गभर्नर सिफारिस समितिकाे बैठक सुरु, विश्व पाैडेल नियुक्त हुँदै
काठमाडौं । गभर्नर सिफारिस समितिकाे बैठक सुरु भएकाे छ । मंगलबार अपरान्ह समितिकाे बैठक सुरु भएकाे हाे । अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पाैडेलले बैठक बोलाएका हुन् । बैठकमा अर्थमन्त्रीसहित समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन् । आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ । समितिको बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने सम्भावना छ । ओली र देउवाकाे छलफलपछि मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हाे ।
हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा एससीटी-युपिआइ कार्डमार्फत भुक्तानी गर्दा छुट हुने
काठमाडौं । हेल्थी च्वाइस एस्थेटिक अस्पताल र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच भएको सहकार्यपछि अब एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले अस्पतालका सम्पूर्ण अफरहरूमा थप छुट पाउने भएका छन् । सम्झौता अनुसार, एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ब्लड टेस्ट, छाला, कपाल तथा दन्त उपचारसम्बन्धी सेवा अफरहरूमा ५ प्रतिशत सम्म छुट पाउनेछन् । त्यस्तै, ओपीडी परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कसमेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, सोप्रानो हेयर रिमुभल प्याकेज तथा आउटसोर्स सेवा तथा उपकरण शुल्कमा हुने अफरहरूमा २.५ प्रतिशत छुट प्रदान गरिनेछ। एससीटीको नेटवर्कमा हाल ५ ‘क’ वर्गका, ६ ‘ख’ वर्गका, ११ ‘ग’ वर्गका बैंक तथा १०० भन्दा बढी सहकारी संस्था आबद्ध छन् । उनीहरूबाट जारी गरिएको एससीटी–युपिआइ कार्ड भएका ग्राहकहरूलाई यो अफर विशेष लाभदायक हुने अपेक्षा गरिएको छ। एससीटी कार्ड नभएका इच्छुक ग्राहकहरूले पनि नजिकको एससीटी सदस्य बैंक वा सहकारीमा सम्पर्क गरी सजिलै कार्ड प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य र सौन्दर्यसँग सम्बन्धित सेवा उपयोगलाई अझ सहज र किफायती बनाउन यो सहकार्य प्रभावकारी हुने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् ।
आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम दरवार ५० प्रतिशतसम्म छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरवार होटलको जिपलाइनको टिकटमा ५० प्रतिशत र होटलका सम्पूर्णसेवामा ३५ प्रतिशत छुट प्राप्त हुने भएको छ । आईएमई लाइफ र प्रेम दरवारबीच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । साथै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् । छुट सुविधा लिनका लागि प्रेम दरवार होटलको टिकट काउन्टरमा गई जिपलाइनको टिकट खरिद गर्नुपर्नेछ । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाइ सहज र स्तरीय बनाएको कम्पनीले जनाएको छ ।