भियतनामको विद्युत् क्षमता ८७ हजार ६०० मेगावाट, ९९.८५ प्रतिशत घरमा पहुँच
काठमाडौं । भियतनामको विद्युत् प्रणाली अब दक्षिण-पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा उत्पादन क्षमताका आधारमा दोस्रो ठूलो बनिसकेको छ । यो तथ्य भियतनामको राज्य स्वामित्वको विद्युत् कम्पनी भियतनाम इलेक्ट्रिसिटी (ईभीएन) ले सरकारी पोर्टलमार्फत सार्वजनिक गरेको हाे । ईभीएनका अनुसार, सन् २०२५ को अन्त्यसम्म देशको कुल जडित विद्युत् क्षमता करिब ८७ हजार ६०० मेगावाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ हजार ४०० मेगावाटले वृद्धि भएको हो । यस वृद्धि प्रमुख रूपमा नयाँ ऊर्जास्रोतहरू जस्तै जलविद्युत्, तापविद्युत् र नविकरणीय ऊर्जा परियोजनाहरूबाट भएको हो । सोही अवधिमा भियतनामको व्यावसायिक विद्युत् उत्पादन २ करोड ८७ लाख किलोवाट प्रतिघण्टा पुगेको छ । यसले देशको ऊर्जा आपूर्तिमा निरन्तर वृद्धि भएको र औद्योगिक तथा घरेलु आवश्यकताहरू पूरा गर्न पर्याप्त क्षमता विकसित भएको देखाउँछ । विद्युत् पहुँचको क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ । हाल देशभर १०० प्रतिशत कम्युनहरू (स्थानीय तह) र ९९.८५ प्रतिशत घरधुरीहरू राष्ट्रिय विद्युत् सञ्जालसँग जोडिएका छन् । यसले भियतनाममा विद्युत् पहुँच सुनिश्चित गर्न सरकारको प्रतिबद्धता स्पष्ट देखाउँछ र ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई पनि ऊर्जा सुविधामा पहुँच प्रदान गरेको छ । विशेषज्ञहरूले भियतनामको ऊर्जा क्षेत्रमा देखिएको यो वृद्धि आर्थिक विकास, औद्योगिक विस्तार र जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । साथै, नविकरणीय ऊर्जा र स्मार्ट ग्रिड प्रविधिमा लगानी बढाइ रहेकोले देशको ऊर्जा प्रणाली दिगो र पर्यावरण मैत्री बन्ने अपेक्षा गरिएको छ ।
एनभीडीयालाई उछिन्दै चाँदी बन्यो विश्वकै दोस्रो मूल्यवान सम्पत्ति
काठमाडौं । चाँदीको मूल्यमा आएको तीव्र वृद्धि रोकिने कुनै संकेत देखिएको छैन । सोमबार (आज) अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ८ प्रतिशतले बढ्दै पहिलो पटक ८२ डलर प्रति औंस नाघेको छ । यससँगै चाँदीको कुल बजार पुँजीकरण (मार्केट क्याप) ४.८५ ट्रिलियन डलर पुगेको छ । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको मार्केट क्याप ४.