अर्बपति बिनोद चौधरीले गरे नवलपुरबाट मतदान
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अर्बपति बिनोद चौधरीले नवलपुरबाट मतदान गरेका छन्। चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन्। चौधरीले आफ्नो फेसबुकमा मतदान गरेको फोटो राख्दै भनेका छन्, ‘लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष जनताले निर्वाचनमार्फत् आफ्नो नेतृत्व आफैं छान्न पाउनु हो।’
४ सय ३८ उद्योगमा ३ खर्ब २६ अर्ब लगानी थपियो, ३० हजारलाई रोजगारी
काठमाडौं । चालु आर्थिक वर्षको १० महिना उद्योग क्षेत्रमा लगानी र रोजगारी सिर्जनाको आधारमा उत्साहजनक देखिएको छ । साउनदेखि बैशाख १५ गतेसम्मको अवधिमा ४ सय ३८ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा स्वदेशी लगानीका २ सय ४७ र विदेशी लगानीका १ सय ६३ उद्योग थपिएका हुन् । यी उद्योगमा तीन खर्ब २६ अर्ब ७६ करोड २१ लाख ६८ हजार रुपैयाँभन्दा बढीको लगानी स्वीकृत भएको छ । लगानी स्वीकृत भएका स्वदेशी तथा विदेशी लगानीका उद्योगमा ३० हजार २७ जनाको लागि रोजगारी सिर्जना भएका छन् । सिर्जना भएको नयाँ रोजगारीमा स्वदेशी लगानीका ठूला, साना र मझौला उद्योगमा २३ हजार २७८ जना र विदेशी लगानीका उद्योगमा ९ हजार ७४८ जनालाई रोजगारी सिर्जना भएको उद्योग विभागले जानकारी दिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्र साना, ठूला र मझौला गरी ४१ वटा स्वदेशी लगानीका उद्योगहरु दर्ता भएका थिए । उक्त संङख्यामा उद्योग दर्ता भएसँगै ३ हजार ६ सय ३२ जनालाई रोजगारी दिइने उल्लेख गरिएको छ । त्यसैगरी भदौ महिनामा २१ वटा उद्योग दर्ता हुँदा १ हजार ८९५ जनाले रोजगारी दिईने उल्लेख गरिएको थियो । असोज महिनामा साना ठुला र मझौला गरी २७ वटा उद्योगहरु दर्ता भएका थिए । उक्त सङख्यामा उद्योग दर्ता भएकासँगै २ हजार ६६७ जनाले रोजगारी र कात्तिक महिनामा २८ वटा उद्योग दर्ता हुँदा २ हजार १३४ जनाले रोजगारी पाउने उल्लेख थियो । यस्तैगरी, विभागको तथ्याङक अनुसार मंसिर महिनामा साना ठुला र मझौला गरी २० वटा दर्ता भएका छन् । जसबाट २ हजार ५३ जनालाई रोजगारी दिईने उल्लेख थियो । पुस महिनामा २१ उद्योगमा २ हजार १७, माघ महिनामा २४ उद्योगमा ३ हजार १७६, फागुन महिनामा २२ उद्योगमा १ हजार ६ सय २७, चैत महिनामा ३१ उद्योगमा २ हजार ५ सय ६८ र बैशाख १५ गतेसम्म १५ उद्योगमा १ हजार ६ सय ५६ जनाले रोजगारी पाउने उल्लेख छ । २७४ उद्योगमा तीन खर्ब लगानी विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा करिब ती खर्ब बराबरको स्वदेशी लगानीका उद्योग दर्ता भएको छ । उक्त अवधिमा २७४ स्वदेशी उद्योगमा २ खर्ब ८८ अर्ब २० करोड ९१ लाख ५८ हजार रुपैयाँ लगानी स्वीकृत भएको हो । यस्तैगरी दश महिनाको अवधिमा विदेशी लगानीका १६३ वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । उक्त उद्योगका लागि विभागले ३८ अर्ब ५५ लाख ३० करोड रुपैयाँ बढी लगानी स्वीकृत गरेको छ ।
अखाद्य वस्तु बेच्ने ६४ उद्योगलाई कारबाही, १० वर्षसम्म कैद र जरिवाना
काठमाडाैं । विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कानुनी कारबाही गरिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगलाई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिसकेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आवधिमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्य वस्तु उत्पादन गरेको अभियोगमा उनीहरुलाई कालोबजारी ऐनअनुसार कानुनी कारबाही हुने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । लेवल नराखी बिक्री वितरणमा ल्याइएका १९ र अखाद्य वस्तु उत्पादन गरेका ४५ उद्योगलाई कालोबजारी ऐन २०३२ ले हदैसम्मको कारबाही अन्तर्गत १० वर्षसम्म कैद र जरिवाना तोकेको छ । महर्जनका अनुसार विभिन्न शीर्षकमा भइरहेको र अखाद्य वस्तु उत्पादन गर्ने, दालमोठ, मिट मसला, सब्जी मसला, मिक्स मसला, मसलाजन्य वस्तु जिराको धुलो, मुसुराको दाल, घ्यू, दूध तथा दुग्धजन्य पदार्थ, आयातित तोरीको तेल, प्रशोधित पिउने पानी, स्टिम नुडल्स्, जिराको धुलो, चियालगायतको धुलो उद्योगलाई कारबाही गरिने भएको हो । रासस