कामना सेवा र पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सेवा सम्झौता, शुल्क एक लाखमात्रै
काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेका छन् । उक्त सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल बैंकिङ एप भित्र रहेको इन्ष्टा फण्ड ट्रान्सफरमार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर (फण्ड ट्रान्सफर) गर्दा सेवा शुल्क वापत मात्र एक लाख रुपैयाँ लाग्नेछ । यो योजना २०८० कार्तिक १ गतेदखि लागू भई पुस मसान्तसम्म लागु हुने समेत बैंकले जनाएको छ । नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकवाट स्वीकृती लिई भुक्तानी सेवा प्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
सञ्चालकहरु स्वच्छाचारी ढंगमा चल्दा सहकारीमा समस्या आयो : चिन्तामणी सिवाकोटी
काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निर्णय गर्नाले र संवेदनशील निर्णयहरुमा समेत सदस्यहरुलाई बाइपास गरेकाले संस्थामा थप समस्या आइरहेको उनले बताए । राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले संस्थाको वित्तीय स्वस्थताका साथै सबलिकरणमा पहिला संस्था भित्रको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनको जोड छ । यसका लागि संस्थाले नियमित कार्य योजना बनाई कामकारबाही गर्नुपर्ने समेत उनले बताए । ‘संस्थाको लक्ष्य प्राप्त गर्नको लागि जवाफदेहिता, कार्य कुशलता, मितव्ययिता, ऐन नियमको परिपालना, विश्वसनियता जस्ता विषयहरु अपरिहार्य छन्’ उनले भने- ‘सहकारीमा आन्तरिक लेखा प्रणाली कमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् । लेखा समिति, व्यवस्थापन, लेखा अभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थापन गर्न समितिलाई सञ्चालकले सहयोग गर्नुपर्ने उनको भनाई छ । सहकारी संस्था भित्रका लेखा सुपरिवेक्षणले सञ्चालक समितिले गरेको निणर्य, तथा आर्थिक क्रियाकलापलाई निरन्तर रुपमा अनुगमन गर्न पर्नेमा उनले जोेड दिए । सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई संस्थाका गतिविधिहरु सम्बन्धी सूचना समयमानै उपलब्ध गराउन पर्ने हुन्छ । उनले भने, आगामी बाटो सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तिरक नीति तथा कार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षप बिना पूर्ण गर्नपर्ने हुन्छ । सहकारी संस्थालाई दीगो र विश्वसनियता संस्था भित्रका सबै पक्षको समन्वय बनाउन पर्ने हुन्छ । संस्थामा सञ्चालक तथा लेखा समितिको योग्यता, सदस्यको बीमा, एकाघरको व्यक्तिलाई सञ्चालकमा राख्ने र व्यवस्थापनको नेतृत्वमा आफू अनुकुल व्यक्तीलाई नियुत्ती गर्दा समस्या निम्तेको उनको बुझाई छ । नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीले कार्यपत्रमाथि टिप्पणी गर्दै विशेषतया आन्तरिक लेखा नियन्त्रण प्रणाली दुई प्रकारबाट हुने गरेको बताएका छन् । उनले भने सहकारीमा अन्तरिक र वाह्य रुपमा निरिक्षण गर्ने गरिन्छ । सहकारीमा लेखा समितिले संस्था भित्रको स्वमूल्यंकन, जवाफदेहिता र परदर्शितालाई नियमन गर्नपर्ने हुन्छ । लेखा समितिले वातावरण, वित्तीय जोखिमको अवस्था, सुचना व्यवस्थापन, स्रोत र साधनको उपयोगिता, कर्मचारीको कार्यसम्पादन र सञ्चालक समितिले गरेको निर्णयहरुलाई निरन्तर रुपमा अनुगमन गर्नुपर्छ । सहकारी संस्थाले कार्य सञ्चालन गर्दा सस्थाको सुशासनको अवस्था, संस्था र सदस्य हितमा काम गरे नगरेको हेर्नपर्ने हुन्छ । संस्था प्रति सदस्यहरुको सकृयता र सस्थाको वार्षिक साधारणले गरेको निणर्यहरु कार्यान्वयनमा आए नआएको निरन्तर नियमन सुझाए । गोष्ठीको अध्यक्षता राष्ट्रिय सहकारी महासंका निर्वतमान अध्क्षय केशव वडालले गरेका थिए । कार्यक्रममा सहभागीहरुले सस्थामा सञ्चालकहरुले गल्ति गरे लेखा सुपरिवेक्षण समितिले नियन्त्रण गर्ने भनिए पनि समितिलाई विकल्पको रुपमा मात्र हेर्ने गरेको गुनोसो गरे ।
बेष्ट फाइनान्सले शुरु गर्यो अनलाईन एकाउन्ट ओपनिङ सेवा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यस वित्तीय संस्थाले असोज २५ गतेदेखि स्तरोन्नति सहितको यो सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले थप वित्तीय सेवाहरुसहित अनलाईन एकाउन्ट ओपनिङ सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको हो । यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले अनलाईन खाता (बचत तथा मुद्धती) खोल्न सक्नेछन् । साथै, भिडियो केवाईसी मार्पmत ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने बताइएको छ । केवाईसी अध्यावद्यिक नभएका ग्राहकहरुले अनलाइर्न मार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधा समेत रहेको कम्पनीले बताएको छ ।