सेन्ट्रल फाईनान्सको सीईओमा पुन: श्रेष्ठ नियुक्त
काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रजोज मान श्रेष्ठ नियुक्त भएका छन् । भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी असोज ३ गतेदेखि लागु हुने गरी ४ वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको कम्पनीका सचिव गोबिन्द प्रसाईले जानकारी दिए ।
अन्जु श्रेष्ठ बनिन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओ
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । ललितपुर महानगरपालिका १० ज्वागल निवासी श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए । उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएकी हुन् । गत असार १३ गते विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरेपछि श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी जिम्मेवारी दिइएको थियो । यसअघि श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकामा थिइन् । लामो समयदेखि बीमा क्षेत्रमा आवद्द श्रेष्ठ साविक हिमालयन जनरल इन्स्योरेन्समा विभिन्न पद रहेर काम गरेकी हुन् । उनको पुनर्बीमामा विशेष दख्खलता रहेको छ ।
अर्थ मन्त्रालयका सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त
काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दीर्घराज मैनाली मनोनयन भएका छन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दीर्घराज मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।