उद्योगी करदातामध्ये धेरै मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट, लगातार दुई पटक सम्मानित
काठमाडौं । नेपाल भर रहेका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिवृद्धिकर बुझाए बापत घोराही सिमेन्ट उद्योग सम्मानित भएको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा अर्थमन्त्रीद्वारा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा उक्त उद्योग सम्मानित भएको हो । सरकारले आठ वर्ष अघिदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । सोहीक्रममा अघिल्लो आर्थिक बर्ष २०७४/०७५ मा देश भरका उद्योगी करदातामध्ये घोराहीसिमेन्ट उद्योग समयमै र सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने उद्योगका रुपमा सम्मानित भएको थियो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग लाजिम्पाट काठमाडौंले आठौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रा.लिलाई सम्मान गरेको हो । स्थापनाकाल देखि हालसम्म समयमै मूल्य अभिवृद्धि कर विवरण र कर बुझाएका करदातामध्ये बितेको आर्थिक वर्ष २०७४/२०७५ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गरेको भन्दै विभागले सम्मान गरेको हो । आन्तरिक राजश्व विभागले हरेक वर्ष मंसिर १ गतेका दिन राष्ट्रिय कर दिवसको रुपमा मनाउँदै आएको छ । सोही क्रममा देशभरका उद्योगी, व्यवसायी र व्यक्तिगत रुपमा उत्कृष्ठ करदातालाई सम्मान गर्दै आएको छ ।
शिवमले सर्वोत्कृष्ट ३७ डिलरहरुलाई गर्यो सम्मान, तीन विजेताले पाए छुट्टाछुट्टै अवार्ड
काठमाडौ । शिवम् सिमेन्टले “शिवम् कृति समारोह २०७६” को अवासरमा उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ वटा डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको छ । सिमेन्टले कार्तिक २९ र ३० गते काठमाडौंको हायात होटलमा भएको कार्यक्रममा आफ्ना सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरेका हो । जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरुबाट सम्मानित गरिएको छ । ‘क्वालिटीको मामिलामा नो कम्पर्माइज’ भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टसले क्वालिटीको मामिलामा कम्पर्माइज भन्दै सम्मान गरेको हो । उक्त कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको साथ साथै भारतका कलाकार राजु श्रीवास्तवका मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा देशको हरेक भूभागबाट डिलरहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम् सिमेन्टसका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आपसी,सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्ट जगतमा उच्च स्थान पाउन सफल भएको बताए । साथै, आगामी दिनहरुमा अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नम्बर. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिवद्धता व्यक्त गरे । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पुर्ण उद्योगी, व्यापारीहरुलाई थप हौसला प्रदान गर्ने धारणा राखेका थिए ।
अर्घाखाँची सिमेन्टले गर्याे टिभीसी अवधारणा प्रतियोगिताको मिति सार्वजनिक
काठमाडौं । अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । कम्पनीले टेलिभिजन च्यानलमा बजाउनको लागि सर्वसाधारणबाट आवश्यक कमर्सियलको लागि अवधारणा हासिल गर्ने लक्ष्य राखेर सो प्रतियोगिताको आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक सर्वसाधारणा महानुभावहरुले आ–आफ्नो नविन, रोचक तथा मौलिक अवधारणा कम्पनीको इमेल [email protected] मा पठाउनु पर्नेछ । यसरी पठाइएको अवधारणा मध्ये उत्कृष्ट एक अवधारणा पठाउने सर्जकलाई ५० हजार बराबारको नगद पुरष्कार सहित कम्पनीले सम्मान गर्ने जनाएको छ । सर्वसाधारणले यहि मंसिर १५ गतेभित्र साँझ ५ बजेसम्म अवधारणा पठाइ सक्नुपर्ने कम्पनीले जनाएको छ । तथापी, यस प्रतियोगीतामा रचनात्मक क्षेत्रमाकामगर्ने कम्पनी, विज्ञापन एजेन्सी वा नेपाल सरकारमा दर्ता भएका कुनै पनि संघसंस्थालाई समावेश नगरी मात्रआम सर्वसाधारणलाई सहभागी गराइनेछ । “सर्वसाधारण नागरिक, आमउपभोक्ता एवं साहित्य श्रृजना तथा रचनात्मक क्षेत्रमा काम गरिरहेका सर्जकहरुस“ग सहकार्य गरी रचनालाई सम्मान गर्ने उदेश्यका साथ यस प्रतियोगीताको आयोजना गरिएको हो,” कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने । प्रतियोगीतामा सहभागी हुन इच्छुकहरुले अवधारणा पठाउँदा सबैभन्दा पहिले अर्घाखाँची सिमेन्टको आधिकारीक फेसबुक पेज https://www.facebook.com/Arghakhanchi-Cement-Pvt-Ltd-669894399789589 लाइक र फलो गरी [email protected] मा आफ्नो अवधारणा पठाउनु पर्नेछ । यसरी अवधारणा पठाउने ब्यक्तिले इमेलमा आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर तथा नागरिकता, राहदानी वा अन्य कुनै परिचयपत्रको छायाँप्रति स्पष्ट हुनु पर्ने जनाएका छन् । टिभीसीबाट प्रभावित भएको, पुर्नप्रशोधन गरीएको वा अन्य अवधारणाको मर्म वा विषयबस्तुलाई नयाँ तरिकाले पुनर्निमाण गरिएको पाइएमा सो अवधारणालार्ई प्रतियोगीतामा सामेल नगराइने जानकारी दिएका छन् । कम्पनीले अन्तत बनाउने टिभीसी कम्तीमा ४० सेकेण्ड र बढीमा ६० सेकेन्डको हुने हुनाले सोही अनुसारको अवधारणाहरु मात्रै मान्य हुने जानकारी दिएका छन् ।