उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । शतप्रतिशत दिन्छौँ दीपेन्द्रसिंह ऐरी, कप्तान सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शतप्रतिशत योगदान दिने बताए । कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गरे । ‘त्यस्तो कुनै विशेष योजना छैन् । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शतप्रतिशत दिन्छौँ,’ उनले भने । कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राखे । ‘सबै राम्रो भइरहेको छ । पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन् । पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन । प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ,’ उनले भने, ‘हामीले योजना बनाएर खेलिरहेका छौँ । फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ । फाइनल शतप्रतिशत दिनेछौँ ।’ राम्रो प्रदर्शन गर्छौंः आशिफ शेख, कप्तान, जनकपुर बोल्ट्स जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताए । ‘आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ उनले भने । कप्तान शेखले भने, ‘भोलि एउटा क्वालिटी क्रिकेट खेल्छौँ । हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ । रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ । मैदानमाबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ ।’

एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ । यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ । यससँगै ग्राहकहरुले एनपीएलका टिमहरुको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् । बिहीबारसम्म, ५०,००० भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरुको थिम गीतलाई आफ्नो पीआरबीटीका रुपमा राखिसकेका छन् । धेरै ग्राहकहरु आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् । ग्राहकहरूले *123*6# डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्ने कम्पनीले जनाएको छ । एनसेलको पीआरबीटी एक विषेश सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरु बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् । कम्पनीकाअनुसार ‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । त्यसैगरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधी अनुसारमा टोन राख्न सकिन्छ । जस्तै कुनै ग्राहकले आफूले गाडी चलाईरहेको छ भने उसले फोन गर्नेहरुलाई आफुले गाडी चलाईरहेको जानकारी दिने टोन राख्न सक्छन् । यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफुलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रुपमा पनि राख्न सक्छन् । प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र ३१ रूपैयाँ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ । यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अरु गीतहरु पनि हरेक संगीतप्रेमीको ईच्छा अनुसार छान्न सकिन्छ । एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको कम्पनीले जनाएको छ ।

एनपिएलको विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्तिमार्फत जारी प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने पुरस्कारबारे जानकारी गराएको हो । क्यानकाअनुसार उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौँथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन् । प्रतियोगिताको उपाधि भिडन्त पुस ६ गते (शनिबार) हुनेछ ।