डिशहोमको एक लाख पुरस्कार हस्तान्तरण
काठमाडौं । डिश मिडिया नेटवर्ककको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाका बिजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस्कार रकम प्रदान गरिएको छ । बेलचौतारा शुक्ला गण्डकीमा आायोजित एक कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख रकम हस्तान्तरण गरेका हुन् । गत १३ कात्तिकमा भएको लक्की ड्र मार्फत गुरुङले एक लाख जितेका थिए । डिशहोमले दशैँ–तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान चलाएको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । गत १ असोजबाट सुरु ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सीमित अवधिका लागि भएको डिशहोमले जनाएको छ ।
विश्वकप क्रिकेट सेमिफाइनलको टिकट आइएमई पेमार्फत काट्न क्यानको अनुरोध
काठमाडौं । आइसीसी मेन टी २० विश्वकप फाइनल छनौट एसियाअन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीच सेमिफाइनल खेलका लागि ३ हजार ५ सय टिकटमात्र अनलाइमार्फत आइएमई पेबाट काट्न नेपाल क्रिकेट संघ (क्यान) ले अनुरोध गरेको छ । मैदानमा टिकट बुथ नहुने भएकाले निश्चित संख्यामा उपलब्ध हुने टिकट आइएमई पेमार्फत काट्न क्यानले दर्शकलाई अनुरोध गरेको हो । नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्न पनि क्यानले अनुरोध गरेको छ । क्यान, क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत सेमिफाइनल खेलको पास वितरण नगरेकाले घरमै बसेर खेल हेरी सहयोग गर्न क्यानको अनुरोध छ ।
मेरिनाले गर्यो क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर
काठमाडौं । मेरिना इम्मेक्सले राष्ट्रिय क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर गरेकाे छ । यस विषयमा विहीबार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र मेरिना इम्पेक्सबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार बागबजारस्थित सर्टिङ तथा सुटिङ कम्पनी मेरिना इम्पेक्सले नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यान सञ्चालक समितिलाई ४० थान सुट उपलब्ध गराउने छ । राम्रो गुणस्तरका ४० थान सुटको डिजाइन दुवै संस्थाले अनुमोदन गरिसकेका छन् । यस सम्बन्धि सम्झौतापत्रमा क्यानका तर्फबाट कोषाध्यक्ष पदमबहादुर खड्का र मेरिना इम्पेक्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन खड्काले हस्ताक्षर गरेका छन् । मेरिना इपेक्सका सञ्चालक अर्जुन बस्नेतले विश्व कप छनाैट खेल खेलिरहेका खेलाडीहरुको मनोबल बढाउनका लागि राम्रो र गुणस्तरको सुट प्रदान गर्न लागेकाे जानकारी दिए । ‘हाम्रो क्रिकेट टोली विश्व कपमा आकर्षक देखियोस् भन्ने पनि हो,’ उनले विकासन्युजसँग भने, ‘यति सहयोग गरेर हौसला बढाउन पाउँदा हामी पनि खुसी छौँ ।’