विदेश घुमेरै सक्छन नेपालीले ५६ अर्ब, युरोप अमेरिकासम्मनै नेपालीको घुम्ने पहुँच

काठमाडौं १७, माघ । नेपालमा विदेशी पर्यटक आउने मात्रै नभएर नेपाली पनि पर्यटक बनेर विदेश घुम्न जाने क्रम बढिरहेको छ । नेपाली विदेशी घुम्न जानेलाई आउटबाउण्ड टुर भन्ने गरिएको छ । नेपालबाट पर्यटक बनेर मलेसिया, थाइल्यान्ड, यूएई, सिंगापुर, भुटानसहित युरोप र अमेरिकासम्मनै नेपाली पुग्ने गरेका छन् । वार्षिक करिब ५० हजारको हाराहारीमा घुम्ने यी नेपालीले गर्ने खर्च आव २०७२/७३ मा ५६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । यो रकम नेपालीले विदेश घुम्न खर्च जाँदा नेपाल राष्ट्र बैंकबाट लिएको डलरसटहिको सुविधा मात्रै हो । यस्तो सुविधाबाट गत वर्ष ०७१/७२ मा ५३ अर्ब १९ करोड रुपैयाँ खर्च भएको उल्लेख छ । नेपालीको यो घुमेर खर्च हुने रकम टिकेर र भिसा बाहेक नै हो । यस्तो रकम आर्थिक वर्ष २०७०/७१ मा ४२ अर्ब रहेको थियो । चालु आवको पहिलो चार महिनामा भने नेपालीले गरेको यस्तो खर्च २४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । नेपालले पर्यटकले गर्ने खर्चको आधारमा गत वर्षको कुल खर्च ५७ अर्ब रुपैयाँ रहेको उल्लेख छ । नेपालमा आउने विदेशीले राष्ट्र बैंकमार्फत गर्ने खर्च सरह नै नेपालीले पनि रकम खर्चने गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् सन् २०१२ मा ३९ हजार, २०१३ मा ३२ हजार, सन् २०१४ मा ३७ हजार पर्यटक बनेर नेपालबाट बाहिर गएको तथ्यांक छ । मन्त्रालयका अनुसार सन् २०१५ र २०१६ को एकीन तथ्यांक आइनपुगेको भएपनि सन् २०१६ भने करिब ५० हजार नेपालीले घुमघामका नामले विदेशीएको उल्लेख छ । नेपालबाहिर जानेलाई लक्षित गरेर ट्राभल एजेन्सीले प्याकेज बेच्नु तथा विदेशी वायुसेवाले सस्तोमा हवाई टिकट उपलव्ध हुनुले आउटबाउण्ड टुरमा नेपालीको पहुँच बढिरहेको एरोलिना ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्काको भनाइ छ । उनका अनुसार नेपालीको खर्च गर्ने क्षमता बढ्दै जानुका साथै आउटवाउण्ड टुरको प्याकेज बेच्ने एजेन्सीको कारोबारसमेत उल्लेख्य रुपमा नै बढिरहेको छ । प्याकेजमा घुम्ने बढे नेपालमा आउने विदेशी वायुसेवा, नेपालबाट हुने विभिन्न देशको अन्तर्राष्ट्रिय उडान तथा भिसा प्रक्रियामा सहजता हुनुले नेपालीको बाहिर घुम्ने संस्कृति बढाएको ट्राभल एजेन्सीको भनाइ छ । ट्राभल एजेन्सीले आगामी दशैंको लागि विदेश घुम्न आकर्षक प्याकेज नै घोषणा गर्न थालेको छन् । हवाई टिकसहित खाने बस्ने प्याकेज तयार पारेपनि नेपालीको आकर्षण बढ्दै गाएको एस ट्राभलको भनाइ छ । जसका कारण पछिल्लो समय प्याकेज लिएर घुम्नेको संख्या बढिरहेको छ । एजेन्सीले पनि प्याकेज पर्यटनलाई प्रवद्र्धन गरिरहेको छ । नेपालीको आयस्रोत बढ्दै गएको र ट्राभल एजेन्सीले आकर्षक प्याकेजका कारण आउटबाउण्डमा नेपालीको आकर्षण बढ्ने गरेको छ । नेपालीले विदेशीलाई नेपाल आउन उत्प्रेरित गर्ने र नेपालको प्रवद्र्धन गर्न आउटबाउण्डले सहयोग पु¥याउने पर्यटन व्यवसायीको भनाइ छ । नेपालमा आउटबाउण्ड गराउने ट्राभल एजेन्सीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । हाल डेढ दर्जन भन्दा बढी कम्पनीले यो सेवा दिने गरेका छन् । ट्राभल व्यसायीले सहज उपलव्ध गराउने प्याकेजका कारण नेपालबाट दुबई, इजिप्ट, मलेसिया, मौरिसस, थाइल्याण्ड, चीन, टर्की, सिङगापुर, मलेसिया, थाइल्याण्ड, अमेरिकालगायतका मुलुकको भ्रमण सहज भएको व्यवसायीको भनाइ छ । टिकेटमा मात्रै १ खर्ब भन्दा बढी खर्च नेपालमा उडान गरिरहेका विभिन्न विदेशी वायुसेवाले टिकेटमा मात्रै १ खर्ब रुपैयाँको कारोबार गरिरहेको अनुमान छ । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार हाल वायुसेवा निगमले बार्षिक ५ अर्बको कारोबार गरिरहेको भएपनि नेपालमा उडान गर्ने विभिन्न २८ वटा वायुसेवाको टिकेटमा मात्रै करिब एक खर्ब रुपैयाँको कारोबार गरिहेका छन् । तर, त्यो पैसा सबै विदेशीएको छ । निगमका महाप्रवन्धक कंसाकारले पटकपटक नेपाली पैसा विदेशिन निदन र नेपालमै व्यवसायीक संभावना भएकोले हवाईजहाज थप गरेर उडान गर्नुपर्ने तर्क दिने गरेका छन् ।

