यी हुन् एनपीएलका ८ मालिक, साढे ३ करोडमा बिक्याे पोखरा टिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को ८ वटा टिमको मालिक घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टिमको मालिक घोषणा गरिएको हो । आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलमा सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको क्यानले जनाएको छ । क्यानका अनुसार नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा टिमको फ्रेन्चाइज लिएको हो । यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा लिएको छ । टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रुपैयाँमा लिएको छ भने फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रुपैयाँमा लिएको हो । यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई २ करोड ५ लाख रुपैयाँमा लिएको छ भने एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगरलाई १ करोड ५१ लाख रुपैयाँमा लिएको हो । हिमालयन बिल्डर्सले टिम कर्णालीलाई १ करोड ११ लाख रुपैयाँमा लिएको छ भने टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा लिएको हो ।

पशुपतिमा तिजको तयारी अन्तिम चरणमा, बिहान ३ बजेबाट चारै वटा ढोका खुला गरिने

काठमाडौं । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपालीहरु महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनउने गर्दछन् । जसका लागि महादेव पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोसले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको बताए । त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिए । पिङ्गलास्थानबाट बनकाली, चारशिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाईनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिणढीका हुदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निमर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको बताए । तिलगंगा राममन्दिर हुदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पल सरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ । उनले दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको बताए । श्रीपशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्नेगरी व्यवस्थापन मिलाइने बताए । पशुपतिनाथको दर्शन गरेर फर्कंदा पशुपति मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिमहाका बाहिर सानो सदावतं सत्तल अगाडी साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा चनकाली, गौशाला, जयबागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइने जाकारी दिए । पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेश्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण बाहेक) अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइने बताए ।

एक वर्षमा शाहरुखले ९२ करोड र विराटले ६६ करोड भारू कर तिरे, यी हुन् बढी कर तिर्ने टप भारतीय सेलिब्रेटी

काठमाडौं । भारतमा सन् २०२४ मा सबैभन्दा बढी आयकर तिर्ने सेलिब्रिटीहरूको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी आयकर तिर्नेमा अभिनेता शाहरुख खान शीर्ष स्थानमा छन् । शाहरुखले ९२ करोड रुपैयाँ कर तिरेको दिएफर्च्युन इन्डियाको प्रतिवेदनले देखाएको छ । शाहरुखपछि धेरै कर तिर्नेमा विजय, सलमान खान र अमिताभ बच्चनजस्ता कलाकारहरू छन् । आफ्नो राजनीतिक यात्रा सुरु गर्ने संघारमा रहेका विजयले ८० करोड रुपैयाँ कर तिरेका छन् भने पछिल्लो पटक टाइगर-३ मा देखिएका सलमान खानले ७५ करोड रुपैयाँ तिरेका छन् । अमिताभ बच्चनले ७१ करोड भारु कर तिरेका छन् । यस्तै, भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रिटी क्रिकेटर विराट कोहली हुन्, उनले ६६ करोड रुपैयाँ तिरेका छन् । सूचीमा अर्को अभिनेता अजय देवगन छन्, जसले ४२ करोड भारु कर तिरेका छन् । उनीपछि रणवीर कपुरले ३६ करोड रुपैयाँ कर तिरेका छन् । ऋतिक रोशन र कपिल शर्माले क्रमशः २८ करोड र २६ करोड कर तिरेका छन् । पछिल्लो पटक क्रुमा देखिएकी करीना कपुरले २० करोड भारु कर तिरिन् भने उनका श्रीमान् अभिनेता सैफ अली खान यस सूचीमा छैनन् । शाहिद कपूरले १४ करोड भारु तिरेका छन् । कियारा आडवाणीले १२ करोड रुपैयाँ तिरिन् । त्यसपछि अभिनेत्री क्याट्रिना कैफ र अभिनेता पंकज त्रिपाठी, जसले ११/११ करोड रुपैयाँ कर तिरेका छन् । यसअघि यस्ता धेरै लिस्टमा देखा परेका अक्षय कुमार यस वर्ष उक्त सूचीमा छैनन् । सन् २०२२ मा अक्षय कुमारले देशको ‘सबैभन्दा बढी कर तिरेकोमा आयकर विभागबाट सम्मान पत्र पाएका थिए । एजेन्सीकाे सहयाेगमा