चीनको यूनान प्रान्त नेपालमा लगानी गर्न ईच्छुक
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट नेपाल भ्रमणमा आएको ७ सदस्यीय चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चिनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरो को नेतृत्वमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो। उक्त भेटवार्तामा नेपाली र चिनियाँ उद्यमी व्यवसायी बीच नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपालमा औषधि उद्योगका क्षेत्रमा रहेको सम्भाव्यता अध्ययन गर्न भ्रमण भएको स्पष्ट पारिएको थियो । बैठकमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष प्रधानले नेपालमा यससमयमा लगानीका लागि सबैभन्दा उपयुक्त समय भएकाले चिनियाँहरूलाई लगानीका लागि आग्रह गरेका छन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सबैभन्दा बढी लगानी गरीरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा गरेको प्रधानले पाए । दुवै देशका सम्माननीय राष्ट्रपतिज्यूहरूबाट भएको आपसी औपचारिक भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप मजवुद हुनाको साथै लगानीको वातावरणमा समेत सहयोग पुगेको उनले बताए । प्रतिनिधिमण्डलका नेता एवं चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङले नेपालको विकासमा सहयोग गर्न आतुर रहेको बताए । यस पटकको भ्रमण नेपालमा औषधि उद्योग क्षेत्रमा सहकार्यका सम्भाव्यता अध्ययन गर्न भएको स्पष्ट पार्दै फर्केपछि त्यस विषयमा थप छलफल गरी परियोजना ल्याउने धारणा चिरोङले राखे । भेटवार्तामा महासंघका महानिर्देशक धरणीधर खतिवडा, पूर्व कार्यकारिणी समिति सदस्य प्रदीपमान वैद्य, महासंघको सदस्य संघ संस्था प्रतिनिधिहरू, चीनसंग व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू, महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालकाे उम्मेदवारी घाेषणा
काठमाडाैं । उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । गृहजिल्ला बाग्लुङ्गमा आजदेखि शुरु भएको वाग्लुङ्ग महोत्सवलाई सम्बोधन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भएका थिए । ढकाललाई महासंघकाे बरिष्ठ उपाध्यक्षकाे बलिया दावेदारकाे रूपमा हेरिएकाे छ । अहिले बरिष्ठ उपाध्यक्षमा विजयी हुने व्यक्ति तीन वर्षपछि स्वतः अध्यक्ष बन्ने बैधानिक व्यवस्था भएकाेले बरिष्ठ उपाध्यक्षकाे निर्वाचनलाई निकै महत्वका साथ लिइन्छ । शुक्रबार बागलुङ शुरू भएकाे महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघले बरिष्ठ उपाध्यक्षमा उठ्न गरेको प्रस्ताव स्वीकार गर्दै उम्देवारी घाेषणा गरेकाे उनले जानकारी दिए । महासंघको उपाध्यक्षका साथै एकजना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवम् स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गरेको उनले बताए । उक्त सम्बोधनका क्रममा उनले आफूले सानो व्यवसायदेखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको बताउँदै आगामी दिनमा साना तथा मझ्यौला एवम् समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताए । उनले भने–’मेरो जीवन पनि तपाईँहरुजस्तै सानो तिनो पसल, उद्यम र सामान्य जागिरबाट शुरु भएर यहाँ पुगेको हुँ, त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरुले भन्दा बढी महसुश गर्न सक्छु ।’ उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने–‘तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु।’ उनले सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता गरे । बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष छन् । उनी डिस होम मिडिया प्रालिका प्रवद्र्धक पनि हुन् । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ । ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष समेत छन् । ढकाल नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत भएका थिए । समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य तथा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन् ।
गोरखा चाइनिज इटाको स्ट्रेन्थ बढ्दै, मापदण्डभन्दा नौ एमपीए बढी
काठमाडौं । गोरखा चाइनिज इट्टाको स्ट्रेन्थ वढ्दै गएको छ । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन सुरु गरेको गोर्खा इको रेड व्रिक्स प्रालिबाट उत्पादित गोर्खा चाइनिज इटाको स्ट्रेन्थ पछिल्लो समय बढ्दै गएको हो । ललितपुरको कुपण्डोलस्थित मल्टिल्याब प्रालिमा ६ वटा इटा नमूनाको रुपमा टेष्ट गर्दा औसतमा १४ एमपीए पाइएको हो । सिनियर जियोटेक्निकल इन्जिनियर प्राडा रामकृष्ण पौडेलका अनुसार इटाको टेष्ट गर्दा घटीमा १४ दशमलब पाँच एमपीए पाइएको छ । यसअघि ख्वप कलेज अफ इन्जिनियरिमा गरेको कम्परेन्सिभ स्ट्रेन्ट टेष्टमा कम्पनीका १० एमपीए देखिएको थियो । त्यसबेला इटाहरु घटीमा पनि १० दशमलब २३ एमपीए पाइएको थियो । गुणस्तरीय इटा हुनका लागि एमपीए न्युनतम पनि पाँच एमपीए हुनुपर्छ । विद्यार्थीले इटाको गुणस्तरको विभिन्न पक्षकाबारेमा टेष्ट गरेका थिए । टनेल क्लिन प्रविधिमा इटा पोली चाइनिज इटाको उत्पादन सुरु गरेको यो उद्योगको इटाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र ९थर्मोमिटर० पनि जडान गरिएको छ । थर्मोमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इटा पोल्ने गरिन्छ । यसले गर्दा इटा एकनासले पाकेर निस्किन्छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाका अनुसार यो प्रविधिबाट इटा बनाउँदा काँचो इटालाई घाममा नसुकाई डा«इ टनेलमा पठाई इटालाई सुकाइन्छ । यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर इटा पोल्ने गरिन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई डाइ टनेलमा लगी काँचो इटा सुकाउने गरिन्छ ।