यती कार्पेट आगलागीमा एक अर्ब क्षति

भक्तपुर । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ । राति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडौं र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान ७ः३० बजे नियन्त्रणमा आएको छ । आगलागीबाट एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिए । उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागीबाट उद्योगकै दुई दुई सवारी साधन र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ । सय जना मजदुर कार्यरत उद्योगमा राति ३५जना कार्यरत भए पनि मानवीय क्षति भने नभएको यादवले बताए । उद्योगसँगै रहेको बाटाको ट्रान्सफर्मर पड्केर आगो निस्किएर बलेको तारबाट कारखानामा आगलागी सुरु भएको थियो । कुनै पनि सामान निकाल्नै नमिल्ने गरी एकै पटक ठूलो आगो लागेको बताइएको छ । रासस

सिप्रदी ट्रेडिङ्ले ल्यायो बस एक्स्चेन्ज अफर, असार १६ गतेसम्म लागू हुने

काठमाडौं । नेपालको लागि टाटा मोर्टसको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले ग्राहकहरुद्वारा अत्याधिक रुचाईएका टाटाका स्कूल बसहरुमा एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले टाटाका २६ देखि ४० सिट संख्या सम्मका टाटा स्कूल बसहरुमा अहिले सम्मकै उत्कृष्ट पुर्नविक्री मूल्य सहितको एक्स्चेन्ज अफर ल्याएको हो । उक्त एक्स्चेन्ज अफर असार १६ गते सम्म लागू हुनेछ । साथै उक्त स्कूल बसमा एबीएस् ब्रेकिङ सिष्टम, हाई सेफ्टी स्ट्याण्डार्डका निमित्त बस बडी कोड र मेकानिकल फिउल इन्जेक्सन पम्प टेक्नोलोजि जडित छ । जसले कम खर्चमा उच्च प्रतिफल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आयल निगमले नेशनल ट्रेडिङको ५० रोपनी जग्गा ३ अर्बमा किन्ने

काठमाडौं । नेपाल आयाल निगमले टेकु स्थित नेशनल ट्रेडिङ लिमिटेडको ५० रोपनी ५ आना जग्गा खरिद गर्ने भएको छ । निगमले सबै भौतिक संरचना सहित ३ अर्ब ३० करोड रुपैयाँमा जग्गा खरिद गर्न लागेको हो । निगम सञ्चालक समितिले यो निर्णय पारित गरेर उक्त जग्गाको कर तिर्नको लागि २५ करोड रपैयाँ समेत दिई सकेको छ । टेकुमा रहेको लिमिटेडको मुख्य कार्यालय, २५ हजार मेट्रिकटन क्षमताका ५ वटा गोदाम र पेट्रोलपम्म निगमले खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । भौतिक संरचनाको लागत कति पर्ने भनेर मूल्यांकन समितिले निर्धारण गर्नेछ । भौतिक संरचनाको लागत १५ करोड लाग्ने अनुगमान लिमिटेडले गरेको छ । नेशनल ट्रेडिङले मालमोत कार्याकालयको कागजी प्रक्रिया सक्ने वित्तिकै जग्गा पास गर्ने नेपाल आयाल निगमका निमित्त नायव कार्यकारी निर्देशक नागिन्द्र शाहले बताए । ‘नेपाल सरकारको निर्णयबाट चलनचल्तीको मूल्यको औसत मूल्यका किन्न निर्देशन भएको छ,’ उनले भने ‘जग्गा र भवन सहितको मूल्य तीन अर्बभन्दा माथि हुन सक्छ । ’ जग्गा खदिर पश्चात निगमले पेट्रोलियम पदार्थ भण्डार बनाउन सक्ने शाहको भनाइ छ । सरकारले जेका लागि उपयोग गर भन्छ, हामी त्यसैको लागि जग्गा उपयोग गछौं,’ उनले भने । ५४ वर्षको इतिहास बोकेको नेशनल टे«डिङ टाट पल्नि लागेपछि कर्मचारीलाई अवकास दिन सो जग्गा विक्री गर्न लागेको हो । व्यापार गर्ने उद्देश्यसहति स्थापना भएको लिमिटेडले कमजोर व्यवस्थापनका कारण सरकारको बोझ बन्दै आएको छ । सरकारी संस्थान भएपनि निजी व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा लिमिटेड आर्थिक संकटको चरम अभावमा डुवेर बन्द हुने अव नेशनल ट्रेडिङका पुगेको अर्थ मन्त्रालयले बताएको छ । धेरै वर्षअघिदेखि लिमिटेडको जग्गा विक्री गर्न महाप्रवन्धक र अध्यक्षले कसरत गर्दैै आएपनि यो अवसर भने पुष्पकमल दाहाल ‘प्रचण्डको सरकारले जुटाइ दिएको छ । केही वर्षअघि उक्त संस्थानका वारेमा ठोष निर्णय गर्ने भनिएपनि सरकार अस्थिरताका कारण कार्य अघि बढ्न सकको थिएन । मन्त्री परिषद्को निर्णयले कर्मचारीलाई अवकास दिएर संस्थानको पुनसंरचना गर्न बाटो खुलेको छ । देशका १२ स्थानमा कम्पनीको स्वामित्वमा जग्गा तथा भवनहरू रहेका छन् उक्त जग्गा र भवनको करिब २५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति हुन सक्ने अनुमान गरिएकोे अर्थ मन्त्रालयले गरेको छ । काठमाडौंको ट्राफिक कार्यालयसँगै जोडिएको सिंहदर पश्चिम गेट अगाडिको २६ रोपनी जग्गा कम्पनीकै स्वामित्वमा छ । लिमिटेडमा कार्यरत २ सय ६४ जना कर्मचारीलाई स्वेच्छिक अवकास दिन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । उक्त कर्मचारी अवकास दिन एक अर्ब ६६ रुपैयाँ लाग्नेछ । अवकासमा जाने कर्मचारीले प्रतिव्यक्ति १५ देखि ७० लाख रुपैयाँसम्म पाउने नेशनल ट्रेडिङको हिसाव छ । निगमले जग्गाको रकम उपलव्ध गराएपछि असार महिनाभित्र कर्मचारीलाई अवकास दिएर बिदाइ गर्न लागिएको हो । कर्मचारीलाई अवकास दिएर लिमिटेडलाई पुन संरचना गर्न लागिएको छ । कर्मचारीको अवकासपछि कम्पनीलाई पुनसंरचना गरी नयाँ ढंगबाट सञ्चालन गरिने आपूर्ति मन्त्रालयले बताएको छ । नेशनल ट्रेडिङले जग्गा बेचेर आफ्नो एक अर्ब ३८ करोड र सरकारको एक अर्ब रुपैयाँ ऋण पनि चुक्ता गर्नेछ । त्यस्तै माच्छापुच्छे र हिमालय बैंकको झण्डै ८ करोड रुपैयाँ पनि कम्पनीले तिर्न बाँकी छ । अन्य विभिन्न संस्था, ब्यक्ति तथा र्फमहरू ३० करोड रुपैयाँ पनि जग्गा बचेर तिर्न लागेको छ ।