क्रिकेटको उमङ्गसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउन एनसेलले सधैँ अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याक संचालनमा ल्याएको छ । यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्ने छन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् । सधै अन प्याक अन्तर्गत ग्राहकहरूले ३९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउनेछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइन मार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन् । त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । ग्राहकहरूले ५० रुपैयाँमा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्ने छन् । १२५ रुपैयाँमा ३ दिन, १९९ रुपैयाँमा ७ दिन र ९९९ रुपैयाँमा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सकिन्छ । भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि १४९ रुपैयाँ र २८ दिनको लागि ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । माथि उल्लेखित सधंै अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरु एनपीएल खेलहरु मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् । यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), १०० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँनेछन् । त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो । नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ । यस साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुरÞ्याउने विश्वास लिईएको छ ।

नेपाल टेलिकमको एनटी क्रिकेट धमाका प्याक सार्वजनिक, ६९९ रुपैयाँमा ३०० जीबी डेटा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ । नेपाल टेलिकमले बिहीबार प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको मीट एन्ड ग्रीट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रूपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरे । यस योजनाअन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६९९ रुपैयाँमा ३०० जीबी डेटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डेटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ । यसैगरी ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डेटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टलसमेत समावेश गरिएका धमाका प्याकहरूको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ । २०८१ मङ्सिर १४देखि आगामी पौष ६ गते सम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरू मोबाइलबाट *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले एनपीएलका खेलहरू सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकून् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताइन् । यसका साथै कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि स्मार्टसेल लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान एफटीटीएच नि:शुल्क जडान कार्यसमेत सम्पन्न गरिसकिएको छ ।

एनसेलले एनपीएलका हानिने चौकावापत सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौकावापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । यस पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउनेछ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्ने विश्वास एनसेल फाउन्डेसले गरेको छ । यी शैक्षिक सामग्रीहरूको वितरण क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिनेछ । क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारीअन्तर्गत एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ । यसले नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्न सहयोग पुर्‍याउनेछ । यो साझेदारी एनसेलको ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरूप रहेको छ । क्रिकेट दक्षिण एसियाली उपमहाद्वीपका सबैभन्दा लोकप्रिय खेलकुदहरूमध्ये एक हो । एनसेल फाउन्डेसन महत्त्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धतामा दृढ छ ।