बझाङ उद्योग वाणिज्य संघले पनि शुरु गर्यो कोरोना भाइरस रोकथाम कोष

काठमाडौं । बझाङ उद्योग वाणिज्य संघले पनि कोरोना भाइरस रोकथाम विपत कोष शुरु गरेको छ । संघले आइतबार एक सूचना सार्वजनिक गर्दै कोष सुरु गरेको बताएको हो । जिल्लामा कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न कोष खडा गरेका बताइएको छ । साथै संघले कोरोना भाइरस रोकथाम रोकथाम कोषमा सहयोगको लागि अपील पनि गरेको छ । संघले कोषमा सहयोग गर्नेका लागिसम्र्पक व्यक्ति पनि तोकेको छ । त्यसका लागि संघका अध्यक्ष दान बहादुर सुर्मेली, सचिव संकर रसाइली र कार्यालय सचिव निम बहादुर थापालाई सम्पर्क गर्न जानकारी गरेको छ । हालसम्म संघले ४५ हजार रुपैयाँ लगायतका सामाग्रीहरु सहयोग पाइसकेको सूजनामार्फत जनाएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को महामारी रोकथामका लागि अहिले कोरोना रोकथाम कोष सुरु हुने क्रम बढेदै गएको छ ।

उद्योग परिसंघले गर्याे स्वास्थ्य मन्त्रीलाई पिपिइ हस्तारन्तरण

काठमाडौं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने स्वास्थ्य मन्त्रीलाई उपचारको क्रममा प्रयोग हुने सामान हस्तान्तरण गरेको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण (पिपिइ) सय थान तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरेको हो । हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराईएको र निकट भविष्यमै विदेशबाट सामान आयात गरि थप आवश्यक सामग्रीहरु समेत उपलब्ध गराउने अध्यक्ष मोरले जानकारी गराए । उनले भने ‘ स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंतिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन पहिलो प्रथामिकता हो ।’ उक्त पिपिइ हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु राजेश अग्रवाल, सुलभ अग्रवाल समेत सहभागिता रहेको थियो । स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरणहरु मित्र राष्ट्रहरुमा संकलन गरि आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भई रहेको परिसंघले जनाएको छ । त्यस्तै संकटको यस घडीमा सवैलाई संयमित हुन र सरकारले जारी गरेका सवै निर्देशनको पालना गर्न अनुरोध गरेकाे छ।

सिलिन्डरमा आधा ग्यास भरेर बेच्न उद्याेगिलाई निर्देशन, उपभाेक्ता ठगिने जाेखिम

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बजारमा अब आधा ग्यास मात्र भरेको सिलिन्डर आउने भएको छ । नेपाल आयल निगमले आधा ग्यास मात्र भरेको सिलिन्डर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल भारतबाट नेपालमा मागभन्दा धेरै ग्यास आउदा पनि समस्या देखिएकोले निगमले आधा ग्यास भरेको सिलिन्डर मात्र बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको बाताए । ‘नेपाली बजारमा खपत हुनेभन्दा धेरै ग्यास भारतबाट आएको छ, ग्यासमा समस्या नआओ भनेर नेपाल आयल निगमले आधा ग्यास भरेको सिलिन्डर मात्र बजारमा पठाउन लगाएको हो,’ पौडेलले भने । उनले बजारमा ग्याँसको अभाव हटाउन भारतबाट पहिलेको तुलनामा धेरै ग्याँस बुलेट आयात गर्दापनि अभाव हट्न नसकेपनि आधा ग्यास भरेर बिक्री गर्ने तयारी अघि बढाउन लागिएको बताए । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ भने अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका अनुसार आधा भरिएको ग्यासको मूल्य उपभोक्ताले ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । आधा ग्यास भरेको सिलिन्डर बजारमा पठाउँदा उपभाेक्ता ठगिने जाेखिम बढी हुने उपभाेक्ताबादी कानुन व्यवसायी ज्याेति बाँनियाँले बताए । ग्यास बिक्रेतासँग ग्यास सिलिण्डर ताैलने उपकरण नभएकाेले उपभाेक्ता ठगिने उनकाे भनाइछ ।