वाइडवडि किन्न साढे ५ करोड बैना, एक वर्ष भित्र निगमलाई अमेरिका युरोप उड्ने जहाज

काठमाडौं १६, माघ । नेपाल वायुसेवा निगमले एयरबसको ठूलो जहाज (वाइडबडी) खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई ५ करोड ४४ लाख रुपैयाँ (५ लाख डलर) बैना दिने शुक्रबार सम्झौता गरेको छ। दुइटा वाइड बडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा सहभागी भएका ११ वटा कम्पनीमध्येबाट माघ १ गते एएआर कर्पोरेसन छानिएको थियो । ‘निगमका तर्फबाट बैनाका लागि भएको सम्झौतापत्रमा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार र एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरेका छन्,’ स्रोतले भन्यो । उक्त सम्झौतापत्रमा साक्षीका रुपमा निगमका निमित्त महाप्रवन्धक आरबी शाह र एएआरका तर्फबाट निक प्राइसले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एएआरले ०७४ पुस र चैतमा गरी दुइटा वाइडबडी काठमाडौं पुर्‍याउने छ । कान्तिपुर दैनिकबाट ।

निगमको दोस्रो मोर्डन आर्क आज दिउँसो ४ बजे आउँदै, चीनसँग खरिद गरिएको पहिलो जहाज नेपाल भित्रदैँ

निगको आज आउँदै गरेको एमए ६० नामको जहाज । निगमसँग हाल एउटा यो जहाज उडानमा छ । फाइल फोटो काठमाडौं १३, माघ । नेपाल वायुसेवा निगमका लागि दुई दिन भित्रमा दुइवटै जहाज थप हुने भएको छ । निगको आन्तरिक उडानमा प्रयोग दुईवटा चिनियाँ जहाज आज एउटा र पर्सि शनिबार एउटा आउने भएको छ । निगले दिएको जानकारी अनुसार आज अपरान्ह ४ बजे निगको लागि दोस्रो मोर्डन आर्क (एमए ६०) आउने भएको छ । निगमले तयार पारेको सेड्युल अनुसार आज ४ बजे त्रिभुवन विमानस्थलमा एमए ६० ल्याण्ड गर्ने छ । निगमको अपरेशन विभागले दिएको जानकारी अनुसार नियमति सेड्युलमा नै रहेकोले आजै जहाज आइपुग्ने भएको छ । निगमले जहाजको स्वागतको तयारी पनि गरिरहेको छ । निगमका अनुसार कुनै प्राविधिक समस्या नभए आजै जहाज अवतरण गर्छ । निगमले चीन सरकारको सहुलियत ऋण सहयोगमा खरिद गरेको पहिलो जहाज आज आउँदै छ । यस अघि चिनियाँ अनुदानको एक एमए ६० र एक वाई १२ जहाज निगमले उडानमा प्रयोग गरिरहेको छ । एमए ६० नामक जहाज ५६ सिट क्षमतको हो भने वाई १२ ई १८ सिट क्षमतको जहाज हो । निगमले एउटा एम ६० र ४ वटा वाई १२ जहाज चीनबाट खरिद गरिसकेको छ । जहाज तयारी अवस्थामा रहेको भएपनि निगमले यस अघि प्राविधक कमजोरी भएको र जहाज उडाएर नाफा गर्न नसक्दा यसलाई भित्र्याउँने काम पन्छाउँदै आएको थियो । पछिलो पटक भने जहाज ल्याउनैपर्ने गरी सरकरले निर्देशन दिएपछि नेपाल र चीनको दुई पक्षिय सम्झौता अनुसार जहाज आएको पनि निगमको भनाइ छ । निगमले दिएको जानकारी अनुसार आज आउने ५६ सिट क्षमताको जहाजलाई एमए ६० का प्रशिक्षक पाइलट तथा वरिष्ठ क्याप्टेन गोपालसिंह विष्ट र कोपाइट पीएस जेबी राणाले उडाएर ल्याउने भएका छन् । चीनको सियानबाट कुनन्मिङसम्म चिनियाँ पाइलट नै ल्याइदिएको यो जहाज कुन्मिङबाट बंगलादेश हुँदै नेपाली क्याप्टेनले उडाएर ल्याउँदैछन् । निगमले यो जहाज भित्र्याएपनि दुइ दर्जन आन्तरिक गन्तव्यमाा जहाज उडाउने योजना बनाइरहेको छ । नेपालले चीनसँग गरेको सहमतिअनुसार अझै तीनवटा वाई १२ आउँछ । एउटा शनिबार आउँछ भने बाँकी निगमले बनाएको सेड्युल अनुसार आउने पनि उल्लेख छ ।