नेपाल घुम्ने बम्पर प्याकेजः ३० देखि ५० प्रतिशतसम्म छुट, यस्ता छन् प्रमुख पर्यटकीय स्थलका प्याकेज
काठमाडौं । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण लामो गरेको छ । कोरोना भाइरसकै कारण सम्पूर्ण क्षेत्र धरायसी अवस्थामा पुगे पनि सबैभन्दा बढी असर भने पर्यटन उद्योगलाई नै पुर्याएको छ । अहिले कोरोना भाइरसको संक्रमणदर नरोकिएपनि आर्थिक गतिविधिहरु भने चलायमान हुन थालेका छन् । सरकारले लकडाउन गर्न छोडेर कोरोना भाइरससँग लड्न स्वास्थ्य सुरक्षामा मापदण्डहरु पालनासँगै विभिन्न गतिविधि पनि अघि बढाएको छ । यससँगै धरायसी अवस्थामा पुगेको नेपाली पर्यटन क्षेत्रलाई सकारात्मक गतिमा ल्याउनका लागि नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टुर अपरेटर्स अर्थात पर्यटन व्यवसायीहरुले टुर प्याकेजहरु ल्याउन थालेका छन् । टुर अपरेटरस्हरुले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरेका छन् । त्यसको सहजकर्ता तथा समन्वायत्मक भूमिकाका रुपमा नेपाल पर्यटन बोर्डले काम गरिरहेको छ । सातै प्रदेशका टुर अपरेटरर्सहरुले विभिन्नि पर्यटकीय स्थलहरुका लागि टुर प्याकेज बनाएर बोर्डमा पठाइहरेका छन् । बोर्डले अहिले पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाएर काम भइरहेको पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले बताए । ‘पर्यटकीय स्थलका लागि कस्ता खालका प्याकेज बनाउने के कस्ता सेवा सुविधा दिने भनेर समितिले निर्णय गरेर बोर्डमा पठाउँछ, त्यही अनुसारको मार्केटिङ गर्ने काम बोर्डले गर्छ,’ लामिछानेले भने । उनका अनुसार सातै प्रदेशका व्यवसायीसँग मिलेर प्याकेज बनाइरहेका छन् । उनका अनुसार प्याकेज बनाएर ती प्याकेजको मार्केटिङ तथा बेच्ने काम बोर्डले गर्नेछ । उनले आन्तरिक पर्यटन प्रवद्र्धनकाले लागि वर्षको ४/५ दिन बिदा दिने कार्यक्रम रहेको छ । सबै ठाउँहरुमा पहिलेको घन्दा ३०देखि ५० प्रतिशतसम्म छुट रहेको उनले बताए । कस्ता छन् प्याकेज ? भोजपुरको मैयुङ ट्रेल भ्रमण प्रदेश नम्बर एकको मुग्लिङ ट्रेल घुम्नको लागि ३४ हजार ८ सय रुपैयाँको आकर्षकको टुर प्याकेज रहेको छ । यो प्याकेज १२ दिनको रहेको छ । यो प्याकेजमा काठमाडौं, टेंकेडाँडाँ, हाँसापोखरी, तिलिचो, मयुर डाँडाँ, भोजपूर लगायतका ठाउँहरु घुम्न सकिने छ । मैयुङ ट्रेल मन्त्रालयको एक सय वटा उत्कृष्ट गन्तब्य भित्र पनि पर्दछ । यस्तै ६ दिनको लागि पनि अर्को प्याकेज पनि रहेको छ । यसका लागि १९ हजार ९ सय रुपैयँ तिर्नु पर्नेछ । यी प्याकेजहरुमा गाइडहरु, खाने बस्ने सबै व्यवस्था रहेको छ । इलाम ईलामका लागि पनि प्रदेश एकका व्यवसायीले आकर्षकको टुर प्याकेज बनाएका छन् । न्यूनतम चारजनाको लागि ३ रात ४ दिनको रहेको छ । यसमा इकोनमी १० हजार ९ सय, बजेटमा ११ हजार ५ सय ,डिलक्समा १३ हजार ५ सय तिर्नु पर्ने भएको छ । यस्तै चार जनाको समूहमा घुम्न जानेहरुका लागि पनि प्याकेजको व्यवस्था रहेको छ । त्यसका लागि १४ हजार ९ सय (इकोनमी), बजेटमा १५ हजार, र डिलक्समा १७ हजार ५ सय रुपैयाँ रहेको छ । यसका लागि जहाजको आफै तिर्नु पर्नेछ । पाथीभरा पाथिभराका लागि पनि आकर्षकका प्याकेजहरु रहेका छन् । हलेसी, पाथिभरा धरान बिराटनगर लगायतका ठाउँहरु घमेर पाथिभरा जान २० हजार ५ सय रुपैयाँ लाग्ने भएको छ । बिराटनगरमा स्वागत गरेर गाडीले त्यहाँबाट हलेसी लगेर जानछे । हलेसी महादेवमा पूजा गराएर धरान जाने र धरानबाट बराह क्षेत्र घुमाउने प्यमकेज रहेको छ । त्यहाँबाट ताप्लेजुङ र सँगै इलाम र पनि घुम्न पाइने प्याकेज छ । यात्रा भने जीपमा गर्नुपर्नेछ । यस्तै, पाथीभराका लागि ५ रात ४ दिनको दलागि अर्को प्याकेज पनि छ जसका लागि १५ हजार रुपैयाँ तिर्नु पर्नेछ । रारा पर्यटकहरुका लागि आकर्षक गन्तब्यका रुपमा चिनिने रारा पनि प्रख्यात ठाउँ हो । ६ रात ७ दिनको ७ जनाको लागि २३ हजार ५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । डिलक्स जीपबाट २४ हजार ५ सय रुपैयाँ र बसमा २५ जनाको १६ हजार ५ सय रुपैयाँको प्याकेज रहेको छ । टुर प्याकेजमा जहाजसहित आउने जाने अर्को १६ हजार ५ सय रुपैयाँको प्याकेज छ । जुन २ रात ३ दिनको हुनेछ । टीकापूर, चिसापानी सुदूरपश्चिमका पर्यटन व्यवसायीहरुले पनि त्यहाँका विभिन्न पर्यटकीय स्थलहरुदलाई समेटेर प्याकेजहरु तयार पारेका छन् । धेरै टुर प्याकेजहरु एक दिनका लागि छन् । धनगढी, टिकापूर, चिसापानी, घोडाघोडी ताल ४ देखि ८ जनाको समूहलाई ५ हजार ५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । जुन एक दिनको लागि मात्र हो । त्यसमा र्याफ्टिङ, डफ्फिन देखाउने, बनाना कटेजको विभिन्न परिकार लिन पाइने लगाएतका सुविधा छन् । ४ जनाको समूह भएमा प्रतिदिन ५ हजार ५ सयको टुर पयाकेज बनाएर घुम्न सकिने छ । १० जनाभन्दा बढी भएमा ४ हजार लाग्नेछ । खप्तड यस्तै सुदूरपश्चिमको घुम्न लायक ठाउँ खप्तड पनि हो । खप्तडमा घुम्न जानले प्रत्येक दिन ५ हजार पाँच सय रुपैयाँ तिर्नु पर्नेछ । त्यसमा खाने बस्ने सहित अन्य सुविधाहरु पनि छन् । यसमा १० जनाभन्दा माथि भएमा ४ हजार शुल्क लाग्ने छ । बर्दिया बर्दिया राष्ट्रिय निकुञ्ज पनि पर्यटकहरुका लागि आकर्षकको पर्यटकीय स्थल हो । त्यहाँ घुम्नको लागि २ रात ३ दिनको प्याकेज छ । एक दिनको ५ हजार ९ सय रुपैयाँ शुल्क तोकिएको छ । घुम्न चाहनेले नेपालगज्त्र आफै आउने र त्यहाँबाट गाडीले लिफ्ट गर्नेछ । त्यो रकमा। बस्ने खाने सुविधा सहित सफारी पनि गर्न पाइने छ । भैरहवा भैरहवामा पनि ५ हजार ५ सय रुपैयाँमा घुम्न सकिनेछ । यो प्रतिदिनको शुल्क हो । पोखरा पोखरा पनि सबैको मन पर्ने नै ठाउँ हो । पोखराका लागि पनि विभिन्न प्याकेजहरु बनाइएको छ । २ रात ३ दिनको प्याकेज अन्तर्गत चार तारे होटलमा बस्नेले १२ तिर्नु पर्नेछ । त्यो रकमा पोखरा आसपासका पर्यटकीय स्थलहरु घुम्न सकिनेछ । यात्रा जीपमा हुनेछ । १४ जना छन् भने १० हजारमा शुल्क लाग्नेछ । मुस्ताङ अधिकांश पर्यटकहरुले जान चाहने ठाउँ हो मुस्ताङ । मुस्ताङका लागि पनि विभिन्न प्याकेजहरु बनेका छन् ।