सिंगल डिजिटमा व्याजदर झार्ने बैकंर्स संघको निर्णयप्रति चेम्बरको स्वागत, लगानी योग्य पुँजीको माग बढ्ने
काठमाडौं । मुद्धति निक्षेपको डबल डिजिटको व्याजदर सिंगल डिजिटमा झार्ने नेपाल बैंकर्स संघको निर्णयलाई नेपाल चेम्वर अफ कमर्सले स्वागत गरेको छ । बिहीबार सम्पन्न बैंकर्स संघको बैठकले साधारण बचतमा बढिमा ६.५० प्रतिशत, व्यक्तिगत निक्षेपमा बढीमा ९.७५ प्रतिशत र संस्थागत निक्षेपमा ९.५० प्रतिशतभन्दा बढी व्याज नदिने निर्णयप्रति आफु सकारात्मक रहेको चेम्बरले बताएको छ । लामो समयदेखि उच्च व्याजदरको कारणले अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभाव परेको चेम्बरले जनाएको छ । उक्त प्रभावलाई सम्वोधन गर्न नेपाल राष्ट्र बैंकको पहलमा बैकंर्स संघको बैठक बिहीबार बसेको थियो । साथै, यसअघि बैंकहरुले अनियन्त्रित एवं एकतर्फी तवरबाट उद्योगी तथा व्यवसायीहरुले लिएको कर्जामा लगाएको उच्च व्याजदर छिटो भन्दा छिटो घटाउन बैंकहरुलाई निर्देशन दिन नेपाल राष्ट्र बैंकसँग अनुरोध गर्दछ । अहिले तोकिएको व्याजदरले आर्थिक गतिबिधिहरुलाई बढी कृयाशील बनाइ लगानी प्रवद्र्धनमा सकात्मक असर पर्ने चेम्वरको विश्वास रहेको छ । यसअघि पनि बैंकहरुबीच व्याजदरबारे भद्र सहमति भएर पनि कार्यान्वयन हुन नसकेको सन्दर्भमा यस पटकको समझदारी कार्यान्वयन गरिन ठोस पहल हुन पर्ने चेम्वरको धारणा रहेको छ । एकल अंकको व्याजदरले लगानी योग्य पुँजी माग बढ्ने भएकाले यसलाइपनि सम्वोधन गर्न नेपाल राष्ट्र बैंकले बिशेष पहल गर्नुपर्ने एवम् सरकारलाईपनि पुँजीगत खर्च बढाउन आवश्यक कार्य योजना बनाइ लागु गर्न चेम्वरले विशेष अनुरोध गरेको छ ।
चिनी उद्योगीलाई मातृका यादवको आव्हानः भिड्ने भए आउनुस्
काठमाडौं । उद्योग मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योगीलाई युद्धको ऐलान गर्न चेतावनी दिएका छन् । बुधबार संसदको उद्योग बाणिज्य र श्रम तथा रोजगार समितिको बैठकमा मन्त्री यादवले चिनी उद्योगीहरुलाई युद्ध घोषणा गर्न चेतावनी दिएका हुन् । ‘मन्त्रालयसँग कुरा नगर्ने, समितिमा उजुरी गर्ने, म धेरै कार्यक्रम स्थगित गरेर यहाँ आएको हुँ, चिनी उद्योगीले के गर्न खोजेको ? भिड्ने भए आउनुस्’, मन्त्री यादवले भने । चिनी उद्योगीहरुले सरकारसँग निहुँ खोजेको आरोप पनि मन्त्री यादवले लगाएका थिए । चिनी आयातमा कोटा निर्धारण, भन्सार दर वृद्धि लगायतका सहुलियत दिँदा समेत उद्योगीले निहुँ खोजेको मन्त्री यादवको भनाई थियो । ‘आयातमा कोटा लगाएका छौं, भन्सार दर पनि पुनरावलोकन गरिदिए कै छौं, फेरी पनि निहुँ खोज्दै समितिमा किन उजुरी गरेको हो ?’, मन्त्री यादवले प्रश्न गरे । उनले यथेष्ठ सहुलियत दिँदा पनि चिनी उद्योगीले किसानलाई उखुको भुक्तानी नदिएको पनि आपक्ति जनाए । ‘तपाईहरुले सुबिधै सुबिधा चाहिने अनि किसानलाई उखुको भुक्तानी पनि नदिने ? यस्तो पनि कहिँ हुन्छ, अब मन्त्रालय चुप लागेर बस्दैन’, मन्त्री यादवले भने । उनले किसानको भुक्तानी तत्काल नदिए थप कारवाही गर्ने चेतावनी पनि दिए । बैठकमा चिनी उद्योगहरुले आफुहरु बार्षिक ३ अर्ब नोक्सानीमा रहेको बताएका थिए ।
ललितपुर बन्यो नेपालको पहिलो क्राफ्ट सिटी, अंकित स्टिकर टाँसेका उत्पादनले उच्च मूल्य पाउने
मंसिर । ललितपुर जिल्लालाई कला नगरी (क्राफ्ट सिटी) घोषणा गरिएको छ । युनेस्को सहितको संस्थाले एशीया महाद्धिपमा ललितपुर लगायत २७ शहरहरुलाई वल्र्ड क्राफ्ट सिटी घोषणा गरी सकेको छ । नेपाल हस्तकला महासंघको ४६औं वार्षिकोत्सव तथा सातौं हस्तकला दिवसको दिन उक्त जिल्लालाई नेपालको पहिलो क्राफ्ट सिटी घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतीविद् सत्यमोहन जोशीले ४६औं वार्षिक उत्सव तथा सातौ हस्तकला दिवसको उद्घाटन गरेका थिए । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले काष्ठ नगरी घोषणाले ललितपुरका साथसाथै सिंगो नेपालको पर्यटन विकासका साथै सांस्कृतिक पर्यटनको प्रवद्र्धन हुने बताए । यससँगै अब ललितपुर महानगरपालिका भित्र उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरियता कायम गरी क्राफ्ट नगरीको उत्पादन अंकित स्टिकर टाँसी बिक्री गरेमा यहाँका उत्पादनले उच्च मूल्य प्राप्त गर्न सक्नेछन् । महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको स्थानीय तथा निकासी व्यापारलाई प्रवद्र्धन गर्न महासंघले आफ्नो ध्यान केन्द्रीत गरेको बताए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले ललितपुर कला नगरीका रुपमा ललितपुर, भक्तपुर र काठमाडौं मात्र नभर्र्ई सिङ्गो नेपाल चिनाउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् । नेपालको विविध कलाले नै राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको उनले बताए । नेपालका बहुमूल्य अमूर्त संस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तुहरु विस्तारै लोप हुँदै गएको तथ्यलाई औल्याउँदै हस्तकला महासंघले हाम्रो संस्कृतिको परिचयको रुपमा रहेको हस्तकलाको जगेर्ना, प्रवद्र्धन तथा विकासमा पुर्याइरहेको कार्यक्रममा जानकारी दिईएको थियो । सो कार्यक्रमसँगै ललितपुर जिल्लालाई क्राफ्ट सिटी घोषणा गरिएको उपलक्ष्यमा प्रभातफेरी गरी साँझ दिपावली गरिएको थियो ।