्न’ सक्षम हुनुपर्छ।’ एआई पुरस्कारका लागि धेरै टाढा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका एसोसिएट प्रोफेसर इन्गा स्ट्रम्केले तत्कालका लागि वैज्ञानिक पेशा सुरक्षित रहेको बताए। उनले एएफपीसँग भने, ‘वैज्ञानिक परम्परा चाँडै नै मेशिनले कब्जामा लिन सक्ने अवस्थामा छैन ।’ ‘यद्यपि, यसको मतलब यो ‘असम्भव छ’ भन्ने होइन, यो ‘निश्चित रूपमा’ स्पष्ट छ कि एआईको विकास भइरहेको छ र विज्ञान कसरी सञ्चालन गरिन्छ भन्नेमा प्रभाव पर्नेछ ।’ यो पहिले नै कसरी प्रयोगमा छ भन्ने एक उदाहरण गुगल डीपमाइन्डद्वारा विकसित एआई मोडेल अल्फाफोल्ड हो । यो उनीहरूको एमिनो एसिडको आधारमा प्रोटीनको त्रि–आयामी संरचनाको भविष्यवाणी गर्न प्रयोग गरिन्छ। ‘हामीलाई थाहा थियो कि एमिनो एसिड र प्रोटीनको अन्तिम त्रि–आयामी आकारबीच केही सम्बन्ध छ र त्यसपछि हामी यसलाई पत्ता लगाउन मेशिनको सिकाइ प्रयोग गर्न सक्दछौं,’ स्ट्रम्केले भने । उनले यस्ता गणनाहरूको जटिलता मानिसका लागि असाध्यै गाह्रो भएको बताए । उनले भने, ‘हामीसँग यस्तो उपकरण छ, जसले कुनै पनि मानिसले गर्न नसक्ने काम गरेको छ ।’ स्ट्रमकेका अनुसार, एकै समयमा, अल्फाफोल्डको मामलाले हालको एआई मोडेलहरू जस्तै तथाकथित तन्त्रिका नेटवर्कको कमजोरीहरूमध्ये एक पनि प्रदर्शन गर्दछ । ‘तिनीहरू ठूलो मात्रामा जानकारी संकलन गर्न र जवाफको साथ आउनमा धेरै निपुण छन्, तर त्यो उत्तर किन सही छ भनेर व्याख्या गर्न तिनीहरूको ज्ञान धेरै राम्रो छैन ।’ त्यसैले अल्फाफोल्डले भविष्यवाणी गरेको २० करोडभन्दा बढी प्रोटिन संरचना ‘अत्यन्त उपयोगी’ भए पनि यसले हामीलाई माइक्रोबायोलोजीबारे केही पनि सिकाउँदैन,’ स्ट्रम्केले भने । एआईद्वारा सहायता प्राप्त स्ट्रम्केका विचारमा विज्ञानले ब्रह्माण्डलाई बुझ्न खोज्छ तर यो केवल ‘सही अनुमान लगाउने’ बारेमा मात्र होइन । तैपनि, अल्फाफोल्डले गरेको अभूतपूर्व कार्यले विज्ञहरूलाई नोबेल पुरस्कारका लागि अग्रपङ्क्तिमा उभ्याएको छ। गुगल डीपमाइन्डका निर्देशक जोन जम्पर र प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक डेमिस हसाबिस सन् २०२३ मा प्रतिष्ठित लस्कर अवार्डबाट सम्मानित भइसकेका छन् । सन् २०२४ मा हुने रसायनशास्त्रको नोबेल पुरस्कारका लागि यो जोडीलाई शीर्ष स्थानमा राखिएको एनालिटिक्स समूह क्लेरिभेटले अक्टोबर ९ मा घोषणा गरेको थियो । अनुसन्धान समूहका प्रमुख डेभिड पेन्डलबरीका अनुसार सन् २०२१ मा जम्पर र हसाबिसको एउटा शोधपत्रलाई हजारौं पटक उद्धृत गरिएको भए तापनि नोबेल जुरीले प्रकाशनपछि यति छिट्टै उक्त कामलाई पुरस्कार दिनु अस्वाभाविक हुनेछ। साथै, एआईद्वारा सहायता प्राप्त अनुसन्धानले सबैभन्दा प्रतिष्ठित विज्ञान पुरस्कारहरू जित्न धेरै समय लाग्ने छैन भन्ने विश्वास पेन्डलबरीको रहेको छ। पेन्डलबरीले एएफपीसँग भने, ‘आजकल अधिक आर्टिफिसियल इन्टेलिजेन्सको विकास भइरहेको छ । वैज्ञानिक गणनाका लागि तिनीहरूको अधिक प्रयोग भएको छ । अर्को दशकभित्र नोबेल पुरस्कारहरूका लागि एआइको दाबी रहनेछ भन्नेमा मलाई विश्वास लाग्छ ।’ रासस
