व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले सो मस्यौदामाथि आगामी जुलाई दोस्रो सातामा दुई पक्षीय वार्ता हुने जानकारी दिएका हुन् । हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणका क्रममा उक्त प्रोटोकलमा आगामी जुलाईमा हस्ताक्षर गर्ने सहमति भएको थियो । ओली प्रधानमन्त्री हुँदा सन् २०१६ मा व्यापार र पारवहन सम्झौता भएको हो । उनले मूल्यवृद्धि कम गर्ने र बजार अनुगमन प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उदारीकरण र निजीकरणको नाममा विगतमा सार्वजनिक संस्था बेच्ने काम भएको प्रसंग पनि उनले बताए। मन्त्री यादवसँग सांसद्हरु प्रेम सुवाल, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, गंगा चौधरी सतगौवा र लक्ष्मी चौधरीले थप स्पष्टीकरण मागेका थिए। रासस
द्रुत गतिमा अघि बढ्यो औद्योगिक स्थापनाको कार्य
काठमाडौं । मुलुकभर औद्योगिक क्षेत्रको स्थापना दु्रत गतिमा अघि बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बताए । उनले बुधबार प्रतिनिधिसभा संवोधन गर्ने क्रममा प्रदेश नम्बार ६ सुर्खेतको साटाखानीमा ११ सय विद्यामा औद्योगिक क्षेत्र सम्भाव्याता अध्ययन सम्पन्न भइसकेको बताए । ‘पूर्वधार क्षेत्र निर्माणको प्रारम्भिक काम समेत अघि बढाएका छौं,’ उनले भने । त्यस्तै दैलेकको चुप्रा र जुम्लामा औद्योगिक क्षेत्रको सम्भाव्यताको अध्ययन भइरहेको छ । प्रदेश नम्बर ३ मकवानपुरको हेटौडा औद्योगिक क्षेत्र मयुर धापमा रहेको २०० विद्या क्षेत्रफलमा थप औद्योगिक क्षेत्र स्थापना गर्न डिपीआर भएको उनको भनाइ छ । उनको अनुसार हरेक स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्न प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रको सहर्य र साझेदारी भइरहेको छ । औद्योगिकरणको लागि आवश्यक बजेट विनियोजन भइ सकेको उनको भनाइ छ । साथै औद्योगिक ग्राम स्थापनाको लागि मापदण्ड मस्यौदा तयार पारिएको छ । सरकारले सिमेन्ट, फलाम, चिनी लगायतमा आत्मनिर्भर बन्नका लागि सुविधासम्पन्न औद्योगिकरण गरिनेछ उनले बताए ।
एपीओले नेपालको आर्थिक विकास र उत्पादकत्व अभिवृद्धिमा सहयोग गर्ने
काठमाडौं । एशियाली उत्पादकत्व संगठनका महासचिव डा. शान्थी कनाकतानापोर्नले नेपालको आर्थिक विकास र उत्पादकत्व अभिवृद्धिमा सहयोग गर्न एपीओ तयार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा समक्ष नेपाल भ्रमणमा रहेका एशियाली उत्पादकत्व संगठनका महासचिव कनाकतानापोर्नले बुधबार महासंघ सचिवालयमा सो कुरा बताएका हुन् । नेपालको तीन दिने भ्रमणमा आएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणाबीचको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यवसायीकरण/प्रविधिकरण र राष्ट्रिय उत्पादकत्व अभिवृद्धिमा सरकार–निजी क्षेत्र बीचको सहकार्यको विषयमा छलफल गरेका छन् । साथै, उनले राष्ट्रिय उत्पादकत्व अभिवृद्धिका लागि राष्ट्रिय गुरुयोजना बन्नुपर्नेमा समेत जोड दिएका छन् । भेटमा अध्यक्ष राणाले एपीओबाट नेपाललाई प्राप्त सहयोग एवं सहकार्यको प्रशंसा गरेका छन् । अध्यक्ष राणाले महासंघले कृषिको व्यवसायिकरण, रोजगारी सृजना तथा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी गराएकी छिन् । साथै, उनले नेपाली निजी क्षेत्रलाई आवश्यक तालीम मार्फत उत्पादकत्व अभिवृद्धिमा सघाउन एपीओलाई आग्रह गरेकी छिन् । महासचिव डा. कनाकतानापोनल कृषिलाई आधुनिक, प्रविधिमैत्री र यूवाहरुलाई आकर्षित गर्ने ढंगबाट योजना तथा कार्यक्रम आउनु पर्ने सुझाव दिएका छन् । उनले कृषिको उत्पादकत्व अभिवृद्धिमा कसरी सहयोग गर्न सकिन्छ त्यसलाई एपीओले उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने विश्वास दिलाएका छन् ।