उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छः उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा समय लिई उनले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताए । “उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भने, “ चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको छ । कार्यदलले १५भित्र सरकारलाई प्रतिवेदन बुझाउँछ ।” उनले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बैठकमा जानकारी दिए । उखु किसानका ११ बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरिद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रष्ट पारेका छन् । उनले लुम्बिनी र वीरगञ्ज चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिएका थिए । मन्त्री भट्टले विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउने प्रतिबन्ध लगाइएको जानकारी दिए । बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा बिमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्नु सुझाव दिएका थिए । रासस

५७ वर्षको विरासत बोकेको साल्ट ट्रेडिङ अब शुद्ध तोरीको तेल उत्पादन र एसएसपी मल बिक्रीमा

काठमाडौं । ५७ वर्षको व्यापारिक अनुभव बोकेको साल्ट ट्रेडिङ कर्पाेरेशनले शुद्ध तोरीको तेल उत्पादन गर्ने भएको छ । बजारमा तोरी तेलको माग धेरै रहेकोले गुणस्तरीय तेल उत्पादन गर्न लागिएको कर्पाेरेशनको भनाइ छ । तोरीको तेल उत्पादनका लागि हेटौडामा प्लाण्ट स्थापना गरिएको कर्पाेरेशनका डिभिजनल म्यानेजर ब्रजेशकुमार झाले जानकारी दिए । हेटौडामा प्लाण्ट स्थापनाका लागि काम भइरहेको छ । तेल उत्पादनमा प्रयोग हुने मेसिन आयात भइसकेको छ । ‘उत्पादन विविधिकरण र बजारको आवश्यकता पूरा गर्नको लागि शुद्ध तोरीको तेल उत्पादन गर्ने अभियानमा लागेका छौं, यसैको लागि हेटौडामा प्लाण्ट राख्ने काम भइरहेको छ,’ म्यानेजर झाले विकासन्यूजसँग भने । एसएसपी मल बिक्री गर्ने कर्पाेरेशनले रासायनिक मल आयात गरेर बिक्री गर्दै आएको छ । अहिलेसम्म नेपालमा युरिया, डीएपी र पोटाम मलको बिक्री वितरण हुने गरेको थियो । तर, नियम उत्पादन वृद्धि गर्ने नयाँ प्रविधि प्रयोग भएको मल आयात गरेर बिक्री गर्ने तयारीमा छ । भारतबाट युरिया, डीएपी र पोटासको आवश्यक परिमाण राखिएको एसएसपी मल आयात गरेर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको झाले जानकारी दिए । ‘रासायनिक मलको प्रयोगले जमिनको उत्पादन क्षमता घट्यो भन्ने गुनासो पनि छ, हामीले ल्याउन लागेको एसएसपी मलले माटोको उर्वराशक्ति कम गर्ने होइन, बढाउँछ, २० वर्ष अघि जमिनमा जे जस्तो उत्पादन हुन्थ्यो, एसएसपी मलको प्रयोगले त्यस्तै उत्पादनहुन्छ,’ डिभिजनल म्यानेजर झाले भने । बनस्पति घ्यू पुनः उत्पादनको लक्ष्य कर्पाेरेशनले बनस्पति घ्यू उत्पादनको फेरि सुरु गर्ने तयारी गरेको छ । यसअघि पनि कर्पाेरेशनले बनस्पति घ्यू उत्पादन गर्ने गथ्र्याे । तर, बनपस्पति घ्यू उत्पादनमा निजी क्षेत्रको पनि व्यापक उपस्थिति भएपछि अवस्थ्य प्रतिस्पर्धाका कारण केही निजी उद्योगसँगै कर्पाेरेशनको उत्पादन पनि बन्द भएको थियो । बनस्पति घ्यू उत्पादन गर्ने प्लाण्ट हेटौडाको औद्योगिक क्षेत्रमा राखिएको थियो । अहिले पनि प्लाण्ट हेटौडामा नै छ । तर, घ्यू उत्पादन भने रोकिएको छ । अब नयाँ अत्याधुनिक मेसिन ल्याएर बनस्पति घ्यू उत्पादन गर्ने तयारी कर्पाेरेशनको छ । व्यापारमा ५७ वर्षको विरासत ५७ वर्षअघि अर्थात २०२० सालमा सर्वसाधारणलाई सस्तो मूल्य र सहज रुपमामा उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएर साल्ट ट्रेडिङ कर्पाेरेशनको स्थापना भएको थियो । तत्कालीन राजा महेन्द्रको निर्देशनमा २०२० सालमा स्थापना भएको कर्पाेरेशन अहिले सर्वसाधरणको घरदैलोमा पुगेको छ । कर्पाेरेशनले सुरुमा नुन बिक्रीका हात हाल्यो । सन् १९६५ मा युनिसेफ, विश्व स्वास्थ्य संगठन जस्ता अन्तराष्ट्रिय संस्थाहरुसमेतको संलग्नतामा भएको अध्ययनले ५५ प्रतिशत नेपालीमा आयोडिनको कमी भएको देखायो । नुनमा आयोडिन मिसाएर बेच्ने र त्यसैको माध्यमबाट आयोडिन कमीको आवश्यकता परिपूर्ति गर्ने लक्ष्य सरकारले बनायो । र, नुन बेच्ने जिम्मा थियो–साल्ट ट्रेडिङ कर्पाेरेशनकै । ब्रजेशकुमार झा आयोडिनको कमीले सर्वसाधारणमा गलगाँढको समस्या भयावह थियो । सरकारले आयोडिनको कमी कम गर्न नूनमा आयोडिन मिसाएर बिक्री वितरण गर्ने योजना बनायो । त्यो योजना कार्यान्वयन गर्ने प्रभावकारी माध्यमको रुपमा कर्पाेरेशन आएको थियो । कर्पाेरेशनले नै आयोडिन मिसाइएको नुन बिक्री गर्ने जिम्मा पायो । आयोडिनयुक्त नुनकै कारण अहिले नेपालीमा आयोडिन कमीको समस्या छैन भनिन्छ । कर्पाेरेशनले स्थापनाकालमा राजधानीलगायत देशका प्रमुख नाकाहरु वीरगञ्ज र भैरहवाबाट करोबार सुरु गरेको थियो । मौसम, परिवेश, समय रुचि जस्ता कुराहरुले उपभोक्ताको चाहना परिवर्तन गर्छ । उपभोक्ताको चाहनामा आएको परिवर्तनलाई सम्बोधन गर्न सक्ने गरी उत्पादक र बिक्रेताले आफ्नो उत्पादनको स्वरुप र ढाँचा पनि परिवर्तन गर्न सक्नुपर्छ । यसैकारण कर्पाेरेशन पनि आवश्यक र बजारको माग अनुसार आफ्नो शैली र ढाँचा परिवर्तन गर्दै आएको छ । कुशल व्यवस्थापनका कारण साल्ट ट्रेडिङ पछिल्लो समय नयाँ गति र उचाइमा पुगेकोे छ । संस्थाले लामो फड्को मारेको छ । साल्ट ट्रेडिङको वर्तमान संरचना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) को नमूना पनि बनेको छ । गुणस्तरीय नून र खाद्यपदार्थको बिक्री वितरणको परम्परागत ढाँचामा परिवर्तन गरी विविधीकरणको व्यापार थालेको छ । अहिले कृषि विकास केन्द्रमार्फत देशका झण्डै एक चौथाई किसानहरूलाई मल–खाद्य, वीउ–विजन, कृषि औजार पनि उपलब्ध गराउन थालेको छ । यसले आधुनिक कृषिको विकास र बाली विविधीकरणमा बल पुग्ने निश्चित छ । साल्ट ट्रेडिङले गुणस्तरयुक्त र सुपथ मूल्यमा आयोडिनयुक्त नून, चिनी, घ्यू, तेल, मैदा, पिठो, सुजी, चामल दालजस्ता खाद्य सामग्री बिक्री गरिरहेको छ । यस्तै, सरकारी अनुदानको मल, गैरअनुदानको मल, खाद्यान्न, गेडागुडी, खाना पकाउने ग्यास जस्ता दैनिक उपभोग्य वस्तुहरुको बिक्री वितरण पनि गर्दै आएको छ ।

