बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, सिटिजन्स बैंकले माग्यो कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसमा लागि ११ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एक सूचना प्रकाशित गर्दै क्लस्टर हेडदेखि आईटी सपोर्ट लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ । बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारीको माग गरेको छ । सिनियर अफिसर पदका निमित्त ८ र एसिस्टेन्ट म्यानजर पदका लागि १० वर्षको अनुभव हुनुपर्नेछ । यस्तै कानुन विभाग अन्तर्गत पनि क्लस्टर हेडको झैं पद र अनुभवसहित आवेदन आह्वान गरिएको छ । बैंकले जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकको माग पनि गरेको छ । जुनियर अफिसरका लागि ५ वर्ष र अफिसरका लागि ७ वर्ष अनुभव हुनुपर्ने सुचनामा खुलाइएको छ । साथै, बैंकले केही रिलेसनसिप अफिसर र चार्टर्ड एकाउन्टेन्टलाई जागिर दिने भएको छ । डिजिटल बैंकिङ इकाइतर्फ ग्राहक अनुभव इकाइमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सुपरभाइजर पदमा जागिर खुलेको छ । सुपरभाइजर पदमा आवेदन दिन ३ वर्षको अनुभव हुनुपर्नेछ । साथै, केही डेभलपरलाई पनि बैंकले जागिर दिँदैछ । बैंकले आईटी विभागमा आईटी एमआईएस इकाइ र आईटी सपोर्टमा केही कर्मचारी राख्ने जानकारी दिएको छ । ईच्छुक उम्मेदवारले मंसिर १५ गते बैंकको वेवासाईट मार्फत आवेदन दिन सक्नेछन् ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एजीएममा पाण्डेय, डेढ दशकको बैंकिङ अनुभव

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धक (एजीएम) मा यशोधन पाण्डेय नियुक्त भएका छन् । बैंकले कात्तिक १५ गतेदेखि लागू हुने गरी पाण्डेयलाई एजीएममा बढुवा गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले जानकारी दिए । यसअघि पाण्डेय बैंकको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा १५ वर्ष बढीको अनुभव रहेका पाण्डेय चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् । उनले भारतको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डिया (आईसीएआई) तथा नेपालको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आक्यान) बाट सीए गरेका हुन् भने भारतकै द इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटी (आईजीएनओयू) बाट व्यवस्थापनमा स्नातकोत्तर समेत गरेका छन् । विभिन्न बैक तथा वित्तीय संस्थामा व्यवस्थापकीय पदमा रही अनुभव संगालेका पाण्डेय ९ वर्षभन्दा बढी समयदेखि शाइन रेसुङ्गामा काम गर्दै आएका छन् । प्रबन्धक पदबाट शाइन रेसुङ्गामा आवद्ध भएका उनी अडिट तथा जोखिम व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।

फर्ष्ट माइक्रोफाइनान्सको सीईओमा पुनः पौडेल, निरन्तर लाभांश

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नमुनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई दोहोर्याउने निर्णय गरेको हो । कार्यकाल कात्तिक १६ गतेदेखि लागु हुनेछ । उनी चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । संस्थाको स्थापनादेखि काम गरिरहेका उनी यसअघि उनी २०७७ कात्तिकमा सो संस्थाको सीईओमा नियुक्त भएका थिए । उनको मुख्य व्यावसायिक विशेषज्ञता थोक सूक्ष्म ऋण, जोखिम व्यवस्थापन, रणनीति विकास, संगठनात्मक पुनर्संरचना र व्यवसाय योजना बनाउनमा रहेको छ ।यसअघि एचआईएन नेपाल, इमरिर्जङ नेपाल, ग्लोबल आइएमई बैंक र नेपाल पूर्वाधार विकास बैंकमा काम गरिसकेका उनीसँग नेपाल राष्ट्र बैंकमा पनि काम गरेको अनुभव छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस पास गरेका छन् । योसँगै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले १२ वर्षदेखि नियमित रुपमा लाभांश वितरण गर्दै आएको छ ।