लगानी गर्न अमेरिकाका ३२२ उद्योगले पाए स्वीकृति, करिब ७ अर्ब ३३ करोड बराबरको लगानी गर्ने
काठमाडौं, ५ असार । संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा रु सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर क्षेत्रमा देखिन्छ । लगानी गर्न स्वीकृति प्राप्त गरेका अमेरिकी उद्योगमध्ये सेवा क्षेत्रमा १४८ उद्योगको रु दुई अर्ब ६९ करोड ७० लाख, उत्पादनमूलक क्षेत्रमा ७० उद्योगको रु दुई अर्ब १० करोड ३० लाख, पर्यटन क्षेत्रमा ८० उद्योगको रु एक अर्ब दुई करोड १० लाख लगानी रहेको छ । त्यस्तै ऊर्जा क्षेत्रमा तीन उद्योगको रु एक अर्ब २८ करोड ७० लाख, कृषि तथा वनजन्य क्षेत्रमा २० उद्योगको रु २१ करोड २० लाख र निर्माण क्षेत्रमा एक उद्योगको रु एक करोड लगानी छ । विसं २०७३ जेठ मसान्तसम्म स्वीकृत पाएका अमेरिकी उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा १६ हजार २९३ रोजगारी सिर्जना हुने विभागले जनाएको छ । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र छिट्टै सञ्चालनमा आउने विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताउनुभयो । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजतासँगै मुलुकमा विदेशी लगानी बढ्ने क्रम जारी छ । नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ । भारतपछि दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका उद्योगले नेपालमा लगानी गरेका बताइएको छ । रासस
अब युवा होइन नेपाली उत्पादनको निर्यात गर्छाैः मन्त्री पाण्डे
भक्तपुर , ३२ जेठ । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने घोषणा गरेका छन् । त्यसका लागि सरकारले आवश्यक तयारी गरिसकेको पनि उनले बताए । रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्देै मन्त्री पाण्डेले भने–मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नेपालमै रोजगारीको वातावरण निर्माणमा गरी युवालाई बिदेश होईन उनीहरुले उत्पादन गरेको वस्तु बिदेश पठाउन सफल हुने बताएका हुन । पछिल्लो समयमा सबै राजनीतिक दलहरुको प्रमुख एजेन्डा आर्थिक बिकास हुनु राम्रो भएता पनि देशलाई आर्थिक समृद्धि तर्फ लान औद्योगिक बिकासबिना असम्भव रहकाले सबैभन्दा पहिला प्राथामिकता औद्योगिक बिकास भएकाले वर्तमान सरकार औद्योगिक बिकासमा केन्द्रित बनेको पाण्डेले बताए । सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको भन्दै मन्त्री पाण्डेले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकाशको लागि लगानी गर्न चीन र कोरिया तयार रहेको भन्दै कुरो भन्दा कामको शैलिले तिब्रता पाएको बताए । सात प्रदेशमा बिस्ता हुन लागेका औद्योगिक क्षेत्रमा नेपालमा उत्पादित कच्चा पदार्थबाट निर्माण हुने वस्तुहरुलाई पहिलो सूचीमा राखेको र हस्तकलाबाट निर्मित वस्तुको प्र्रबद्र्धन गर्दैै बुहुराष्ट्रिय कम्पनीहरुको लगानीलाई समेत समेट्दै औद्योगिक क्षेत्रको बिस्तारमा अघि बढेको बताए । दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन्सँगै अन्य स्थानमा रहेका इन्धन खानीको उत्खनन गरि व्यवसायिकरुपमा उत्पादन गर्ने र तिन वर्षभित्र मुलुकमा रहेका सबै खनिजजन्य पर्दाथको उत्खनन् कार्य सकिने भन्दै मन्त्री पाण्डेले नेपालको १० स्थानमा उक्त कार्य जारी रहेको बताए । सरकार परिवर्तनतको बिषय हल्ला मात्र भएको भन्दै सरकार परिवर्तन २०७४ माघ सम्म कसैले चाहेर पनि नहुने यदि यसो भएमा संबिधान नै संसोधन गर्नु पर्ने टिप्पणी गरे । संविधानको धारा २ सय ९८ अनुसार सरकार बनेकाले गठबन्धनको एक दल मात्र बाहिरे पनि देशमा संवैधानिक संकट आउन सक्ने मन्त्री पाण्डेले बताए ।
जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा
काठमाडौं, २८ जेठ । जस्मिन पेन्ट्सको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । २०५१ साल स्थापित मनकामना ग्रुपको जस्मिनको लोगो अंकित झण्डा नवाङ नर्बु शेर्पा(माइला)ले सगरमाथाको शिखरमा पुर्याएका हुन् । उनले जेठ ६ गते सगरमाथाका शिखरमा पुर्याएका थिए । ‘नेपाली मनको नेपाली रङ्ग’ नारासहित अघि बढेको कम्पनीले स्वदेशी रङ्ग उत्पादक कम्पनीमध्ये आफुलाई दोश्रो नम्बरको कम्पनी भएको दावी गर्दै आएको छ । जस्मिन पेन्ट्सको ७५ वटै जिल्लामा बजार सञ्जाल रहेको कम्पनीका निर्देशक मधुसुधन अर्यालले बताए । चितवनमा रहेका उद्योग मार्फत उत्पादित रंगलाई कम्पनीले देशभर उपलब्ध गराउँदै आएको छ । कम्पनीले निर्यातको सम्भाव्यताको समेत अध्ययन गरिरहेको निर्देशक अर्यालले बताए ।