्र ४ रात ५ दिनमा मुस्ताङको लागि दुई जनाको ३२ हजार रुपैयाँ शुल्क लाग्नेछ । यात्रा बसमा यात्रा गर्नु पर्नेछ । बजेट होटलमा भने २५ हजार ३ सय रुपैयाँ रहेको छ । त्यसमा दुई रात पोखरा एक रात जोमसोममा बस्न पाइनेछ । एक रात मुक्तिनाथमा पनि बस्न पाइने छ । यस्तै ५ राति ६ दिनको लागि ६२ हजार रुपैयाँ प्याकेज छ। यस्तै अपर मुस्ताङ जानको लागि ६२ हजार रुपैयाँ लाग्ने भएको छ । सगरमाथा सगरमाथा क्षेत्र घुम्न जान चाहनेहरुका लागि पनि अहिले विभिन्न प्याकेजहरु बनाइएको छ । चार रात ५ दिनको एभरेष्ट फेमेली ट्रेकको लागि १३ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ । यो खर्चमा जान पाइने भनेको नाम्चेको खुम्जुङ भ्यालीसम्म हो । यस्तै, १० रात ११ दिनको गोक्यो ट्रेकको शुल्क भने १७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । १२ रात १३ दिनको एभरेष्ट बेसक्याम्प ट्रेकको शुल्क भने १९ हजार ९ सय ९९ रुपैयाँ छ । यो शुल्कमा काठमाडौंदेखि लुक्लासम्म आउने जाने हवाई भाडा, होटल खर्च र ब्रेकफाष्ट समावेश हुन्छ । लन्च र डिनरको लागि भने आफैले पैसा तिर्नुपर्छ ।
मर्दी र माछापुछ्रे पदयात्रामा पिसीआर रिपोर्ट अनिवार्य
कास्की । दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल पदयात्रा र माछापुछ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेका हुन् । मङ्गलबार माछापुछ्रे गाउँपालिका वडा नं ७, ८ र ९ का वडाध्यक्षहरु, पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुछ्रे मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकार भएकाहरुको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्र्ने निर्णय गरिएको माछापुछ्रे मोडल ट्रेक व्यवस्थापन समितिका सचिव कुलप्रसाद अधिकारीले बताए । उनले भने, “अन्यत्रका पदयात्रा बन्द भएपछि दशैँपछि मर्दी र माछापुछ्रेमा पदयात्री उल्लेख्य बढेका छन्, सङ्क्रमण बढी भएका जिल्लाबाट समेत मानिसहरु आएपछि जोखिम कम गर्न पिसीआर रिपोर्ट अनिवार्य गरेका हौँ ।” विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुछ्रेमा आन्तरिक पर्यटकको भीड बढेको हो । माछापुछ्रे गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले भीडभाड बढेपछि अत्यधिक जनदवाब आएकाले स्थानीयवासी, पदयात्री तथा व्यवसायीलाई सुरक्षित राख्ने प्रयास गरिएको बताए । मर्दी पदयात्रामा धम्पुस, घलेल, सिदिङ, कालिमाटीलगायतका बस्तीहरु पर्ने र स्थानीयवासीले असुरक्षित महसुस गरेपछि पिसीआर अनिवार्य गरिएको उनको भनाइ छ । वडाध्यक्ष दवाडीले भने, “सीमा जोडिएका जिल्लादेखि अत्यधिक सङ्क्रमण भएका स्थानबाट समेत मानिस पदयात्रामा आएका छन्, जसले गर्दा कोही पनि सुरक्षित भएको महसुस भएन । