गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको कम्पनी संचालक समितिकोे बैठकले दुगडलाई कम्पनी संचालकमा नियुक्त गरेको हो । कम्पनीको १४२ औं बैठकले संस्थापक शेयरधनीको तर्फबाट नवनियुक्त दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त गरेको छ ।
यूनिलिभरको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त
काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई प्रबन्ध निर्देषकमा नियुक्त गरेको हो । बैठकले मंसिर १२ गतेदेखि नै लागू हुने गरि राईलाई कम्पनीको निर्देषकमा नियुक्त गरेको हो ।
ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले कामु सीईओ पौड्यालाई सीईओमा नियुत्त गरेको हो । यसअघि बैंकमा डेपटी हुदै अनिल ज्ञवालीले राजिनामा गरेपछि कामु सीईओको रुपमा उनले काम गरेका थिए । पौड्याल भदौ २९ गते कामु सिइओ जिम्मेबारी सम्हालेका हुन् । उनले झण्डै ३ दशक बैंकिङ क्षेत्रमा बिताएका छन् । नबिल बैंकबाट बैंकिङ क्षेत्रमा जागिर सुरु गरेका पौड्यालले त्यहाँ ११ बर्ष काम गरेपछि एनआइसी एसियामा पनि काम गरेका छन् ।