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाअन्तर्गत काठमाडाैंका मनोज कुमार सिलवालले जिते एक लाख रुपैयाँ

काठमाडाैं  । देशकै उत्कृष्ट मध्येको एक अर्घाखाँची सिमेन्ट प्रा. लिले आफ्नो उपभोक्ताको लागि सार्वजनिक गरेको ‘धन वर्षा’ योजनाअन्तर्गत जडिबुटी, काठमाडाैंका मनोज कुमार सिलवालले एक लाख रुपैँया बराबरको नगद पुरष्कार जितेकाछन् । कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले विजेता सिलवाललाई बुधबार एक कार्यक्रमबीच उपहार रकमको चेक हस्तान्तरण गरेका छन् ।  सिलवालले घर निर्माणको लागि सातदोबाटो ललितपुरस्थित मेरु इन्टरप्राइजेजबाट गएको हप्ता अर्घाखाँची ओपिसी सिमेन्ट खरिद गरेका थिए । “इन्जिनीयर तथा अन्य साथीहरुको सल्लाहमा अर्घाखाँची सिमेन्ट नै सबैभन्दा गुणस्तरीय हो भन्नेमा ढुक्क भइ आफ्नो घरमा सोही सिमेन्ट प्रयोग गर्ने निधो गरेको थिए,” चेक पाएर हर्षित ४९ बर्षिय सिलवालले भने, “यस नगद पुरष्कार पाएपश्चात मेरो यस ब्राण्डप्रतिको विश्वास र सद्भावमा अझै बृद्धि भएको छ ।” यसरी एक लाख बराबरको नगर पुरष्कार पाउने सिलवाल दोश्रो उपभोक्ता हुन् । पहिला तीन साताअघि बुटवलकी बिन्दु खनालले पनि सोहि रकम बराबरको नगद पुरष्कार जित्न सफल भएकी थिइन् । स्थापनाको पाँचाैं वर्षगाँठको उपलक्ष्यमा अर्घाखाँची सिमेन्ट प्रा. लिले मंसिर ८ गतेदेखि दुई महिनाका लागि धन वर्षा योजना संचालनमा ल्याएको थियो । यस योजनाअन्तर्गत हालसम्म सयाैं उपभोक्ताहरुले रु १००, रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार हासिल गरिसकेकाछन् । यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् ।