निर्धन उत्थान लघुवित्तको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त भएका छन् । असार ४ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराईलाई एभरेष्ट बैंकको तर्फबाट मनोनयन गरी पठाएसँगै संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै, नवनियुक्त सञ्चालक भट्टाईले नियुक्त भएकै दिन अर्थात असार ४ गतेदेखि नै लागू हुने गरी आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनले आजै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकले असार २५ गते बोलायो वार्षिक साधारणसभा
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी असार २५ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले आफ्नो तेह्रौं वार्षिक साधारणसभा सो दिन बिहान ७ः३५ बजे पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बस्न लागेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्तिको लागि संस्थाका सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्तावलाई सभाले पारित गर्दै छ । साथै, असार ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।
सिर्जना फाइनान्सको बोनस सेयर सूचीकृत
काठमाडौं । सिर्जना फाइनान्सको १३.५९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (असार ३ गते) बिहीबार मात्रै ११ लाख ५१ हजार ९५० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै, फाइनान्सको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।