छिमेक लघुवित्तको कामु सीईओमा दिपक निधि तिवारी नियुक्त
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिपक निधि तिवारी नियुक्त भएका छन् । बिहीबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले तिवारीलाई माघ ६ गतेदेखि लागु हुने गरी कामु सीईओ पदमा नियुक्त गरेको हो । हाल संस्थाको सीईओको कार्यभार चोलराज शर्माले सम्हाल्दै आएका थिए । उनको पदावधि आज अर्थात माघ ५ गते सकिने भएकाले संचालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलसम्मका लागि तिवारीलाई उक्त पदमा नियुक्त गरेको हो । संस्थाको नायब महाप्रवन्धक पदको कार्यभार सम्हाल्दै आएका शर्माले पनि माघ ६ गतदेखि संस्थाको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।
सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त
काठमाडौं । सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा प्रा. डा. रवि मल्ललाई नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा. डा. मल्ललाई हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा. अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो। प्रा. डा. मल्ल मुटु राेग विशेषज्ञ तथा सर्जन हुन् ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्की आगामी ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की सर्टलिष्टको पहिलो नम्बरमा परेका थिए । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले ग्रामिण विकास बैंकको सीईओ भएर पनि काम गरिसकेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् ।