वाणिज्य संघका सदस्यलाई पुरानो मेडिकल कलेजको सम्पूर्ण सेवामा २० प्रतिशत छुट

काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघबीच आपसी सहकार्यमा छुट सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ। गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो। यस स्मरण पत्रमा अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र निमित्त निर्देशक डा. राजेश यादवले र उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान तथा स्वास्थ्य विभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका हुन् । यस वर्ष उक्त स्मरण पत्र परिमार्जन सहित हस्ताक्षर भएको उद्योग वाणिज्य संघका स्वास्थ्य समिति प्रमुख शिरीष पन्तले बताए् । नीजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब उद्योग वाणिज्य संघ चितवनका सम्पूर्ण बैध सदस्यहरुले अस्पताल तर्फका सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने छन । व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था उद्योग वाणिज्य संघ चितवनका बैध सदस्य ४ सय जति रहेका छन ।आज उद्योग वाणिज्य संघ चितवनमा एक कार्यक्रमका बीच उक्त स्मरण पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै अध्यक्ष सहनलाल प्रधानले गत वर्ष जस्तै यश वर्ष पनि धेरै सदस्यहरुले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे । देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यश अस्पतालमा पहिला देखिनै स्वास्थ बीमा, कडा रोग , डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । सम्पूर्ण उद्योग वाणिज्य संघका सदस्य तथा पदाधिकारीहरुलाई अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निमित्त निर्देशक डा. राजेश यादवले बताए । उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै बिलिङ काउन्टर तथा सम्पर्क व्यक्ति व्यवस्था गरिने र हरेक वर्ष उद्योग वाणिज्य संघ संगको सहकार्यमा पिछडिएको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।

सरकारी संस्थाका प्रमुखलाई राज्यमन्त्री दुगडकाे चेतावनी-‘कि संस्था नाफामा लानु कि राजीनामा दिनु’

काठमाडौं । उद्योगीबाट प्रतिनिधित्व गरेर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीकाे हैसियतमा सिंहदरबार छिरेकाे  माेतिलाल दुगडले मन्त्रालय समाल्ने वित्तिकै घाटामा गएका सरकारी संस्थानलाई नाफामा लाने र नीजि क्षेत्रको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रतिवद्धता अनुसार आफूले काम शुरू गरेकाे राज्यमन्त्री दुगडले बताए । राज्यमन्त्री दुगडले संस्थानका प्रमुखलाई बोलाएर कसरी नाफामा लान सकिन्छ र के छ कार्ययोजना भनेर सोध्न थालेका छन् । उनले  हेटौडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, दुग्ध विकास संस्थान, साल्ट्र ट्रेडिङ लगायतका संस्थानहरुका कार्यकारी प्रमुखहरूलाई बोलाएर संस्थानहरूकाे अवस्थाबारे जानकारी मागेका छन् । अब सबै संस्थानहरुसँग नाफा वा घाटाको विवरण हेर्ने र आवश्यक सुधारका प्रक्रियामा जाने उनले बताए । घाटामा रहेकाे संस्थानका प्रमुखहरूलाई कि संस्था नाफामा लानु, कि राजीनामा दिनु भन्ने सन्देश राज्यमन्त्री दुगडले  दिएकाे स्राेतले बतायाे । राजीनामा नदिनेलाई प्रक्रिया पूरा गरी हटाउने उनकाे साेच छ । घाटामा गएका संस्थानहरु सके नाफामा चलाउने नसके निजीकरण गर्ने निर्णय मन्त्रालयले लिने उनले बताए । नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकम लगायतका केही संस्थानहरु नाफामा छन् भने केही संस्थानहरू घाटामा चलिरहेका छन् । जम्मा ६५ संस्थानमध्ये अहिले ३६ वटा मात्र संचालनमा रहेका छन् । आन्तरिक समस्या, निजी क्षेत्रसँगको प्रतिस्पर्धामा कमी, नीतिको प्रभाव जस्ता कारणले धेरै संस्थानले प्रगति गर्न सकेका छैनन् । सरकारले संस्थानको निजीकरणको नीति लिएपछि ३० वटा सार्वजनिक सस्थान निजीकरण भए पनि त्यसबाट आशा गरेअनुसार प्रतिफल पाउन सकेका छैनन् । राज्यमन्त्री दुगडले आफू औद्योगिक क्षेत्रबाटै आएकाले व्यवसायीहरुको पिडा राम्रोसँग बुझेको र देशको आवश्यकतालाई समेत नजिकबाट नियालेकाले औद्योगिक क्षेत्रको समस्या र त्यसको समाधान कसरी गर्नुपर्छ भन्ने राम्ररी थाहा भएको भन्दै नेपालमा औद्योगिक क्रान्तिको जग आफूले खन्ने समेत बताए । उनले आफ्नो कार्यकालमा औद्योगिक क्षेत्रले उचाइ लिने बताए । उद्योग क्षेत्रले जुनसुकै हालतमा पनि परिर्वतन गर्ने छ । मन्त्रालयको ठूला, मझौला तथा साना सबै खाले उद्योगको स्वामित्व लिनेछ । मन्त्रालयले उद्योेग खोल्न स्वीकृति दिएको मन्त्रालयले ती उद्योग तथा व्यवसायको संरक्षणको जिम्मा पनि लिनेछ राज्य मन्त्री बताउछन् ।

जर्मनीमा आयोजित गलैंचा मेलामा नेपालको सहभागिता

काठमाडाैं । जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने मेला नेपाली गलैंचा उद्योगका निमित्त अति महत्वपूर्ण रहेकाले नेपाली व्यवसायीहरुले १६ वर्ष अघिदेखि सहभागिता जनाउँदै आएको अध्यक्ष गुरुङले जानकारी दिए । नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजार प्रबर्धन न र विस्तार गरी विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरु सिर्जना गर्ने अवसरको रुपमा मेलालाई हेरिएको उनको भनाइ छ । गत वर्ष गलैंचाबाट आठ अर्ब ५० करोड रुपैँया बराबरको विदेशी मुद्रा आर्जन गरी निर्यातजन्य वस्तुको सूचीमा प्रथम स्थानमा रहन सफल भएपनि केही वर्षयता यसको निर्यात क्रमशः घट्दै गएको छ । नेपाली हस्त निर्मित गलैंचाको माग विश्वका धेरै मुलुकबाट भएपनि उपयुक्त वातावरण बन्न नसक्दा क्रमशः व्यवसायीहरु पलायन हुन थालेकाले उनीहरुलाई व्यवसायतर्फ आकर्षित गर्न अन्तराष्ट्रिय स्तरमा आयोजना हुने यस्ता मेलाहरु सहयोगी हुने गुरुङले बताए ।