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करिब आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्यांकअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका छन् । यो सङ्ख्या सन् २०२३ को अगस्ट ९३० हजार ७०३० को आधा हो । अष्ट्रेलियामा अध्ययन गर्ने भिसाका लागि जुलाईमा, १८ हजार ६९७ विद्यार्थीहरूले आवेदन दिएका छन् । सन् २०२३ को सोही महिनामा ३६ हजार २०७ विदेशी विद्यार्थीहरूले आवेदन हालेका थिए । हाल अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्क ७१० अष्ट्रेलियाली डलरबाट बढाएर एक हजार ६०० अष्ट्रेलियाली डलर बनाएको छ । सरकारले अगस्टमा अष्ट्रेलियाको उच्च आप्रवासी प्रवेशलाई घटाउने बृहत् रणनीतिको रूपमा २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको थियो । नयाँ तथ्यांकअनुसार अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दोस्रो ठूलो स्रोत भारतबाट भिसा आवेदनहरू जुलाई र अगस्ट २०२३ को १३ हजार ४७ बाट ६६.४ प्रतिशतले घटेर २०२४ को सोही अवधिमा चार हजार ३८३ मा झरेको छ । यसैगरी, फिलिपिन्सको आवेदन सङ्ख्या पाँच हजार १२६ बाट ८४९ र पाकिस्तानको चार हजार २३४ बाट घटेर ६१६ मा झरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा सबैभन्दा धेरै अष्ट्रेलिया जाने चिनियाँ विद्यार्थीको भिसा आवेदन सन् २०२३ र २०२४ को बीचमा १० प्रतिशत भन्दा कमले घटेको छ । अष्ट्रेलिया विश्वविद्यालयहरूको सर्वोच्च निकाय (युनिभर्सिटिज अस्ट्रेलिया) ले विश्वविद्यालयहरूलाई सरकारको प्रस्तावित विद्यार्थी सीमाले देशको अर्थव्यवस्थालाई अर्बौं डलर घाटा लाग्नेछ भने यसको परिणामस्वरूप उच्च शिक्षा क्षेत्रमा हजारौं रोजगारी गुम्नेछन् । – रासस
इरान-इजरायल युद्धका कारण भारतीय लगानीकर्ताले गुमाए ६० खर्ब
काठमाडौं । बिहीबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । इरान र इजरायलबीच बढ्दो तनावका कारण विश्वभरिका बजारमा गिरावट आएकाले त्यसको प्रभाव भारतीय बजारमा पनि देखिएको हाे । बीएसई सेन्सेक्स ९०० अंकको गिरावटसहित खुल्यो भने निफ्टी पनि २५५५० भन्दा तल पुगेको छ । सबै क्षेत्रमा गिरावट आएको छ । यसका कारण बीएसईमा सूचीबद्ध कम्पनीहरूको मार्केट क्याप ५६ अर्ब ६३ करोड रुपैयाँले घटेर ४६ अर्ब ९२ अर्ब ३० करोडमा पुगेको छ । सेन्सेक्सका ३० मध्ये २८ वटा घटेर खुलेका छन् । यसैबीच अनिल अम्बानीको कम्पनी रिलायन्स पावरको सेयर फेरि एकपटक अपर सर्किटमा पुगेको छ । यो सेयर गत सत्रमा ५१.१० रुपैयाँमा बन्द भएकोमा आज ५ प्रतिशतले बढेर ५३.६५ रुपैयाँमा पुगेको छ । यो ५२ हप्ताको उच्चतम स्तर हो । गान्धी जयन्तीका कारण असोज २ गते भारतीय सेयर बजार बन्द रहे पनि विश्वका अधिकांश बजार ओरालो लागेको थियो । दक्षिण कोरियामा १.२ प्रतिशत र जापानमा २.२ प्रतिशतले गिरावट आयो । तर, ताइवानमा ०.७५ प्रतिशत र हङकङमा ६.२ प्रतिशतले वृद्धि भएको थियो भने चीनको बजार बन्द रह्यो । प्रि-ओपन सत्रमा सेन्सेक्स १२६४ अंक अर्थात् १.५ प्रतिशत गिरावटका साथ ८३००२ अंकमा झर्यो भने निफ्टी पनि ३४४ अंक अर्थात् १.३३ प्रतिशतले घटेर २५४५२ अंकमा झर्यो । दिउँसो १२ बजे सेन्सेक्स १३१८ अंक अर्थात् १.५६ प्रतिशतले घटेर तल ८२९४८.२३ अंकमा थियो भने निफ्टी ३९६ अंक अर्थात् १.५३ प्रतिशतले घटेर २५४००.९५ अंकमा थियो। एजेन्सी