नेपाल टेलिकमका नवनियुक्त अध्यक्ष जोशीले लिए शपथ
काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा मनिष जंग जोशी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष जोशीले माघ ५ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । सञ्चालक समितिको सदस्य जोशी गत पुस २९ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । यसअघि टेलिकमको अध्यक्ष अम्बिका प्रसाद पौडेल थिए ।
सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो । साथै, नव नियुक्त सञ्चालक भरत बहादुर कार्कीद्वारा बैंकको कर्पोरेट कार्यालय, बनेपामा सम्पन्न बिशेष कार्यक्रममा बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा बैंकको सञ्चालक समिति समक्ष शपथ ग्रहण कार्य समेत सम्पन्न गरिएको छ ।
लोकसेवा आयोगले माग्यो एकैपटक ११ सयभन्दा बढी कर्मचारी (सूचना)
काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी मागेको हो । बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले विभिन्न सेवा र समूहमा गरी १ हजार ११३ जना कर्मचारी मागेको हो । बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ। विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट http://spsc.bagamati.gov.np/ मा प्रकाशन गरिएको छ।