६३८ ट्रिलियन डलर रहेको छ । यसरी चाँदीले एनभीडीयालाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा मूल्यवान सम्पत्ति (एसेट) को स्थान ओगट्यो । करिब ३० ट्रिलियन डलरको मार्केट क्यापसहित सुन पहिलो स्थानमा रहेको छ । यस वर्ष मात्रै चाँदीको मूल्यमा १८५ प्रतिशतको वृद्धि भइसकेको छ र यो सन् १९७९ पछिको सबैभन्दा उत्कृष्ट प्रदर्शनतर्फ अग्रसर छ । किन बढ्यो चाँदीको मूल्य ? अन्तर्राष्ट्रिय बजारदेखि स्वदेशी कारोबारसम्म चाँदीले नयाँ–नयाँ कीर्तिमान बनाइरहेका बेला जानकारहरूले यसको मुख्य कारण औद्योगिक मागको तीव्र वृद्धि रहेको बताएका छन् । ऊर्जा रूपान्तरण, सोलार प्यानल, इलेक्ट्रिक गाडी, सेमिकन्डक्टर तथा आधुनिक इलेक्ट्रोनिक्समा चाँदीको प्रयोग बढ्दै जाँदा विश्वव्यापी रूपमा यसको माग उल्लेख्य रूपमा बढेको हो । विशेषगरी हरित ऊर्जातर्फ विश्वको ध्यान केन्द्रित भएपछि सोलार उद्योगबाट चाँदीको खपत ऐतिहासिक स्तरमा पुगेको विश्लेषकहरूको भनाइ छ । अर्कोतर्फ आपूर्तिमा भने दबाब देखिएको छ । नयाँ चाँदी खानी थपिन नसक्नु, उत्पादन लागत बढ्नु तथा चाँदी प्रायः अन्य धातुसँगै सह–उत्पादनका रूपमा निकालिनुका कारण आपूर्ति सीमित बनेको छ । जसले बजारमा मूल्य बढाउने दबाब सिर्जना गरेको छ । विश्व अर्थतन्त्रमा अनिश्चितता, भूराजनीतिक तनाव र महँगीको जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानी खोज्दै चाँदीतर्फ आकर्षित भएका छन् । सुनसँगै चाँदीलाई पनि सुरक्षित एसेटका रूपमा हेर्न थालिएपछि यसको माग अझै बढेको देखिन्छ । यस्तै, अमेरिकी डलर कमजोर हुनु र भविष्यमा ब्याजदर घट्न सक्ने अनुमानले पनि चाँदीजस्ता कमोडिटीमा लगानी बढाएको छ । चाँदीमा आधारित ईटीएफ र फ्युचर बजारमा कारोबार बढ्नुले पनि मूल्यमा थप उछाल आएको छ । बजार विश्लेषकहरूका अनुसार लामो समयसम्म सुनको तुलनामा सस्तो मानिएको चाँदीमा अहिले यसको रिरेटिङ भइरहेको छ। औद्योगिक माग, सीमित आपूर्ति र लगानीकर्ताको बढ्दो आकर्षणका कारण चाँदीको मूल्य केही समयसम्म उच्च स्तरमै रहन सक्ने अनुमान गरिएको छ । ५० प्रतिशत सुन नियन्त्रण गर्दै ब्रिक्स, विश्व वित्तीय संरचनामा नयाँ संकेत
म्यानमारमा २०२५ को आम निर्वाचन सुरु
काठमाडौं । म्यानमारमा बहुदलीय लोकतान्त्रिक निर्वाचनको पहिलो चरण आइतबारदेखि सुरु भएको छ । पहिलो चरणको मतदानसँगै २०२५ को बहुदलीय लोकतान्त्रिक आमनिर्वाचन सुरु भएको हो । यो निर्वाचन तीन चरणमा सम्पन्न हुने तालिका रहेको छ । जसअनुसार दोस्रो चरण २०२६ जनवरी ११ र तेस्रो चरण २०२६ जनवरी २५ मा हुनेछ। यस निर्वाचनमा ५७ राजनीतिक दलका करिब ५ हजार उम्मेदवारहरूले देशभरका ६ सय ९२ निर्वाचन क्षेत्रहरूमा प्रतिष्पर्धा गरिरहेका छन् । यसले संघीय संसदका दुवै सदन र राज्य तथा क्षेत्रीय संसदहरूका लागि प्रतिनिधिहरू चयन गर्नेछ । निर्वाचित संघीय संसदले नयाँ राष्ट्रपति चयन गर्नेछ । जसले आगामी नयाँ संघीय सरकार गठन गर्नेछ । निर्वाचन आयोगका अनुसार मतदानका लागि देशभर कुल २१ हजार ५ सय १७ मतदान केन्द्रहरू स्थापना गरिएका छन् ।