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई सबैले पालना गर्न भनेका हौँ ।” विभिन्न स्थानमा रहेका पर्यटन व्यवसायी समितिसँगै भिँडाबारी र धम्पुस प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत पदयात्रीको निगरानीमा परिचालन गर्ने योजना बनाइएको छ । मर्दी हिमाल पदयात्रा पछिल्ला वर्षहरुमा पर्यटकको गन्तव्य बनेको छ । मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ । पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङ तथा माछापुछ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ । माछापुछ्रे नमूना पैदलमार्ग माछापुछ्रे गाउँपालिका–९ को सिदिङबाट शुरु हुन्छ । सिदिङसहित रिभान, लाहाचोक, घाचोक तथा साविक माछापुछ्रे गाविसबाट समेत यस पदयात्रा गर्न सकिन्छ । रासस
सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन निगमले लागू गर्यो नयाँ सफ्टवेयर
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्टवेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन-एफपी) लागू गरेको हो । एन-एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटाम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एण्ड फ्यूल अप्टिमाइजेसनलगायतका बहुउपयोगी विशेषताहरु रहेको निगमले जनाएको छ । समयानुकूल निगमको सेवालाई आधुनिकीकरण गर्न सो सफ्टवेयरले हवाई उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउने निगमको विश्वास छ । अहिलेको प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकूल सुधार गर्न र व्यावसायिक सफलताका लागि नयाँ प्रविधि भित्र्याइएको कम्पनीले उल्लेख गरेको छ । गत असोजको तेस्रो साता निगमको महाप्रवन्धकको जिम्मेवारीमा आएका डिमप्रसाद पौडेलले निगमको विद्यमान अवस्था सुधारका साथै निगमलाई आधुनिक प्रविधिमैत्री बनाई प्रतिस्पर्धी सेवाको रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न प्रक्रिया शुरु गरेका छन् । पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहँदा आन्तरिक उडानका छ वटा चिनियाँ जहाजले घाटा बेहोर्दै आएकाले गत साउन १५ देखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो । पछिल्लोपटक गत कात्तिक ६ गते महाप्रवन्धक पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गरेका थिए । सो निर्देशनमा निगमभित्र अनुशासनका आधारभूत नियम कडाइका साथ पालना गर्न निर्देशित गरिएको छ । सुशासन प्रवद्र्धन, पारदर्शिता, कर्मचारीको कार्यालय समय व्यवस्थापन, हाजिरी आदि विषयलाई सुधारको प्रक्रियामा लगिने उल्लेख छ । हरेक महिनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखले मासिक प्रगति विवरण अनिवार्य रुपमा पठाउनुपर्ने, निगमको प्रवक्ता र सहप्रवक्ताको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी गराउनुपर्ने उल्लेख छ । निगमसँग हाल आन्तरिक उडानमा दुई थान मात्रै जहाज छन् । राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तव्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस