कोरोनाको कारण रोकियो आउटबाउण्ड टुर प्याकेज, स्वदेशी पर्यटकीय स्थल प्राथमिकतामा
काठमाडौं । नेपाली ट्राभल एण्ड टुर एजेन्सीहरुले यो वर्ष आउबाउण्ड टुर प्याकेज नल्याएको बताएका छन् । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला ट्राभल एण्ड टुर एजेन्सीहरुले पनि दशैंमा विदेश घुम्नका लागि टुर प्याकेज नल्याएको बताएका हुन् । नेपालबाट पर्यटक बनेर विदेश घुम्न जाने (आउटबाउण्ड) टुरका नेपालीको संख्या बढ्दै जान थालेसँगै व्यवसायीले पनि आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका थिए । पर्यटन व्यवसायीले नेपालबाट दशैंको समयमा विदेश घुम्न चाहने नेपालीको लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने र बजारीकरणलाई पनि बढाउन थालेका थिए । दशैंमा नेपालीहरुले लामो छुट्टी पाउँने र यही मौका छोपेर विदेश घुमघाम गर्ने शैंली बढ्दै गएको भएपनि यस पटक भने कोरोना भाइरसको कारण विदेश जाने मानिसहरुक कमी भएकोले टुर एण्ड ट्राभल्स एजेन्सीहहरुले प्याकममेज नल्याएको बताएका हुन् । विगत ५/६ वर्षदेखि विदेश घुम्न जाने नेपाली संस्कृति हरके वर्ष बढिरहेको पर्यटन व्यवसायीको भनाई छ । तर, यो वर्ष भने मानिसहरुल्े विदेश घुम्न जान चाहिरहेका छैनन् । दशैंको समयमा नेपालीले लामो बिदा पाउने र चाडपर्वको समय भएकोले पनि विदेश घुमेर रमाउने संस्कृति बढिरहेको भएपनि यो वर्ष विदेश जानेहरु नभएको नेपाल टुर एण्ड ट्राभल्स एजेन्टसका अध्यक्ष अच्युत गुरागाईंले बताए । त्यसै कारण व्यवसायीले टुर प्याकेज नल्याएकोे उनको भनाई छ । हालसम्म नेपाल सरकारले विदेश घुम्न जाने पर्यटकको तथ्यांक राख्ने गरेको छैन । तर, दशैं तिहारको समयमा धरै नेपाली विदेश घुम्नको लागि जाने गरेका छन् । विशेषगरी बाहिर घुमिरहने उच्च र मध्यम वर्गका परिवारका सदस्यको दशैं मनाउन विदेशतिर जाने संस्कृति बढेको गुरागार्इँ बताउँछन् । ‘विगत केही वर्षयता नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएका कारण आउटबाउण्डको प्याकेज पनि सार्वजनिक हुन्थे तर, यो वर्ष कोरोना भाइरसको कारण कोही पनि विदेश जान पाएका छैनन्, त्यसैले पनि व्यवसायीले प्याकेज नल्याएका हुन्,’ उनले भने । आफन्त विदेशमा बस्नेसँगको भेटघाटको माहोल दशैंकै समयमा मिलाउने र परिवारका सदस्य छुट्टी मनाउन विदेशीले संस्कृति नेपालमा बढेको उनको भनाई छ । यो वर्ष दशैंको समयमा विदेश घुमघाममा गर्ने र रमाइलो गर्ने नेपाली नभएपछि एजेन्सीहरुले प्याकेजहहरु पनि ल्याउन छोडेका छन् । अघिल्ला वर्षहरुमा नेपालीहरुले आउटबाउण्ड टुरका लागि १ लाखदेखि २÷३ लाख रुपैयाँ शुल्क तिर्नु पर्थयो । नेपाली टुर एण्ड ट्राभल कम्पनीहरुले विभिन्न देशहरुका लागि प्याकेज ल्याउने गर्दछन् । कम्पनीहरुले विशेष गरेर थाइल्याण्ड, मलेसिया सिंगापुर, इन्डोनेसियालगायतका देशहरुका लागि प्याकेज ल्याउने गरेका छन् । यस्तै, जापान, कोरिया, बेलायत, स्कटल्याड, अमेरिका देशहरु नेपालीक लागि आर्कषक गन्तव्य हुन् । नेपालबाट विदेशमा घुम्न जानु भनेको नेपालीले वर्षैंदेखि कमाएर बचाएको रकममा रमाइलो गर्न गर्ने घुमघाम नै भएको व्यवसायीहरु बताउँछन् । विदेश जान नपाएपछि यसपाली भने स्वदेशी पर्यटकीय स्थल भ्रमण प्राथमिकतामा पर्ने व्यवसायीहरुको भनाइ छ ।
दशैंमा उपत्यका बाहिर जाने यात्रु भएनन्, लामो दुरीका यातायात खाली (फाेटाे फिचरसहित)
काठमाडौं । घटस्थापना शुरु भएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड देखिएन् । सरकारले कात्तिक १ गतेदेखि पुरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । तरपनि सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या न्यून देखिएको छ । अघिल्ला वर्षहरुमा दशैं शुरुभएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो । तर, यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरु सुनसान छन् । लामो दुरीमा यात्रा गर्ने सवारी साधन नै न्यून देखिन्छन भने यात्रुहरुको संख्या पनि निकै कम छ । कात्तिक एक गतेदेखि सरकारले सवारी साधनको पुरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्न पाउने व्यवस्था गरेको छ । तरपनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाई छ । सरकारले पुरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारीसाधन चालकहरु बताउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढन नमान्ने गरेको चालकहरु बताउँछन् । बसमा यात्रा गर्ने यात्रुहरु पनि असुरक्षित महसुस भएको बताएका छन् । सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या न्यून भएको तर लामो समय कुरैरै भएपनि पूर्ण क्षमतामा यात्रु राख्ने गरेकोले जोखिम महसुस भएको यात्रुहरुको भनाई छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दुरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग नगरेको पाइएकाले पनि संक्रमणको जोखिम महसुस भइराखेको यात्रुहरु बताउँछन् । संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ त्यहिं नै दशैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यसपटकको दशैंमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन् ।
दशैंको बेला भोकै बस्नु नपरोस् भन्दै १ सय ५० दृष्टिविहीनलाई राहत उपलब्ध
काठमाडौं । दशैंको बेला भोकै बस्नु नपरोस् भन्दै अभियान्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १ सय ५० दृष्टिविहीनहरुका लागि अभियान्ताहरुले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएका छन् । शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघसंस्थाहरुको सहयोगमा उपत्यकामा बसोबास गर्दै आएका दृष्टिविहीनहरुलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको अभियान्ताहरुले बताएका छन् । सामाजिक अभियान्ता बिमल पन्तले दशैंको बेला खानेकुराको समस्या नहोस भन्ने उद्देश्यले महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघसंस्थाको सहयोगमा करिब १ सय ५० दृष्टिविहीहरुलाई खाद्यान्न सहयोग गरिएको बताए । कुनैपनि आयस्रोत नभएका र सडकमा गीत गाएर संकलन गरेको रकमबाट जीविको पार्जन गर्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको पन्तले बताए । राहतस्वरुप १५ दिनलाई पुग्ने नुन, तेल, दाल, चामल उपलब्ध गराइएको उनले बताए ।