सबैभन्दा कम उमेरका सचिनलाई सर्वाधिक मत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा एशोसिएट सदस्यतर्फ सचिन ढकाल सर्वाधिक मतसहित विजयी भएका छन् ।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार उनले १ हजार ३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन्। महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा १७ पदका लागि ३३ जना उम्मेदवार मैदानमा उत्रिएका थिए।

तीमध्ये ढकालले सबैभन्दा बढी मत प्राप्त गर्न सफल भएका हुन्।

निर्वाचन समितिका अनुसार उनी उक्त प्रतिस्पर्धामा सबैभन्दा कम उमेरका उम्मेदवारसमेत हुन् । आईएमई ग्रुपबाट प्रतिनिधित्व गर्ने ढकाल महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् ।

null

 

Share News